हतियार कमिसनले वीरेन्द्रको ज्यान लियो : पारस

          तपाईहरुलाई विश्वास लाग्छ यो समाचारमा ?

 

 

 

काठमाडौं,चैत१७ (दैनिकी)-पूर्व युवराज पारस शाहले 1320216राजदरबार हत्याकाण्डको पछाडि एउटा मात्र नभई तीन वटा कारण भएको बताएका छन्। दरबार हत्याकाण्डको बारेमा पहिलोपटक संचारमाध्यमसँग कुरा गरेका पारसले सिङ्गापुरको दि न्यु पेपरलाई दिएको अन्तर्वार्तामा भनेका छन् –´हतियार खरिदसम्बन्धी मल्टी-मिलियन डलरको असफल सम्झौता, अस्वीकृत प्रेम र २०४६ सालमा भएको पूर्ण राजतन्त्रको अन्त्यप्रति असहमत हुँदै दीपेन्द्रले पिताको हत्या गरेका हुन्।´

 

´नेपाली सेना बेल्जियन एसएलआरलाई विस्थापित गर्न खोजिरहेको थियो। दीपेन्द्रले जर्मन हेकलर र कोच जी ३६ मन पराएका थिए। उनी कोल्ट जी ३६ को विरोधमा थिए´ पारसले अन्तर्वार्तामा भनेका छन् –´तर उनका पितालाई यो कुरा मन परेन। मलाई थाहा छ यस विषयमा उनीहरुको विवाद पनि भएको थियो। दीपेन्द्र निराश थिए उनी खुशी थिएनन्।´

 

´नेपाली सेनाले ५० हजार थान नयाँ जर्मन असल्ट राइफललाई छनौटको सूचिमा राखेको थियो जुन पहिल्यै बजारमा उपलब्ध थियोपारसले भनेका छन् –´दीपेन्द्रका सल्लाहकार सम्झौताको तयारी गर्दै थिए। जसले उनको हातमा प्रशस्त पैसा पार्न सक्थ्यो। हतियारको सम्झौता सम्भवतः प्रति थान ३०० डलरको दरले १५ मिलियन डलरको हुन सक्थ्यो।´ पारसको अन्तर्वार्ता हालै प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने घोषणाको प्रतिक्रिया पछि आएको हो। पारसले भनेका छन्, ´दीपेन्द्रलाई पैसाको खाँचो थियो। उनी आफूले भनेजस्तो नभएमा देश छाड्ने योजना बनाउँदै थिए। मलाई लाग्छ उनले केही सीप नलागेपछि मात्रै यो योजना बनाएका थिए।´

 

पारसले थपेका छन्, ´राजदरबार विवादहरुका लागि उर्वर ठाउँ थियो।´ २०४६ सालमा तत्कालीन राजा वीरेन्द्रले ३० वर्ष लामो पञ्चायती शासनको अन्त्य गर्दै नयाँ संविधान लागूगरेका थिए।  पारसले भने, ´२०४६ सालमा पिताले प्रत्यक्ष शासन त्याग्ने निर्णय सुनाएपछि दीपेन्द्र बदलिएका थिए। देशमा शासन गर्न चाहेकाले उनले कहिल्यै पिताको निर्णयमा सहमति जनाएनन्। मलाई लाग्छ उनले त्यतिबेलै योजना बुन्न थालेका थिए।´ ´दरबार हत्याकाण्ड गराउनुको दोस्रो कारण उनकी प्रेमिका देवयानी राणा थिइन्। देवयानी शत्रु परिवारकी सदस्य भएकीले राजपरिवार दीपेन्द्रको विवाह उनीसँग गराउने पक्षमा थिएन।´ दीपेन्द्रले अत्यधिक नशा सेवन गरी आफ्नो परिवारको हत्या गरेको भन्ने भनाइको पारसले अन्तरवार्तामा खण्डन गरेका छन्। 

´दीपेन्द्रले यस विषयमा आफूहरुसँग एक वर्ष पहिले नै कुरा गरेका थिए´ पारसले भेद खोलेका छन्। अन्तर्वार्तामा पारसले भनेका छन्, ´म राम्ररी सम्झन्छु सन् २००० मा आफ्नो जन्मदिनमा दीपेन्द्रले हामी सबैलाई भनेका थिए म आइभोरी टावर ढाल्नेछु तर हामीले उनको भनाइलाई गम्भिर रुपमा लिएनौं। उनी युवराज थिए जो राजा हुँदै थिए। उनले आफ्नै पिताको हत्या गर्लान् भन्ने कसले सोचेको थियो रपारसका अनुसार उनी घटनास्थल पुग्दा दीपेन्द्र आसाधारण व्यवहार गरिरहेका थिए मातेको जस्तो अभिनय गर्दै। तर पारसले दीपेन्द्र त्यो दिन नमातेको ठोकुवा गरेका छन्। पारसले भनेका छन्, ´ उनलाई राम्ररी चिन्छु मलाई थाहा छ कतिबेला दीपेन्द्रलाई बढी हुन्छ, उनले भनेका थिए उनी दिउँसैदेखि पिउँदै थिए। तर उनको शरीरबाट रक्सीको कुनै गन्ध आएको थिएन।´

 (यो समाचार आजका धेरै समाचार माध्यमले दिएका छन्। नितान्त नयाँ ढंगले सार्वजनिक भएकाले दैनिकी डटकम बाट साभार गरेर यहाँ राखिएको हो । फोटो ईन्टरनेटबाट तानिएको-नेपालप्लस )

तपाइँको प्रतिक्रिया