कुवेतमापनि मनाइयो जनयुद्द दिवश

janayudda-diwash-kuwait-3

नेपाली जन प्रगतिशील मोर्चा, कुवेतले यहाँको फाहिल स्थित होटल इन्डियन मुग्लोइमा १९ औ जनयुद्ध दिवस मनायो । कार्यक्रम मोर्चाका अध्यक्ष राजन घिमिरेको अधक्ष्यता भएको थियो । प्रमुख अथिती सन्जु आचार्य र मोर्चाका महासचिव दिपक बिस्ट थिए । विष्ट शहिद परिवारपनि हुन् । उनका दाजुलाई नेपाली सेनाले गोली हानेर हत्या गरेको थियो । कार्यक्रमको संचालन मोर्चाका सल्लाहकार युवराज बस्यालले गरेका थिए । स्वागत मन्तब्य दिपकले गरे । 

janayudda-diwash-kuwait-2

दिनको २ बजे बाट ६ बजेसम्म चलेको कार्यक्रम मा ४० भन्दा बढीको सहभागीता थियो ।कार्यक्रममा १९ औं जनयुद्ध दिवसका चर्चा अप्रिचर्चा गरियो । जनयुद्दकालका घटनाहरुको स्मरण गरियो । जनयुद्दका मर्महरुलाई बिना उपलब्धी छोडिएको, जनताले जनयुद्द विश्राम लिएपछिपनि केहि नपाएको गुनासो गरियो । जनयुद्द दिवश मनाउने क्रममा संगठन बिस्तारको बुँदागत छलफलपनि गरियो । कार्यक्रम शुरु हुनुभन्दा पहिले १९ वटा मैनबत्ती बालेर दिप प्रज्वलन गर्दै जनयुद्ध तथा नेपाली क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने शहिद प्रति एक मिनेट मौन धारण गरेर स्मरण गरियो । त्यसपछि बल्ल अन्य कार्यक्रम संचालन गरिएको थियो ।

janayudda-diwas-kuwait-1

कार्यक्रममा १९ औ जनयुद्द दिवसको अवसरमा सबैले शहिदहरुको सपना, भावनालाई आत्मसाथ गर्दै एक आपसमा शुभकामना आदानप्रदान गरे। साथै अधयक्ष घिमिरेले सम्पूर्ण सहभागीहरु लाई खादा ओढाएर सम्मान गरे । कार्यक्रमको समापन पछि सम्पूर्ण सहभागीहरुलाई खानपिन गराई बिदाई गरियो ।

तपाइँको प्रतिक्रिया