वाल कविता : तिम्रो साथी

गौतम उदय‘ / अमेरिका

gautam-udaya

तिम्रो नाम के हो, ठूलो हात्ती ?
मलाई पनि बनाऊ न, तिम्रो साथी ।

++++++++++++++

आमै आमै जिउ तिम्रो, कति ठूलो !
तिम्रो अघि मान्छे त, सानो भुसुनो
तिम्रो साथी भएर, खेल्न पाए हुन्थ्यो
तिमीसँगै जंगलमा, डुल्न पाए हुन्थ्यो ।

+++++++++++++

हल्लाऊ न लामो सुँड, हुन्छ भनी
तिमी र म सँगै जाउँला, जता पनि
मेघौलीको चौरमा, सँगै पोलो खेलौंला
चितवनको जंगलमा, बाघ गैंडा हेरौंला ।

तपाइँको प्रतिक्रिया