नेपाली नारी
-शुशिला ठकुरी, पेरिस
मेरा अवयवहरुमा चल्मलाउन
आतुर तिम्रा लालायित हातहरु
नंग्रा फिजाउदै भो नआउ
ति कुत्सित अपराधी मनहरु
किञ्चित दुःख छैन नारी भई जन्मिनुमा
तर धिक्कार छ त्यस्तो पुरुष जन्मिएकोमा
निस्तेज हुँदै बलात्कृत भावना
मष्तिस्क भरि लपेटेर
बाज बनी हुत्तिरहेछौ नारी झुण्डमा
कसैलाई फकाएर, कसैलाई फसाएर
कसैलाई धम्क्याएर
दाउ नरच
नरको अघि पिशाच अलंकृत गरेर
सबै पुरुषलाई बिटुलो नबनाउ
प्रकृतिका सुन्दर संरचना
लात्ताले हिर्काएर नभत्काउ
सम्मान गर, प्रयोग नगर
त्रि्रा स्वार्थी भावना हैन
तिम्रा सहयोगी हातहरु देउ
श्रद्धा गर सम्मान पाउँछौ
हे पुरुष हो अब बाटो नबिराउ ।





