फ्रान्सका ग्रिह मन्त्री नेपाली खानाका पारखी
नेपाली खाना कसले भन्छ कम छ ? हामीले कम आँकेपनि विश्वका धेरै देश घुमेका, जानेबुझेकाले नेपाली खाना खोजि खोजि आउँछन् । फ्रान्सका ग्रिहमन्त्री मानुयल भाल त्यस्तै उच्च कोटीका फ्रान्सेली हुन् जो नेपाली खाना भनेपछि भुतुक्कै हुन्छन् । उनी त नेपाली संस्क्रिति र आतिथ्यका झन प्रशंसक हुन् । आफू मात्रै होइन, उनले आफ्ना साथी, पार्टीका नेता र मन्त्रीसम्म बोलाई बोलाई नेपाली खाना खुवाउँछन् ।
उनको मुख्य बसाई पेरिसबाट करिब एक घण्टा टाढा पर्ने ईभ्री भन्ने ठाउँमा हो । हो त्यहिँ चितवन भण्डाराका रोबिन शर्मा ओलीको रेस्टुरेन्ट छ । समा दिमालय (हिमाली गोरेटो वा हिमाली मार्ग) भन्ने । त्यहि रेस्टुरेन्टमा आएर उनी नेपाली खाना खाइरहन्छन् । नेपाली गित सुन्छन् । नाच हेर्छन् ।
रोबिनले आफ्नो रेस्टुरेन्टमा सुर सुधाको सांगितिक कार्यक्रम लगायत बेला बेला नाचगान राखिरहन्थे । मानुयल भाल ति कार्यक्रम हेर्नपनि आइरहन्थे । उनी कम्तिमा महिनाकै चार पाँच पटक गैरहन्थे । तर अहिले उनी ग्रिहमन्त्री भएपछि भने पातलिएको छ । गत १५ मे २०१२ मा फ्रान्समा राष्ट्रपती निर्वाचन भयो । त्यो निर्वाचन हुनु करिब तिन महिना अगाडिदेखि मानुयल रेस्टुरेन्टमा आउन छोडे । ‘उनी पार्टीको एकदम महत्वपूर्ण ठाउँमा रहेछन् । राष्ट्रपती निर्वाचन आउन लाग्दा पहिलेझैं एक्लै रेस्टुरेन्टतिर आउन जान सुरक्षाको हिसाबले गाह्रो भएछ । अथवा पार्टीले पो सुझाव दियो कि । त्यसपछि कम गरे । पछि थाह भयो उनी त ग्रिह मन्त्री बन्ने चर्चामा रहेछन्’ रेस्टुरेन्ट सञ्चालक रोबीनले भने ।
ग्रिहमन्त्री भए । उनको जिमेवारी झन बढ्यो । पदलेपनि जहाँ पायो उहिँ जान दिएन । ‘मानुयल मिठो बोल्ने । सुस्त बोल्ने । नम्र भएर तर्कशिल कुरा गर्ने र साह्रै मिजाशिला सहयोगि भनेर धेरैले चिन्थे । आफ्नो क्षेत्रमा एकदम रुचाइएका मानिस थिए । तर यति शक्तिशाली होलान् फ्रान्सको राजनितिमा भन्ने चाहिँ मलाई अलि थाह थिएन । अकस्मात उनी ग्रिह मन्त्री भएको सुनेपछि अचम्म लाग्यो ।’ रोबिनले भने ।
(यस्तो छ रोबीनको रेस्टुरेन्ट)
तर मन्त्री बनेपछि भाल आउन छोडेकै भने होइनन् । उनले पार्टीका तर्फबाट गरिने महत्वपूर्ण भेटघाट र केहि विशेष जमघट रोबीनकै रेस्टुरेन्टमापनि गर्थे, बेलाबेला । भालको आफ्नै नगरपालिका कार्यालयबाट फोन गरेर अर्डर दिन्छन् खानाको । कुर्सी टबल मिलाउन। उनीहरु आएर सामूहिक रुपमा खाना । छलफल गर्छन् । रकम नगरपालिका कार्यालयले दिन्छ । शक्तिमा पुगेपनि उनको आफ्नो इभ्री नगरपालिकामा बेला बेला कार्यक्रम हुन्छ विशेष मानिसहरुलाई निम्ता दिएर । ‘ति विशेष भनिनेमा हामीलाईपनि निम्ता गर्छन् । उनी ब्यस्त भए टाढैबाट हात हल्लाएर बिदा भईन्छ, समय भए छोटो गफ गर्न उनी आफैं आउँछन् ।’ रोबीनले सुनाए ‘हाम्रो रेस्टुरेन्टमा कति धेरै नेता आ उँथे, तिनको बैठक बस्थ्यो भने यो रेस्टुरेन्ट समाजवादी पार्टीको हो भनेरपनि धेरै फ्रान्सेलीले चर्चा गरे ।’
उनले एक पटकको घटना सुनाए – एक पटक मानुयल भाल खाना खान आएका बेला मेरी छोरीलाई समातेर ‘ल यहाँ मेरो गालामा चुप खाउ त’ भनेका थिए । मेरो छोरीले ‘ह्या खान्न तिम्रो गालामा किस त । बिदेशीको गालामा किस खान्न भनी । भाल गलल हाँसे । अनि भने ‘त्यसो भए तिम्रो रेस्टुरेन्ट बन्द गराईदिन्छु म ।’ भाल हरेक पटकको बिदापछि पहिलो दिन स्कूल खुल्ने दिन आफ्नो गाउँको स्कूलका वालवालिकालाई स्वागत गर्न स्कूलमा उभिने गरेको रोबीनलाई जानकारि रहेछ । किनभने उनी छोरीपनि त्यहि स्कूलमा पढ्छिन् । ‘आफ्नो गाउँका वालवालिका, बुढाबुढी सबैलाई ख्याल गर्ने एकदम लोकप्रिय नेता हुन् उनी ।’ फ्रान्सको पछिल्लो रिपोर्टका अनुसार भाल अहिले आगामी राष्ट्रपती हुन सक्ने चर्चामा रहेका मध्ये सबैभन्दा लोकप्रिय नेता हुन् । अन्यको बढिमा ४९ प्रतिशत लोकप्रियता हुँदा उनको ५४ प्रतिशत सम्म पुगेको छ । मानुयल भाल जस्ता शक्तिशाली नेताको नेपाली संस्क्रिति प्रतिको रुची र नेपालीको उनीसितको पहुँचलाई नेपालका हितमा प्रयोग गर्न सकिन्थ्यो कि ?






