निर्वाचन अघिनै यसरि भएको रैछ सबै पदमा पत्रकारको गोप्य सहमती

देबेन्द्र थापा / बेलायत

FNJ-UK

नेपाल पत्रकार महासंघ युके (एफ एनजे युके) को निर्वाचन नौ मार्चमा भनिएपनि त्यो निर्वाचन आउनु केहि साता अघिनै भैसकेको तथ्य यहि सूचीले देखाउँछ । निर्वाचन नहुँदै निर्वाचन समितिकै नामबाट यो सूची सार्वजनिक हुनालेपनि यो पूर्णरुपमा गोप्य, लेनमा आधारित, असांगठनिक मिलोमतो भनेर प्रस्ट बुझिन्छ । नत्र निर्वाचन अघिनै के निर्वाचन समितिले यस्तो सूची सार्वजनिक गर्न मिल्छ ?

यस अघि राजनितिक सहमती, गोप्य सहमती केहि भएको थिएन भन्ने एफ एन जे युकेका पदाधिकारीहरुको भनाईलाईपनि यसले पूर्ण रुपमा खण्डन गर्छ । एफ एनजे युकेका सदस्यहरु बसेर निर्वाचनमा नजाने बरु सहमती गर्ने भनिएपनि त्यो सहमती मूलत तिन जनाले मात्रै गरेका हुन् । अध्यक्ष पदको निर्णय गरिएका चिरन शर्मा, बरिस्ठ उपाध्यक्षको पदमा सहमती गरिएका नरेश खपांगी मगर र महासचिवमा सहमती गरिएका श्याम लुइँटेल तिन जनाका बिचमा त्यो सहमती गरिएको हो । तर कोषाध्यक्ष पदमा भने मिलन शर्मा, देवि गौतम र देबेन्द्र खरेश राई तिन जनाको उम्मेदवारी परेको थियो । देवी गौतम चिरन शर्मा पक्ष र देवेन्द्र खरेश नरेश खपांगी पक्षको भएकाले चुनावमा जाने स्थ्तिमा दुबै मिलेर आआफ्ना पक्षकालाई जिताउने हुँदा मिलन शर्माले हार्ने स्थिति देखियो । त्यसपछि तिन वटै प्यानलावालाहरुसित छलफल गर्दा कसैलेपनि सहयोग नगर्ने र सहमतीका लागि पद छोड्नुपर्ने बताएपछि मिलन शर्माले कोषाध्यक्षको उमेदवारी फिर्ता लिएका हुन् । बेलायतमा अहिले यि तिनाको सहमतीलाई राजनितिक सहमतीसमेत भनिएको छ । चिरन शर्मा कांग्रेसका तर्फबाट । नरेश खपांगी मगर माओवादी र श्याम लुइँटेल एमालेबाट । तर बाहिर भने त्यस्तो राजनितिक नभएको बताइन्छ । त्यसो त भित्रि सहमती र भागबण्डाका भित्रि रहस्यपनि छन् ।

शुरुमा चिरन शर्मा, नरेश खपांगी मगर र श्याम लुइँटेलका अलग अलग प्यानल थिए निर्वाचनमा जानकालागि । अध्यक्ष को बन्ने र बाँकि शक्तिशाली पद कसले लिने भन्ने विषयमा गरमागरम बहस, छलफल र बार्गेनिङ चलेको थियो । सबैले आआफ्ना पक्षमा दह्रो लबिङ गरेका थिए । पछि पदको हानथाप र त्यसमा बार्गेनिङ हुँदै जाँदा चिरन शर्माले आफू अध्यक्ष पदमा सर्वसम्मत भए बाँकि पदहरुमा जोसुकै बनोस् भनेर बार्गेनिङ गरेपछि उनलाई त्यो पद दिएर बाँकि शक्तिशाली पदमा नरेश खपांगी मगर र श्याम लुइँटेलले सहमती गरेको यहाँ चर्चा छ ।

कोषाध्यक्षमा उठेका देवि गौतम चिरन् शर्माका तर्फबाट प्रस्ताव गरिएका हुन् । देबेन्द्र खरेश् राई नरेश खपांगी मगरले प्रस्ताब गरेका वा माओवादी पक्षका हुन् । ध्रुब अर्याल र राज कुमार थापाएमालेका हुन् । छत्र बनेम माओवादीका । त्यस्तै शिव भण्डारी चिरन शर्माले कांग्रेसका तर्फबाट प्रस्तावीत हुन । उता किरन लिम्बु नरेस्श खपांगी मगरले प्रस्ताव गरेका हुन् । बाँकि सदस्यहरुमापनि त्यसैगरि भागबण्डा गरिएको छ ।  महासचिव बन्ने सार्वजनिक गरेका धर्म अधिकारी यहि गोप्य सहमती भएपछि उपाध्यक्षमा बस्ने भएका छन् । न्रिपेश उप्रेती कसको पक्षका हुन् भन्ने खुलेको छैन । तर अचम्म के भने देवी गौतम चिरन शर्माको प्यानलमा उभिएपनि खासमा उनी एमाले पक्षिय हुन् ।

नरेश खपांगी मगर हाल बहालवाला महसचिव हुन् । उनको चर्चा यो पटक अध्यक्ष बन्ने थियो । तर गोप्य सहमतीमा चिरन शर्मा अध्यक्ष बन्ने भएपछि उनलाई मुख्य पद दिएर नरेशले अन्य दह्रा पद धेरै लिएको यहाँ सार्वजनिक भएको छ ।  सहमती अनुसार श्याम महासचिवमा बन्ने टुंगो लागेको हो । यो अवस्था आउनुको मुख्य कारण के हो भने माओवादीका तर्फबाट दह्रा उम्मेदवार भनिएका नरेश खपांगी मगर एक्लिन सक्ने देखियो । किनभने एमालेका तर्फबाट श्याम लुइँटेल र चिरन शर्माबिच मिलेर भागबण्डा गर्ने र निर्वाचनमा जाने सहमती हुन लागेको थियो । त्यो अवस्थामा यि दुई पक्षको बहुमत हुन्थ्यो । नरेशको प्यानलले हार्ने थियो । यो अवस्था देखिएपछि नरेश खपांगी मगरलेपनि सहमती गरेका हुन् । उता मुख्य अध्यक्ष पद बाहेक अन्य पदमापनि दाबी गरेमा श्याम लुइँटेल र नरेश खपाँगी मगरका बिचमा सहमती हुने देखियो । यदि त्यस्तो सहमती भए चिरन शर्माको प्यानले हार्ने देखिएपछि शर्माले अध्यक्ष पद आफूलाई दिएर बाँकि पद छाड्ने शर्तमा सहमती गरेका हुन् ।  भित्र भित्रै तिन जनाले सहमती गरेपनि चिरन शर्माले आफ्नो प्यानल खडा गरेकालाई धोका दिएको भन्दै उनका पक्षका पत्रकारहरु रुस्ट बनेका छन् । तर नरेश खपांगी मगर र श्याम लुइँटेलले भने आफ्ना पक्षकालाई विश्वाशमा लिएको देखिएयो छ । किनभने यि दुई पक्षका प्यानलकाबाट गुनासाहरु धेरै सुनिएको छैन ।

अहिलेको गोप्य सहमतीबाट चिरन शर्मा कार्यसमितिमा अल्प मतमा पर्ने छन् । श्याम लुइँटेल र नरेश खपांगी मगरको बहुमत छ । यि दुई जनाले केहि समयमा एफ एन जे युकेको विशेष अधिबेशन बोलाएर चिरन शर्मालाई अध्यक्ष पदबाट मिल्काउन सक्छन् भन्ने चर्चापनि छ । तर केहिले भने एफ एनजे युकेमा त्यसो नहुनेपनि बताउँछन् । तर एफ एनजे युकेको अहिलेको गोप्य सहमती गर्दा कार्यसमितिका सबै मिलेर सहमती गरिएको हल्ला पिटाइएपनि त्यो झुटो हो । कार्य समितिका अधिकांश सदस्यसित कुनै सल्लाह नगरि चिरन शर्मा, नरेश खपांगी मगर र श्याम लुइँटेलले सहमती गरेकाले कार्य समितिका सदस्य र अन्य सदस्यहरुपनि आक्रोशित छन् । असन्तुस्टहरुले प्रश्न गरेका छन् ‘के संस्था तिन जनाको स्वार्थमा मात्रै चल्न सक्छ ?’ त्यसैले कुनैपनि एक पक्षले ति असन्तुस्टहरुलाइ साथ लियो भने अध्यक्षलाई अप्ठेरोमा पार्न सक्छ ।

त्यसो त एफ एन जे युकेको कार्य समिति सधै ब्यापारी र राजनितिक तानातान र प्रभावमा पर्छ । नरेश खपांगी मगर कँडेल समुहका । चिरन शर्मा कूल आचार्य समूहका ।  श्याम लुइँटेलरामशरण सिंखडा पक्षका भनेर चिनिन्छन् । सिंखडा प्रवाशी मञ्च युकेका अध्यक्ष र एन आर एन युकेका पूर्व महासचिवपनि हुन् । यो प्रवाशी मञ्च एमालेको भात्रि संगठन हो । ति तिनै जना बेलायतका चर्चित नेपाली ब्यापारी हुन् । तिनै जना मुख्य तिन राजनितिक दलका निकट कार्यकर्तापनि हुन् । एन आर एन युके बिभाजन हुँदा र बिबादमा आउँदा यि दुबै कँडेलहरु संलग्न थिए । एफ एनजे युकेको निर्वाचनको चर्चा चल्नासाथ यि तिनै जना ब्यापारीले एक एक पक्षका तर्फबाट दह्रो लबिङ शुरु गरेका थिए । त्यसैले यो निर्वाच स्वच्छ रुपमा पत्रकारहरुको मात्रै नभएर कुन दलले जित्ने, कसले हार्ने र कुन ब्यापारिक समूहको जित वा हारसितपनि जोडिएको छ । गोप्य सहमती गरेकाले एफ एन जे उकेको निर्वाचनमा दिएको प्रकाश अर्यालको उम्मेदवारीलाईपनि दर्ता नगरिएको खुलेको छ । यस विषयमा अर्याललेपनि अफूले कानुनी र बैधनैक बातो अपनाउने अडान लिएकाले गोप्य सहमतीमा बनेको कार्यसमितिमा बिबादमा पर्ने देखिन्छ ।

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया