पत्रकारकै चुनावमा त यस्तो षडयन्त्र हुँदो रैछ
यहि मार्च नौ का दिन नेपाल पत्रकार महासंघ युके शाखाको निर्वाचन हुँदै छ । निर्वाचन भनिएकोपनि त्यो निर्वाचन देखाउनकालागि मात्रै हुँदै छ । भित्रभित्रै पदहरुको गोप्य बाँडफाँड भने भैसकेको छ । निर्वाचन भनेपछि निर्वाचनका लागि हुनु र अपनाईनुपर्ने सबै निति नियम पालना गर्नुपर्ने हो । तर निर्वाचनमा बैधानिक सदस्यलाई उम्मेदवारी गर्नै नदिएपछि यु को निर्वाचन देखाउनकालागि मात्रै भएको स्पष्ठ हुँदै छ । त्यो एफ एन जे युकेकै पदाधिकारीहौर्को फरक फरक भनाई र गराईले सिद्द प्रमाणित गर्छ । निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न फर्म दिने तर दिएको उमेदवारीलाई भने ‘रिद नपुगेको’ आरोपमा दर्ता नगरेको भन्दै उजूरी परेको छ । निबेदकले दिएका सबै निबेदन हेर्दा एफ एन जे युकेले लगाएको ‘रित नपुगेको’ भन्ने आरोपनै झुठो देखिन्छ ।
नेपाल पत्रकार महा संघ बेलायत शाखा (एफ एन जे युके) का सदस्य प्रकाश अर्यालले मार्च नौ तारिखका दिन हुन लागेको निर्वाचनमा आफ्नो उम्मेदवारी दिएका थिए । उनको उम्मेदवारीलाई बैधानिकता नपुगेको भन्दै दर्ता गर्न अस्विकार गरिएको थियो । उनले एफ एन जे युकेले तोकेकै समय भित्र आफ्नो उम्मेदवारी दिएका थिए । तर एफ एनजे युकेका सचिव धर्म अधिकारीले त्यसलाई दर्ता गर्न नमानेको उम्मेदवारी दिएका प्रकाश अर्यालले बताए । उनले दिएको उम्मेदवारी किन दर्ता भएन भनेर त्यसलाई पुन दर्ता गर्न एफ एन जे युके, एफ एन जे केन्द्रिय कार्यालय र एफ एनजे युकेको निर्वाचनका प्रतिनिधीलाईपनि लिखित जानकारि पठाए । तर कहिँबाटपनि त्यसको सुनुवाई भएको छैन ।
‘नेपालप्लसले प्रकाश अर्यालको उम्मेदवारी किन दर्ता नभएको हो ?’ भनेर उम्मेदवारी दर्ता गर्ने अधिकार प्राप्त धर्म अधिकारीलाई प्रशन् गर्यो । उनले जवाफ दिए ‘निबेदन दिएर मात्रै त रित पुग्दैन नी । अरु रित पनि पुर्याउनु पर्योर नी ।’
‘के रित नपुगेको हो त ?’ नेपालप्लसको अर्को प्रश्नमा उनले जवाफ दिए ‘उम्मेदवारी दर्ताकालागि रित पुग्न त लाग्ने दस्तुरपनि पठाउनु पर्यो नी । प्रकाश अर्यालले त्योनै पठाउनु भएन ।’ यस संवन्धमा नेपालप्लसले फेरि उम्मेदवारी दिएका प्रकाश अर्याललाई सम्पर्क गरेर सोध्यो ‘उम्मेदवारी दिएर मात्रै हुन्छ त ? रितनै पुर्याउनु भएनछ । उम्मेदवारी दर्ताका लागि लाग्ने दस्तुरनै दिनु भएनछ ।’ प्रकाश अर्यालले त्यो आरोप निराधार रहेको बताउँदै थप प्रमाण पेश गरे । उनले उम्मेदवारी दिँदा लाग्ने दस्तुर पठाएको प्रमाण फेला पर्यो । किनभने उनको उम्मेदवारीलाई बेवास्ता गर्दै एफ एन जे युकेका सचिव धर्म अधिकारीले प्रकाश अर्याललाई ‘तपाईले उम्मेदवारी दर्ता गर्न पठाएको रकम फिर्ता पठाउनकालागि खाता नंबर पाउँ’ भन्दै भाईबरबाट खबर गरेका थिए (हेर्नुस उनले भाईबरमा रकम फिर्ता गर्न पठाएको भाईबरको म्यासेज) ।
त्यसपछिपनि धर्म अधिकारीले गत शुक्रबार पुन फोनमा सम्पर्क गरेर आफूलाई उम्मेदवारी दर्ता गर्न पठाएको रकम फिर्ताका लागि खाता नम्बर मागेको अर्यालले नेपालप्लसलाई बताए । उनले भने ‘मैले उम्मेदवारी दर्ता गर्न रकम सहित सबै रित पुर्या्एर निबेदन दिएको हुँ । उनले तपाईको रकम फिर्ता गर्न खाता नम्बर पठाउनुस् भनेर भाइबर मार्फत म्यासेज र फोनबाट सोधेकाले रकम पठाएन, रित पुगेन भन्नु सरासर झुठो हो । पैदानै नपठाएको भए रकम फिर्ता गर्छौं खात अनम्बर दिनुस् भन्ने कुरो हुन्छ ? मेरो उम्मेदवारी दर्ता हुनु पर्छ । जानी जानी उम्मेदवारी दर्ता नगरेको जिम्मेवारी संवन्धित ब्यक्तिले जिम्मेवारी लिनुपर्छ ।’
त्यसपछि नेपालप्लसले प्रकाश अर्यालको उम्मेदवारीका संवन्धमा एफ एन जे युकेका अध्यक्ष नबिन पोखरेललाई सम्पर्क गरेर प्रश्न गरेको थियो ‘प्रकाश अर्यालको उम्मेदवारी किन दर्ता भएन ? के त्यो जाजज थिएन ?’ पोखरेलले भने ‘उहाँको उम्मेदवारी जायज हो । काम गर्न इच्क्षा हुने साथीहरुलाई काम गर्न दिनु पर्छ । उहाँको उम्मेदवारी दर्ता हुनुपर्थ्यो ।’ ‘उनले उम्मेदवारी दर्ता गरेको बेला तपाई अध्यक्ष भएर कसरि ध्यान दिन सक्नु भएन त ?’ भन्ने प्रश्नमा पोखेलले भने ‘त्यो बेला म अरुनै काममा ब्यस्त भएकोले हेर्न भ्याईन । उहाँलाई कतै मिलाएर लैजानु पर्छ ।’ नेपालप्लसले यस संवन्धमा एफ एनजे युकेका बरिष्ठ उपाध्यक्ष चिरन धर्मालाईपनि सोधेको थियो । उनले भने ‘उम्मेदवारी दिएर मात्रै त भएन नी । रित पनि पुग्नु पर्यो । के भएको हो हामी बुझ्दै छौं ।’ तर त्यसपछि चिरन शर्माले यसका बारेमा थप जानकारि दिएका छैनन् ।
प्रकाश अर्यालले दिएको उम्मेदवारी बैधानिकता पुगेको थियो भन्ने अर्को प्रमाणपनि छ । त्यो हो एफ एन जे युकेको निर्वाचनका लागि नियुक्त गरिएका प्रमुख निर्वाचन आयुक्तले प्रकाश अर्याललाई फर्वरी २४ का दिन पठाएको ईमेल । त्यसमा उनले सिधै लेखेका छन् ‘प्रकाश भाई, उमेदवारी दर्ता गर्ने अन्तिम दिन आज फर्वरी २३ थियो। मैले तपाईको उम्मेदवारी दर्ताकालागि सबैलाई एक एक गरेर आग्रह गरें । तर धर्म अधिकारीले तपाईको उम्मेदवारी दर्ता नगरेको देखिन्छ । यसमा अब मैले केहि गर्न सक्दिन ।’ उनले पठाएको ईमेलको कपी अन्तिममा हेर्नुस् । उनको यहि जानकारीले स्पष्ठ भन्छ ‘प्रकाश अर्यालको उम्मेदवारी दर्ता प्रक्रियामा रित पुगेको थियो तर जानिजानि गरिएन ।
प्रकाश अर्यालले आफ्नो उम्मेदवारी दर्ता नगरिएपछि एफ एन जे युके, निर्वाचन आयोक्त, नेपाल पत्रकार महा संघ सबैलाई पुन जानकारि दिएका छन् । उनले आफूमाथि अन्याय भएको, अप्राजातान्तिक शैली अपनाइएको जानकारि दिँदै आफ्नो उम्मेदवारी दर्ता गर्न फेरि आग्रह गरेका छन् । तर यस विषयमा एफ एन जे युके लगायत कसैलेपनि गम्भिरताकासाथ ध्यान दिएका छैनन् । त्यसको मुख्य कारण कोहिपनि छुचो हुन नचाहेको देखिन्छ । एफ एन जे युकेमा भने भित्र भित्रै सहमती गरेर पदको बाँडफाँड भैसकेको छ । त्यसबारे मैले एफ एनजे यु केका अध्यक्ष नबिन पोखरेलसित सोधेको थिएँ । पोखरेलले भने ‘राजनितिक भागबण्डा गरेको त हैन । तर युकेमा हामी थोरै पत्रकार बभएकाले मिलेर जाउँ, निर्वाचन नगरौं भन्ने हो ।’ ‘त्यसो भए निर्वाचन हुन्छ भन्दै प्रचार गरिएपछि र निर्वाचन समितिपनि गठन गरेको देखाएपछि उम्मेदवारी दिएरपनि दर्ता नगर्नेको लागि के हुन्छ त ?’ पोखरेलले भने ‘उहाँलाई कुनै स्थानमा मिलाएर लैजानुपर्छ ।’ प्रकाश अर्यालले भने ‘आफू कुनै पदको लागि नलडेको, नमरेको । तर काम गर्ने रहरले उम्मेदवारी दिएकाले जानि जानि आफ्नो उम्मेदवारी दर्ता नगरेको हुँदा त्यसको प्रतिबाद गर्ने, प्रजातान्त्रिक प्रक्रिया अनुसार अगाडि बढ्ने’ बताए ।
उम्मेदवारी दिएको पैसापनि पच ?
त्यसो त एफ एन जे युकेले यो पटक मात्रै होइन । गत सालपनि यहि तरिका अपनाएको आरोप लागेको छ । पत्रकार डा गोपाल पौडेलले यो भन्दा अघिल्लो निर्वाचनका बेला आफूले उम्मेदवारी दिएको । उम्मेदवारी दिँदा लाग्ने दस्तुर बुझाएको । अन्तिममा ‘तपाईको उम्मेदवारी दुई घण्टा पछि आएकाले दर्ता गर्न सकिएन भन्दै अबैध घोषणा गरिएको बताए । उनले आफूले उम्मेदवारी दर्ता गर्न दिएको रकम समेत एफ एनजे युकेले अहिलेसम्म फिर्ता नदिएर पच पारेको आरोप लगाए । उनले नेपालप्लसको फेसबूकम अटिप्पणी गरे ‘मेरो पनि त्यस्तै गरि दिए गत वर्ष । शशी पौडेल दाईलाई मैले निबेदन दिएको थिएँ पैसा सहित । उहाँले दुई घण्टा ढिलो आयो तपाईको निबेदन। त्यसैले तताईलाई राख्न सकिएन भन्नु भो । लौ ठिकै छ भनेर बसें । तर आज २ वर्ष भो न मेरो पैसा फिर्ता भो न मलाईआज सम्म कुनै मेम्बरसिपनै दिए ।’
फेसबूकमा उनको थप प्रतिक्रिया थियो ‘मैले सशि पौडेल दाइलाइ भन्दा उहाँले मैले नरेश खपाङ्गी मगरजीलाइ दिएको छु । सबै बुझाएको छु भन्नु भो । अनि मैले नरेश जी र चिरन शर्मालाइ भन्दा तपाई फेरि अब अर्को निबेदन दिनुस् भने । मैले आफुलाइ ठगि गरेको र म ठगिएको महसुस गरें । अनि येस्ता फटाहाहरुले बनाएको संस्थामा बसेर अथवा येस्ता फटाहाहरुलाइ भोट दिएर किन मेम्बर बन्नु भनेर नदिएको हो।’
उनले थपे ‘ददीजि यहाँ त चाकरि गर्न सक्ने, बेमानि गर्न सक्ने र ठगि गर्न सक्ने मात्र ठूला हुन्छन् । हामीलाइ यसको बारेमा कुनै मतलब नै छैन ।’
उम्मेदवार प्रकाश अर्याललाई निर्वाचन आयुक्त थापाले पठाएको ईमेल
Dear Prakash bhai




