पत्रकारको चुनावमा उम्मेदवार हुन नदिएर भित्र भित्रै भागबण्डा
● प्रकाश अर्याल
नेपाल पत्रकार महा संघ बेलायत शाखाको निर्वाचन हुँदै छ । आगामी मार्च १० का दिन । पत्रकारहरुको निर्वाचन । सत्य तथ्य, हक्की सामाचार लेख्ने । स्वतन्त्र र निस्पक्ष रहने पेशागत ब्यक्तिहरुको निर्वाचन । झन प्रगतिशिल, झन प्रजातान्त्रिक हुनुपर्ने हो । तर त्यो बिधी र बिधान मिचेर नेपाल पत्रकार महासंघ बेलायत (एफ एन जे युके) को निर्वाचन हुँदै छ । यसो भन्न बाध्य हुँदा एफ एन जे युकेको एक सदस्यका नाताले आफैंलाई दुख लाग्छ ।
पत्रकारिता प्रजातन्त्रिक बिधि र बिधानप्रति सधै निस्ठावान हुनुपर्छ । पत्रकारिताले राज्यको तिन अंग (कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका) ले प्रजातन्त्रिक बिधि र बिधान पालन गरेका छ कि छैनन् भन्ने खबरदारी गर्ने हुनाले राज्यको चौथो अंगको रुपमा मानिएको छ । यस्तो महत्वपुर्ण र संबेदनशील पत्रकारिता क्षेत्रमा प्रजातन्त्रिक बिधि र प्रक्रियाहरु पनि पूर्ण रुपमा पालना भएको हुनुपर्छ । तर एफ एनजे यु को निर्वाचन हुँदा नै त्यो शैली देखिएन ।
नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको शाखाहरु निर्वाचन प्रक्रियाबाट बनेका छन् अधिकांश ठाउँमा । “वाचडग” का रुपमा रहेको पत्रकारहरुको संस्था नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रजातन्त्रिक बिधि र बिधान अपरिहार्य छ । तर बिडम्बना प्रजातन्त्रको जननी राष्ट्र भनिने युकेमा रहेको नेपाल पत्रकार महासंघ युके शाखाको निवार्चनमा प्रजातन्त्रिक बिधि र बिधान उल्लङ्घन भएको छ । नेपाल पत्रकार महासंघ युके शाखाको निर्वाचनमा कार्यसमिति सदस्यमा उम्मेदवारी दिनको लागि यस संस्थाका सचिब धर्मराज अधिकारीलाई वारेसनामा पठाएको थिएँ मैले । आबश्यक शुल्क कागजपत्र दिई पठाएको थिएँ । तैपनि सचिब धर्मराज अधिकारीले मेरो उम्मेदवारी दर्ता नगर्नु भएकोले निर्वाचनमा उम्मेदवार बन्न पाउने नैसर्गिक अधिकारबाट बन्चित भएको छु म । त्यसको कारण के हो ? मैले पाउनु पर्छ । म एफ एन जे युकेको बैधानिक सदस्य भएका नातालेपनि ।
नेपाल पत्रकार महासंघको सचिबलाई मैले वारेसनामा पठाएँ । महा संघकै पदाधिकारीकै सुझावमा । वारेसनामा पठाएकोमा उम्मेदवारी दर्ता नहुनु आफैमा बिडम्बनापूर्ण छ । के स्वार्थले त्यो उम्मेदवारी दर्ता भएन ? नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष चिरन शर्माले सचिब धर्मराज अधिकारीलाई वारेसनामा पठाउनु भन्नुभएको थियो । उहाँकै सुझावमा संस्थाको सचिबजस्तो गरिमामय पदमा रहनु भएको व्यक्तिलाई मैले वारेसनामा पठाएको थिएँ । पछि मैले मेरो उम्मेदवारी किन दर्ता भएन त भनेर सचिव धर्मराज अधिकारीलाई फोनमार्फत सोधेंं । उहाँले ‘सदस्यको उम्मेदवारी संख्या बढी भएकोले महासंघका पदाधिकारीहरुको सल्लाहमा दर्ता नगरेको’ जवाफ दिनु भयो । यसको अर्थ भित्र भित्रै पदहरु बाँडीचुँडी गरिएको, भागबण्ड लगाइएको प्रस्ट हुन्छ । नेपाल पत्रकार महासंघ युके शाखाका पदहरु भित्र भित्रै त्योपनि राजनितिक दलसित निकटताका आधारमा भाग लगाएको सुनिएको छ । यदि त्यो सत्य होइन भने नेपाल पत्रकार महासंघले तुरुन्त उम्मेदवारी दर्ता गराउनुपर्छ । निर्वाचनमा जान चाहनेका लागि प्रजातान्त्रिक बाटो खुला गरिदिनुपर्छ ।
प्रजातन्त्रको जननी मुलुक युकेमा प्रजातान्त्रिक निर्वाचन प्रक्रियामा सहभगी हुन पाउने मेरो हक यस कार्यबाट बन्चित भएको छ । यस सम्बन्धमा मैले निवार्चन समितिलाई सोहि दिन गत आइतबार पुन: उम्मेदवारी दर्ता गरि पाऊँ भनि निबेदन पेश गरेकोमा निवार्चन समितिले अस्वीकार गरेको छ । सोहि बिषयमा मैले नेपाल पत्रकार महासंघ केन्द्रिय समितिलाई सोमबार निबेदन दिएको छु । शाखाले अन्याय गरे केन्द्रले यसमा न्याय गर्नु पर्च आफ्ना सदस्यलाई । शाखाको गलत काममा हस्तक्षेप गर्नुपर्छ । शुक्रबारनै केन्द्रिय प्रतिनिधिलाई निर्वाचन प्रक्रिया बदर गरि पुन उम्मेदवारी दर्ता गरि पाऊँ भन्ने निबेदन दिएको छु । अहिलेसम्म त्यसको सुनुवाई भएको छैन ।
मैले नेपाल पत्रकार महा संघ युके शाखाको निर्वाचनकालागि केन्द्रिय प्रतिनिधी खटिनु भएका भगिरथ योगीलाईपनि जानकारि गराएको छु । निबेदन लेखेर उहाँलाई केन्द्रिय प्रतिनिधीका हैशियतले निर्वाचन प्रक्रिया बदर गरि पुन उम्मेदवारी दर्ता गरि पाऊँ भनि निबेदन दिएको छु । त्यसैले केन्द्रिय प्रतिनिधीका हैशियत र जिम्मेवारीलेपनि उहाँले न्याय गर्नुहुन्छ भन्ने आशामा छु । त्यसको बोदार्थ नेपाल पत्रकार महा संघ युके शाखा र केन्द्रिय कार्यालयलाईपनि दिएको छु । मैले आफ्नो उम्मेदवारी दिनकालागि सम्पूर्ण बैधानिक प्रक्रिया पुरा गरेकालेपनि म कहिँ कतै चुकेको छैन । त्यसैले मैले आफूलाई लागेको पदमा उम्मेदवारी दिन पाउनुपर्छ ।
प्रजातान्त्रिक बिधिप्रति हामी सबै कटिबद्ध छौं र नेपाल पत्रकार महासंघ युके शाखाको निर्वाचन प्रजातान्त्रिक बिधि र प्रक्रिया अनुरुप हुने छ भन्ने मैले आशा राखेको छु । अन्यता म पनि एफ एनजे युकेको एक सदस्यका नाताले आफ्नो अधिकारकालागि सबै उपाय अपनाउन बाध्य हुने छु । मलाई घुमाउरो पाराले उमेदवारी नदिनुस्, कुनै अन्य पद दिउँला भनेर बाहिरी स्रोतबाट प्रभावित पार्ने, उमेदवारी दर्ता गर्न नदिने र थुम्थुम्याउने प्रयास गरिएको छ । म कुनै लोभको लागि हैन कि न्याय, प्रजातान्त्रिक पद्दती र आफ्नो अधिकारकालागि उमेदवारी दिन खोजेको हुँ । कसैको निगाहामा प्राप्त पद मलाई स्विकार्य छैन ।
आफ्नो स्वतन्त्रतापूर्वक मेरो उमेदवारी दर्ता गर्ने ब्यवस्था एफ एन जे युके र निर्वाचन समितीले अझै मिलाओस् । केन्द्रले ध्यान देओस। होइन भने मेरो अधिकार बिरुद्द गरिएको यो रोकावट म सहन तयार छैन । यसको दोष र जिम्मेवारी एफ एन जे युके र निर्वाचन समितिलीलेसमेत लिनुपर्ने छ ।
प्रकाश अर्यालले गत आइतवार नेपाल पत्रकार महासंघ युके शाखालाइ दिएको निबेदन
नेपाल पत्रकार महासंघ
युके शाखासंग आबद्ध
अग्रज तथा समकालिन पत्रकारज्यूहरु
नेपाल पत्रकार महासंघ युके शाखाको निर्वाचन प्रक्रिया सम्बन्धमा देखिएको क्रियाकलापप्रति यहाँहरुको ध्यानआकर्षण गर्न चाहन्छु। लोकतान्त्रिक प्रक्रिया रपत्रकारितालाई एक अर्कोको परिपुरकको रुपमा लिईन्छ। लोकतान्त्रिक प्रक्रियामा भाग लिन पाउनु हामी सबैको नैसर्गिक अधिकार हो। नेपाल पत्रकार महासंघजस्तोपत्रकारहरुको प्रतिनिधि संस्थामा प्रजातान्त्रिक बिधिहरु सधै उच्च सम्मान हुनु पर्दछ। बिडम्बना नै भन्नुपर्छ, हामी सबैको प्रतिनिधि संस्था नेपाल पत्रकार महासंघयुके शाखाको निर्वाचनमा उम्मेदवार हुन पाउने मेरो अधिकार र प्रजातान्त्रिक बिधि उल्लङ्घन भएको छ।
नेपाल पत्रकार महासंघ युके शाखाको निर्वाचनमा कार्यसमिति सदस्यमा उम्मेदवारी दिनको लागि यस संस्थाका सचिब श्री धर्मराज अधिकारी लाई वारेसनामा,आबस्यक शुल्क कागजपत्र दिई पठाएकोमा सचिब श्री धर्मराज अधिकारीले मेरो उम्मेदवारी दर्ता नगर्नु भएकोले निर्वाचनमा उठ्न पाउने नैसर्गिक अधिकारबाट बन्चितभएको छु। नेपाल पत्रकार महासंघको सचिबलाई वारेसनामा पठाएको मा उम्मेदवारी दर्ता नहुनु आफैमा बिडम्बनापूर्ण छ। नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष चिरन शर्माले सचिब श्री धर्मराज अधिकारी लाई वारेसनामा पठाउनु भन्नु भएकोले नै संस्थाका सचिबजस्तो गरिमामय पदमा रहनु भएकोव्यक्तिलाई मैले वारेसनामा पठाएको थिए । यस सम्बन्धमा सचिव श्री धर्मराज अधिकारीलाई फोनमार्फत सम्पर्क गर्दा सदस्यको उम्मेदवारी संख्या बढी भएकोलेमहासंघका पदाधिकारीहरुको सल्लाहमा दर्ता नगरेको जवाफ दिनु भएकोले प्रजातन्त्रको जननी मुलुक युकेमा प्रजातान्त्रिक निर्वाचन प्रक्रियामा सहभगी हुन पाउनेमेरो हक यस कार्यबाट बन्चित भएको छ।
यस सम्बन्धमा मैले निवार्चन समितिलाई सोहि दिन गत आइतबार पुन: उम्मेदवारी दर्ता गरि पाऊँ हुन निबेदन पेश गरेकोमा निवार्चन समितिले अस्वीकार गरेकोछ। सोहि बिषयमा मैले नेपाल पत्रकार महासंघ केन्द्रिय समितिलाई सोमबार निबेदन दिएको छु ।
प्रजातान्त्रिक बिधिप्रति हामी सबै कटिबद्ध छौ र नेपाल पत्रकार महासंघ युके शाखाको निर्वाचन प्रजातान्त्रिक बिधि र प्रक्रिया अनुरुप हुने छ भन्ने मैले आशा राखेकोछु ।
धन्यवाद
प्रकाश अर्याल
क्रम संख्या ७२
नेपाल पत्रकार महासंघ युके शाखाले उम्मेदवारी दर्ता नगरेपछि केन्द्रिय कार्यालय समक्ष बुझाइ एको निबेदन
श्री सभापति नेपाल पत्रकार महासंघ केन्द्रिय समिति
बिषय: पत्रकार महासंघ युके शाखाको निर्वाचनमा उम्मेदवारी दिन बन्चित गरिएको सम्बन्धमा
उपर्युक्त सम्बन्धमा नेपाल पत्रकार महासंघ युके शाखाको निर्वाचनमा कार्यसमिति सदस्यमा उम्मेदवारी दिनको लागि उक्त संस्थाका सचिब श्री धर्मराज अधिकारी लाई वारेसनामा, आबस्यक शुल्क कागजपत्र दिई पठाएकोमा सचिब श्री धर्मराज अधिकारीले मेरो उम्मेदवारी दर्ता नगर्नु भएकोले निर्वाचनमा उठ्न पाउने नैसर्गिक अधिकारबाट बन्चित भएकोले पुन उम्मेदवारी दर्ता गरि पाऊँ हुन यो निबेदन पेश गरेको छु। नेपाल पत्रकार महासंघको सचिबलाई वारेसनामा पठाएको मा उम्मेदवारी दर्ता नभएको ले पुन उम्मेदवारी दर्ता गरि पाऊँ हुन यो निबेदन पेश गरेको छु। धन्यवाद
निवेदक प्रकाश अर्याल
क्रम संख्या ७२
नेपाल पत्रकार महासंघ युके शाखा
निर्वाचन समितिले उम्मेदवारी अस्विकार गरेपछि केन्द्रिय प्रतिनिधी समक्ष बुझाएको निबेदन
श्री भगिरथ योगी ज्यू केन्द्रिय प्रतिनिधि नेपाल पत्रकार महासंघ युके शाखा निर्वाचन २०१४
बिषय: निर्वाचन प्रक्रिया बदर गरि पुन उम्मेदवारी दर्ता गरि पाऊ
उपर्युक्त सम्बन्धमा नेपाल पत्रकार महासंघ युके शाखाको निर्वाचनमा कार्यसमिति सदस्यमा उम्मेदवारी दिनको लागि उक्त संस्थाका सचिब श्रीधर्मराज अधिकारीलाई वारेसनामा, आबस्यक शुल्क कागजपत्र दिई पठाएकोमा सचिब श्री धर्मराज अधिकारीले मेरो उम्मेदवारी दर्ता नगर्नु भएकोले निर्वाचनमा उठ्न पाउने नैसर्गिक अधिकारबाट बन्चित भएको छु । नेपाल पत्रकार महासंघको सचिबलाई वारेसनामा पठाएकोमा उम्मेदवारी दर्ता नहुनु आफैमा बिडम्बनापूर्ण छ ।
यस सम्बन्धमा सचिव श्री धर्मराज अधिकारीलाई फोनमार्फत सम्पर्क गर्दा सदस्यको उम्मेदवारी संख्या बढी भएकोले महासंघका पदाधिकारीहरुको सल्लाहमा दर्ता नगरेको जवाफ दिनु भएकोले प्रजातन्त्रको जननी मुलुक युकेमा प्रजातान्त्रिक निर्वाचन प्रक्रियामा सहभगी हुन पाउने मेरो हक यस कार्यबाट बन्चित भएको छ । यस अघि निर्वाचन समितिलाई पुन: उम्मेदवारी दर्ता गरि पाऊँ हुन निबेदन पेश गरेकोमा निवार्चन समितिले अस्वीकार गरेकोले यहाँ समक्ष निर्वाचन प्रक्रिया बदर गरि पुन उम्मेदवारी दर्ता गरि पाऊ हुन अनुरोध गर्दछु ।
धन्यवाद
निवेदक
प्रकाश अर्याल
क्रम संख्या ७२
बोधार्थ
१. सभापति नेपाल पत्रकार महासंघ केन्द्रिय समिति २
. सभापति नेपाल पत्रकार महासंघ युके शाखा




