खाडीमा एक वर्षमा ७० नेपालीको मृत्यु, लास बाक्सामा नेपालतिर
● उमाकान्त पाण्डे गाउंले / आबुधावी, यूएई
सम्युत्त अरब एमिरेट्स यूएईमा गत र्बषमा ज्यान गुमाउने नेपालीको सख्या ७० पुगेको छ । सन् २०१३ मा विभिन्न कारणबाट मृत्यु हुनेको सख्या अघिल्लो बर्षमा भन्दा बढी छ । आबुधाबीस्थित नेपाली नियोगले दिएको तथ्याङकअनुसार सन २०१३ मा ७० जना नेपाली कामदारको मृत्यु भएको हो ।
तथ्याङक अनुसार मृत्युमा सबैभन्दा बढि ‘सडेन कार्डियक एरेस्ट’ (सुतेको सुत्यै भएर ज्यान गएको) तथा सडक दुर्घटनाका कारण छन । यसका साथै कार्यस्थलमा दुर्घटना, मस्तिष्क पक्षघात, आत्महत्या र प्राकृतिक मृत्यु पनि यो संख्यामा समेटिएको छ । मृत्यु हुनेहरुको संख्या सन २०१२ मा भन्दा १३ मा १३ जनाले बढी छ । अघिल्लो बर्ष ५७ जना नेपाली कामदारको यूएईमा मृत्यु भएको थियो ।
मृत्युहुनेमा एक नेपाली भाषी भारतीय सहित ७० जनाको ज्यान गएको हो । मृत्यु हुने ७० मध्ये ५ महिला र ६५ पुरुष छन । मृत्युहुने मध्ये ९ जनाको कारण ‘आत्महत्या’ हो भने ३८ नेपालीको सुतेको सुतै ( हृदयघात) भएर ज्यान गएको हो । त्यस्तै २३ जनाको भने सडक दुर्घटनामा मृत्यु भएको छ ।
दुतावासको पूर्ण तथ्याकं अनुसार सन् २०१३ को जुन दोस्रो साता सम्ममा ६ जनाले आत्महत्या गरीसकेका थिए । आत्महत्याका घटना दैनिक बढेकोमा सरोकारवाला संघसस्था चिन्तित छन । साढे ३ वर्षमा ९० भन्दा धेरै नेपालीले युएईमा आत्महत्या गरिसकेको नेपाली दुतावासको तथ्यांकले देखाएको छ ।
सन २००४ देखि २०१३ सम्ममा युएमा ६ सय २२ जना नेपालीले ज्यान गुमाइ सकेका छन् । विगत १० वर्षमा ६ सय ५० भन्दा धेरै नेपालीले यूएमा ज्यान गुमाएको तथ्याकंमा उल्लेख छ ।
सन् २०१० मा ८८ र सन् २०११ मा ६७ जनाको यूएईमा ज्यान गएको थियो । त्यस्तै सन् २०१२ मा भने ज्यान जानेको सख्या घटेर ५७ पुगेको थियो । तर सन २०१३ मा मृत्युहुने नेपालीको सख्या ७० पुगेको छ ।
सन् २०१३ को नयाँबर्षको पहिलो दुई दिनमै ३ जनाले ज्यान गुमाएका थिए । तथ्याकं अनुसार सबैभन्दा धेरै नेपालीको मृत्यु हुने महिना जुन भएको छ । जुनको दोस्रो हप्ता ६ जनाको मृत्यु भएको थियो । जुन महिनामा अत्यधिक गर्मी हुने र धेरै नेपाली सुतेको सुतै हुने गरेको दुतावास बाट प्राप्त विवरणमा उल्लेख गरिएको छ ।
मृत्युहुने कारणका केही उदाहरण
जुन २८ मा यूएइको साजाह स्थित एक होटलमा कामगर्ने ओखलडुगाकी २२ वषिया वर्षा मुलीचाको युएईको जुमेरा स्थित समुद्रमा नुहाउन गएका बेला समुद्रको छालले वगाएर मृत्यू भएको थियो । साथीहरु सगं दुवइको जुमेरा व्रिजमा पौडीखेल्न व्रिजमा छिरेकी वर्षा लामो समय सम्म हराएपछि खोजी गर्दा मृत अवस्थामा भेटिएकी थिईन ।
प्राप्त एक तथ्यांक अनुसार हालसम्म यूएइमा समुद्रले वगाएर युएईमा ९ जना नेपालीको मृत्यू भइसकेको छ । त्यस्तै रोजगारीका लागि ६ बर्ष अघि युएई आएका धरान सुनसरीका उत्तम कुमार राइको युएईको अबुधाबीमा गाडी दुर्घटनामा परी जुन ३० मा ज्यान गयो । ६ बर्ष अगाडी युएई आएका अबुधाबीमा रहेको स्टार सिक्युरिटी कम्पनीमा सिक्युरिटी गार्ड्मा कार्यरत राइको काममा जाने सिलसिलामा कम्पनीको गाडी दर्घटना हुदा ज्यान गएको थियो ।
त्यसको अर्को दिन जुलाई १ मा दुबइमा रहेको बर्केली जनरल सर्भिसेस कम्पनी अन्तर्गत बर्केली कम्पनी मार्फत दुबइ बिमानस्थलमा सुरक्षा गार्डको रुपमा कार्यरत भोजपुरका नबीनकुमार राईको हृदयघातका कारण ज्यान गयो । यूएईमा रोजगारीका लागि ८ महिना अघि दुबइ आएका राइ रात्री सेवाको ड्युटी सकेर सोमबार बिहान दुबइको अल्कुजमा रहेको मजदुर क्याम्पमा आएर सुतेका मृत अबस्थामा भेटिएका थिए ।
भारत मणीपुर घर भरका नेपालीभाषी राम प्रसाद पोखरेलले जुलाई १ का दिन आत्महत्या गरे । दुवइको जावेल इन्टरनेसनल इन्स्टिच्युट अप म्यानेजमेन्टमा कार्यरत उनको शब आफ्नै कोठामा पासो लागेर झुण्डिएको अवस्थामा भेटिएको थियो ।
उनी आठ महिना अघि यूएइको दुवइमा वैदेसीक रोजगारका लागि आएका थिए । पोखरेल केहि महिना अघि वढुवा भइ म्यानेजर पदमा पुगेका थिए ।
एक नेपाली महिलाले जुन महिनाको दोश्रो हप्तामा आपनै कोठामा पासो लागेको अवस्थामा फेला पर्यो । नेपालको स्थाई ठेगाना खुल्न नसकेकी ती महिलाको यूएइको सारजाह स्थित अल लिसन एरियामा कपडाको पासो लगाइ सिलीङमा झुन्डिएको अवस्थामा फेला परेको थियो ।
जुनको दोश्रो साता नै तनहुका श्याम गन्धर्भले युएईको सोनापुरमा आत्महत्या गरे । क्लिनरको रुपमा पावर क्लिनिंग कम्पनीमा कार्यरत उनले आत्महत्या गर्नुको कारण अहिले सम्म खुलेको छैन ।
एकै महिनामा ६ जनाको ज्यान जानु डर लाग्दो भएको र समाजले त्यसमा ध्यान केन्द्रित गर्ने भनाइ नेपाली समाज यूएईका अध्यक्ष ज्ञानेन्द्र कार्कीको भनाइ तत्कालनै सार्वजनिक भएको थियो । यूएईमा कतिपय नेपालीहरु विभिन्न अभियोगमा अझैसम्म सजाय भोगिरहेका छन । जेलमा परेका मध्ये अमरबहादुर बम,दुर्गाबहादुर सुनार र आशिश खालिङ राइलाई यूएई सरकारले मृत्युदन्डको सजाय समेत सुनाएको छ ।





