राष्ट्रपतीको प्रेम काण्डले ताते फ्रान्सेली मेडिया
फ्रान्सका राष्ट्रपती फँस्वा ओलँदले आफ्नी प्रेमीकासित छुट्टिएको घोषणा गरे लगत्तै फ्रान्सेली मेडिया तातेको छ । यो खबरले फ्रान्सको मात्रै नभएर युरोपका सबै जसो मेडिया ढाकेको छ । भालेरी थ्रिय भेलसित उनको प्रेम संवन्ध राष्ट्रपती हुनु अगाडि देखिनै थियो । उनले आजै उनी सितको संवन्ध टुटेको राष्ट्रिय समाचार केन्द्र एफ पीलाई जानकारि गराएर दिए । दुई साता अघि फ्रान्सकी हिरोनी जुली गाय सित उनको गोप्य संबन्ध रहेको खबर सिने पत्रीकाले सार्वजनिक गरिदिएपछि उनी अप्ठेरोमा परेका थिए ।
केहि समयदेखि हिरोनीसित गोप्य संवन्ध रहेको शंका गरेका केहि मेडियाले त्यो सार्वजनिक गर्न गोप्य तरिकाले पछ्याएका थिए । उनको हिरोनीसित प्रेम संवन्ध रहेको सार्वजनिक हुनासाथ उनकी प्रेमीका भालेरी अकस्मात अचेत भएर अस्पत्ताल लगिएको समाचारहरुले उल्लेख गरेका थिए । तर शुरुमा उनले त्यो संवन्धको प्रचार असत्य हो भनेका थिए ।
दुई साता अघि हिरोनी जुली गायतसित सँगै साँझको बेला निस्किरहेका बेला तस्विर सहित सार्वजनिक गरिदिएपछि उनी अप्ठेरोमा परेका थिए । उनको ब्यापक आलोचना भएको थियो । फ्रान्समा केहि पार्टी, नेता र मानव अधिकारकर्मी, चिन्तकहरुले राष्ट्रपती ओलँदको पोस्टर बनाएर राजिनामा मागेका थिए । केहिले उनलाई हटाउनुपर्ने माग गरेका थिए । उनको पार्टीमा ब्यापक आलोचना भएको थियो ।
भालेरी टिभी पत्रकार हुन् । फँस्वा ओलँद राष्ट्रपतीमा उठेका बेला भालेरीले उनको चुनावी प्रचारमा महत्वपूर्ण भूमिका खेलेकि थिईन् । उनी आफैं चुनावी प्रचारमा होमिएकि थिईन् । उनले फ्रान्सका धेरै मेडियालाई ओलँदको प्रचारमा सक्रिय बनाएकि थिईन् । भालेरीकै सक्रियतालेपनि ओलँदले राष्ट्रपती पदमा निकोला सार्कोजीलाई पराजित गरे बताउनेपनि निकै फ्रान्सेलीहरु छन् । अहिले ओलँदले उनको पहुँच दुरुपयोग गरेको । उनलाई ‘प्रयोग गर र फ्याँक’ को राजनिति गरेको । राष्ट्रिय चिन्तन भन्दा सुरासुन्दरी र प्रेमका विषयमा केन्द्रित रहेको भनेर आलोचना तिब्र भएको छ ।
उनको यो प्रेम प्रसंगले ओलँदको राजनितिक जिवनलाई त क्षती गर्छ नै, उनको पार्टीलाईपनि असर पर्ने छ । ओलँदकी पत्नी सेगोलेन रोयलसित अघिल्लो राष्ट्रपती निर्वाचनका बेला खटपट भएको थियो । त्यहि खटपट झ्यांगिँदै गएर सेगोलोनसित पारपाचुके भएको थियो, ओलँदको । रोयल अघिल्लो पटक सोसलिस्ट पार्टीका तर्फबाट राष्ट्रपती निर्वाचनमा उमेदवार बनेपनि निकोला सार्कोजीसित पराजित भएकि थिईन् ।





