युएईमा नेपालीलाई मृत्युदण्डको सजायँ – परिवार ‘ब्याकअप मनी’ तयार गर्दै

उमाकान्त पाण्डे, गाउंले  / युएई

unnamedसंयुक्त अरब इमिरेट्स युएईको अबुधाबी अदालतले पाकिस्तानी नागरिकको हत्याको आरोपमा एक नेपालीलाई मृत्युदण्डको सजायँ सुनाएको छ । मत्स्य पोखरी-३ संखुवासभाका अनिश खालिङ राईलाई यहाँको अदालतले मृत्युदण्डको सजायँ सुनाएको हो ।

यूएईको एक रेष्टुरेन्टमा केही महिना पहिले भएको भनाभनमा नेपाली र पाकिस्तानी नागरिककाबीच झगडा भएको थियो । झगडापछिको झडपमा घाइते भएका पाकिस्तानीको ज्यान गएपछि राई २०६९ कार्तिक ९ गते पक्राउ गरेका थिए । राई रोजगारीका लागि ३ बर्षअघि यूएई पुगेका थिए ।

युएईमा यो सँगै मृत्यु दण्डको सजायँ पाउने नेपालीको संख्या ३ पुगेको छ ।  सन २००३ मा दार्चुलाका अमरबहादुर बम र दुर्गाबहादुर सुनारलाई (फरक फरक घटनामा) यूएई सरकारले मृत्यु दण्डको सजाय समेत सुनाएको थियो ।  

अब के हुन्छ ?

नेपाली समाज युएईका भूतपूर्व अध्यक्ष कृष्ण ढकालका अनुसार यस प्रकृतिका अन्य घटनालाई हेर्ने हो भने, अभियुक्तका लागि अझै दुई तहमा निर्णय लिनुपर्ने हुन्छ । यस निर्णय माथि पुनरावेदन अदालतमा पुनरावेदन गर्न सकिन्छ ।

पुनरावेदन अदालतले पनि प्रारम्भिक तहको अदालतको निर्णयलाई नै सदर गर्‍यो भने सर्वोच्च अदालतसम्म अपिल गर्न सकिन्छ । सर्वोच्चले पनि पुनरावेदन अदालते गरेको प्रारम्भिक तहको फैसलालाई नै सदर गरेमा उसले अन्तिम फैसला सुनाउनु पूर्व मृतकका परिवारलाई तीनवटा विकल्प दिन्छ । अभियुक्तलाई फासी नै दिने, ब्लडमनि लिएर माफी दिने वा केही पनि नगरी माफी दिनेमध्ये एक रोज्नुपर्ने हुन्छ । यस अवस्थामा मृतकका परिवारको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

मृत्युदण्डको मुद्दाको फैसला गर्नुभन्दा पहिले युएईका अदालतले मृतकका परिवारलाई अभियुक्तलाई सजायँ नै दिने वा माफी गर्ने बारेमा अन्तिम निर्णय लिन आग्रह गर्दै आएको छ । अभियुक्तको सजायँमा कुनै किसिमको कमी नआएर, मृतकको परिवारसमक्ष अन्तिम निर्णय लिन सोधिएको अवस्थामा मृतकको परिवारले ब्लडमनि लिन चाहेमा साविक अवस्थामा दुईलाख युएई दिराम्स तिर्नुपर्ने अवस्था आउँछ ।

अभियुक्त राईका परिवारले उनका लागि छुट्टै वकिल राखेर पनि पुनरावेदनमा अदालतमा अपिल गर्न सकिने प्रावधान छ ।

अभियुक्त राईका श्रीमती बिना राई डेढ वर्षको छोरो लिएर काठमाडौमा परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा पुगेर श्रीमानको जीवन रक्षा गर्नका लागि अनुरोध गर्नुभएको थियो ।

श्रीमान अपराधिक प्रबृत्तिको नभएको बताउँदै बिनाले समूहबीच झगडा भएको जनकारी पाएकाले श्रीमानलाई कसैले फसाउन खोजेको आशंका गर्दै घटनाको छानबीन होस भन्दै कन्सुलर विभाग प्रमुख समक्ष अनुरोध गर्नुभएको थियो ।

कन्सुलर विभाग प्रमुखले अबुधाबीस्थित नेपाली दूतावासमार्फत अभियुक्त राईको जीवन रक्षाको पहल गर्ने आश्वासन दिनुभएको थियो ।

दुतावासको कुटनैतिक जबाफ

राईलाई मृत्यूदण्डको सजायँ सुनाएको बारे अन्लाईन संचारमाध्यममा धेरै समाचार प्रकाशन भए पनि नेपाली राजदुतावासले आधिकारिक जानकारी नआएको भन्दै लामो समय यस् को पुस्टी गर्न चाहेको थिएन । यधपी नेपालीलाई मृत्युदण्डको सजायँ सुनाएको यूएईका लागि नेपाली राजदुत धनन्जय झाले हाल भने: पुस्टी गरेका छन ।

राजदुत झा का अनुसार सम्बन्धित निकायबाट आधिकारिक जनाकारी नआउँदै संचारकर्मीहरुले थाहा पाएर सोधिखोजी गर्नुभएको थियो उहाँले भन्नुभयो प्रारम्भिक तहको अदालतले मृत्युदण्डको सजायँ सुनाएको अधिकारिक पुस्टी भएकोले मात्र अहिले म पुस्टी गर्न सक्छु । तर अहिले सम्म अदालतले बल्डमनीमै पारिवारिक सहमतीका लागि फैसला सुनाएको भन्ने बारे दुतावासलाई जानकारी नभएको झाले बताउनु भयो ।

अदालतले ब्लडमनीको फैसला गर्यौ भने ब्याकअप पैसा देखाउनु पर्ने हुन सक्ने भएकोले परिवारले आर्थिक सकंलन गर्दै होला तर यस् मा दुतावासले पुस्टी गर्न मिल्दैन – राजदुत झालले भने ‘त्यो अधिकारिक होइन’ हामीले कुनै निर्देशन दिन मिल्दैन।’ 

परिवार ब्याकअप मनीतयार गर्दै 

पाकिस्तानी नागरिकको हत्या अभियोगमा  युएइको अबुधाबीस्थित  तल्लो अदालतले सुनाएको मृत्युदण्डको सजायबाट मुक्ति दिलाउन परिवारहरु ब्लडमनि मार्फत जीवन रक्षा गर्न ‘ब्याकअप मनी’ तयार गर्दै छन ।

अनिश खालिङको जीवन रक्षाका लागि ‘अभियान’ समितिनै बनाएर परिवार अर्थ सकंलन गर्दै छन ।

खालिङको जीवन रक्षा अभियान समितिको काठमाण्डौमा बसेको बैठकले आबश्यक ब्लडमनि बापतको  २ लाख दिराम  अर्थात नेपाली रु ५६  लाख संकलनका लागि दुई उपाय अपनाउने छ ।

जस अनुसार खालिङ बचाऊ अभियानमा सबै नेपाली बाट रु १ सहयोग गर्ने र सहयोग  रसिद र र बैँक खाता मार्फत तोकिएको लक्षित ब्लडमनि संकलन गर्न दायालु मन भएका व्यक्ति,संघ-संस्था,नेपाल सरकार एवम्  देश -बिदेशमा रहेका नेपालीहरुमा गुहार मागेर सहयोग जुटाउने खालिङको जीवन रक्षा अभियान समितिको योजना छ ।

२२ बर्षिय राईलाई मृत्युदण्ड दिईने भएपछि उनको आयबाट आश्रित ७५ वर्षीय बुबा भीमप्रसाद, ५७ वर्षीया आमा डिकमाया, श्रीमती रविता र नाबालक छोरी रितु न्यायको खोजीमा काठमाडौँ धाइरहेका छन ।

unnamed (2)उता दुबइमा घरेलु कामदारको रुपमा कार्यरत नेपाली महिलालाई आफ्नै मालिकको ११ महिने बालकको हत्या गरेको आरोप लागेको छ ।

दुबइको अल किसिसमा भारतीय नागरिकको घरमा कार्यरत नेपाली महिलाले आफुलाई घर विदा नदिएको रिसमा बालकको हत्या गरेको स्विकारेको यूएईको राष्ट्रिय संचार सस्था खालिज टाइमले उल्लेख गरेको छ ।

अग्रेंजी भाषामा प्रकाशित खालिज टाइम्सको सोमबारको अकंमा यस् बारे समाचार छापिएको छ ।

पत्रिकाले लेखेको छ ‘ बच्चाको आमा हालै एक नयाँ काम सुरु गरेको र आफूले बिदा पाउन नसकेकोले बच्चाको हेरचाह गर्न समय नपाएको भन्दै नेपाली महिलालाई वार्षिक बिदा दिन अस्विकार गरेको कारण रिसाएर बालकको हत्या गरिएको खुल्न आएको छ । ‘

हत्या आरोपमा संलग्न नेपाली महिलाको पूर्ण विवरण भने पत्रिकाले सार्वजनिक गरेको छैन ।

११ महिनाको आफ्नो बच्चालाई हेर्ने जिम्मा दिएर आफुहरु कार्यस्थल गएको र साझ फर्किदा आफ्नो शिशु मृत् भेटीएपछि हाउसमेड बिरुद्द दुबइ प्रशाशनमा उजुरी दीईएको थियो । त्यसैका आधारमा बच्चाको नेपाली महिला द्वारा हत्या भएको भन्दै घरेलु महिला कामदरको रुपमा कार्यरत नेपाली महिलालाई पक्राउ गरिएको छ ।

नेपाली महिलाले आफुले गरेको अपराधलाई स्विकारेको खालिज टाइम्सले जनाएको छ । यस् सम्बन्धमा नेपाली दुतावास आबुधाबीलाई केही जानकारी नभएको दुतावास स्रोतले बतायो ।

तपाइँको प्रतिक्रिया