राष्ट्रपतीको प्रेम काण्डले फ्रान्सेली कानुनमा अप्ठेरो
फ्रान्सेली राष्ट्रपती यतिखेर दह्रो प्रेम काण्डमा फसेका छन् । आर्थिक मन्दीले गाँजेको युरोपमा त्यसलाई कसरि समाधान गर्ने भन्ने विषयमा युरोपेली राष्ट्र प्रमुख, नेता, युरोपेली परिषद चिन्तित छ । तर फ्रान्समा भने यतिखेर ति मुद्दा ओझेलमा परेको जस्तो लाग्छ । उहि फ्रान्सेली राष्ट्रपती फँस्वा ओलँदको प्रेम काण्डले गर्दा । त्यति मात्रै होइन, राष्ट्रपतीको प्रेम काण्डले यति खेर फ्रान्सेली कनुनमै अप्ठेरो परेको छ । त्यो हो प्रथम महिला घोषित भैसकेकि राष्ट्रपतीकि प्रेमीका भालेरी थ्रिय भेललाई कुन स्थान दिने ?
राष्ट्रपती फँस्वा ओलँदकी प्रेमीका भएपनि उनलाई फ्रान्समा पत्नी सरह मान्यता दिईएको थियो । त्यसैले उनले प्रथम महिला सरह ब्यवहार गर्दै, कार्यक्रममा सरिक हुँदै आएकि थिईन् । त्यहि सुविधा अनुसार आज भालेरी भारत जाँदै थिईन् । भारतमा भोकमरीका बिरुद्द हुन लागेको कार्यक्रममा उनले राष्ट्रिय हैशियतमा प्रतिनिधित्व गर्न लागेकि थिईन् । त्यो घोषणा पहिल्यै भैसकेको थियो ।
तर हिजो राष्ट्रपती ओलँदले भालेरीसितको संवन्ध सक्किएको घोषणा गरिदिएपछि अब भालेरीलाई कुन स्तर दिने भन्ने अप्ठेरो परेको हो । फ्रान्समा प्रथम महिला घोषित भैसकेको ब्यक्तिसित यदि राष्ट्रपतीको संवन्ध तोडियो भने के गर्ने भन्ने कानुन बनेको छैन । त्यसैले अब भालेरीलाइ कुन हैशियत दिने भन्ने अप्ठेरो परेको हो । हिजो उनले राष्ट्रपतीकै हैशियतमा भारतमा सहभागि हुन नहुने घोष्णा गरिएको छ । तरपनि उनी त्यता हिँडिसकेकि छन् ।
तर भालेरीलाई कुनै न कुनै हैशियत दिनुपर्ने माग तिब्र रुपमा उठेको छ । न्यायकर्मी, मानव अधिकारकर्मी, नेता, समाजसेवी, विश्लेषकहरुले उनीमाथि अन्याय भएको हुँदा कुनै न कुनै राष्ट्रिय हैशियतमा राख्नुपर्ने भन्दै बहसपनि गरेका छन् । केहिले उनलाई कुनै हैशियत दिन नहुने तर्कपनि गरेका छन् । पत्रपत्रीकाहरुमा राष्ट्रपतीले अन्याय गरेको भन्ने आवाजपनि उठेको छ । उनले प्रथम महिलाको हैशियत त पाउने कुरै भएन । किनभने राष्ट्रपतीले अर्कि हिरोनीसित प्रेम संवन्ध गाँसेका छन् । अब सायद राष्ट्रपतीकि नयां प्रेमीका जुली गायले पाउन सक्ने छिन्।
फ्रान्सेलीहरु यति बेला राष्ट्रपतीको एक पछि अर्को प्रेम काण्डले क्रुद्द बनेका छन् । जर्मन चान्सलर एन्जेला मार्केलको पती को हो भन्ने सम्म सार्वजनिक नहुने, महत्व दिनु नपर्ने तर फ्रान्समा चाहिँ किन राष्ट्रपतीको प्रेमीकाले यति बिघ्न महत्व पाउने भनेर जनता क्रुद्द बनेका छन् । यस विषयमा ब्यापक बहस र प्रतिक्रियाहरु भैरहेका छन् ।





