अख्तियारबाट बच्न हरेक साता दुतावासमा भोज
भ्रष्टाचारेका अनेक दाउ हुन्छन् । त्यसबाट बच्न अनेक हतकण्डा अपनाउँछन् । यतिखेरअख्तियार दूरुपयोग अनुसन्धान आयोगले लन्डनस्थित नेपाली दूतावासलाई पत्र लेख्यो । स्पष्टिकरण माग्न। त्यसले धेरै राजदूतलाई त्रसित पारेको छ । मोहन क्रिष्ण श्रेष्ठलेपनि अनेक तरिका पनाएका छन् । राजदूत निवास बनाउँदा चर्को दाम खाएका । वर्ष भरिको लेखा परिक्षण गर्न महालेखा परिक्षकको कार्यालयबाट आउने लेखा परिक्षकलाईपनि आफ्नै घरमा पालेर लेखा परिक्षणलाई प्रभाव पारेका थिए राजदूत मोहन क्रिष्ण श्रेष्ठले । त्यो खबर लुकाउने प्रयास गरेका थिए । पछि त्यसको खबर लेखेपछि नेपालप्लस बन्द गराउन खोजेका थिए । धम्कि दिएका थिए । हो अहिले तिनै भ्रस्टाचार आरोपित श्रेष्ठपनि आतंकित भएका छन् । त्यहि अख्तियारको आँखामा नपरियोस् भनेर उनले पत्रपत्रिकामा धाउने काम गरेका छन् । आफ्ना पक्षमा प्रशंसा गर्दै समाचार लेखाउन । अनि युरोपमा यस्सो सामाजिक हैशियत बनाएकालाई बोलाएर पार्टी गराउने । त्यसमा आफ्नो प्रशंसा गर्ने । आफूले यतिउति काम गर्ने भनेर भाषण गर्न दौढधुप गरिरहेका छन् । त्यसकोलागि उनले केहि हप्ता अघि स्पेनका उनका भरौटेहरुलाई बोलएर दुतावासमा भोज दिएका थिए । अहिले एन आर एनका हस्तीहरु मार्फत गुनगान गराउन अर्को भोज राखेका छन् आगामी आइतवार।
झुठो प्रशंसा गर्ने, आफ्नै बखान छाँट्ने र नगरेको काम गरें भन्दै बढाइचढाई गरेर सुनाउनुपर्ने भएकाले यस्ता भोजमा आफ्नै दुतावासका काउन्सिलरलाईपनि सरिक नगराउने गरेको नेपालप्लस स्रोतले बतायो । केहि महिनापछि कार्यकाल सक्किएर देश फर्किन लागेका मोहन क्रिष्ण श्रेष्ठको धन्दानै अहिले आफ्नै प्रशंसा गर्ने भएको छ । यसरि हरेक दिन, हरेक हप्ता भोजभतेर गरेर संघ संस्थाका मानिसलाई बोलाउने । आफ्ना कुरा र प्रशंसा छपाउने गर्दा समाचार छापिन्छ । प्रशंसा गरेको देखिन्छ र त्यसो गर्दा अख्तियारको ध्यान मोड्न सकिन्छ भन्ने महामहिमले ठानेको स्रोतको भनाई छ ।
युरोपको कुनैपनि देशमा कुनै नेपाली पत्रकार आएको थाह पाएमा सरकारी गाडीको दुरुपयोग गरेर भेट्न जाने, त्यहि गाडीमा घुमाउने काम गरेका छन् । भेट्ने, घुमाउने, उपहार दिने र आफ्नो प्रशंसा छपाउने उनको नियमित धन्दा बनेको छ । त्यति गरेपछि आफैंले मुख फोरेर ‘मैले यति यति काम गरें त्यो लेखे हुन्थ्यो नी, मेरो बायोग्राफी कसैले लेख्या छैन, तपाईले लेखिदिए हुन्थ्यो नी’ भन्ने गर्छन् ।
अहिले यहि आउँदो आइतवारपनि दुतावास निवासमा भेटघाट राखेका छन्, भोज सहितको । त्यहाँ उनले बेल्जियम, फ्रान्स लगायतका एनआरएनका पदाधिकारीहरुलाई भेटघाट भन्दै बोलाएका छन् । त्यो उनले आफ्नो समर्थनमा प्रशंसा गरिदिन । यस्ता भेटघाटमा हुने बहस र छलफलमा संलग्नहरुलाई आफ्नो प्रशंसा गरेर समाचार लेखाउन लगाउँछन् । ति कार्यक्रमलाईपनि आफूले यति वटा राम्रो काम गरें भन्दै सुनाउने गरेका छन् । ‘युरोपका सामाजिक संस्थामा बसेका, एन आर एनका अन्य सदस्य मार्फत आफ्नो गुणगान गराएर नेपाली मेडियामा छपाउने र त्यसको ढड्डा बोकेर नेताका घर धाउने, यस्तो राम्रो काम गरें भन्दै अर्को ठाउँमा राजदूत हुन बिन्ति हाल्नको लागि हो ।’ उनीसित निकट एन आर एनका एक सदस्यको भनाई हो यो ।
जो फेरियो उसैसित महामहिमको झगडा
महामहिम मोहनक्रिष्ण श्रेष्ठ अल्ठेङ्रा । कसैसित मिल्नै नसक्ने । अरु कर्मचारीलाई देख्नै नसक्ने हुन् कि अरु कर्मचारी ? कोहि कर्मचारीसित उनको मिल्ती हुन्न । जोसितपनि झैझगडा गर्छन् । सम्बन्ध बिग्रिन्छ । मारमुंग्री गर्छन् । बोलचालनै बन्द हुन्छ । अघिल्लो पटक मिनिस्टर काउन्सिलर (दुतावासका प्रथम सचिव) जिवनप्रकाश श्रेष्ठसित महामहिमको झैझगडा थियो । बोलचाल दुतावास भित्र छिर्दा ‘हेल्लो’ भन्ने सम्म मात्रै सिमित थियो । जिवन प्रकाश गए । उनको ठाउँमा आए रामबाबु खनाल । अहिले यिनै रामबाबुसित पनि महामहिमको दुष्मनी बढेको छ । राजदूतावास स्रोतका अनुसार राजदूत मोहनक्रिष्ण श्रेष्ठबिच निकै पटक बिबाद र चर्काचर्कि परेको हो ।
आफूले अनेक नचाहिँदा काम गर्ने र त्यसमा काउन्सिलर खनाललाई सहि गरेर आफू पन्छिन खोज्ने । उनले प्रयोग गर्न पाउने गाडी महामहिमले आफ्ना मान्छेलाई पठाइदिने । गाडी चालकलाई एक्कासि फोन गरेर उनी कार्यालय आउने समयमा गाडी रोकिदिएर सास्ति दिने, गाडी ढिलो हुँदा कार्यालयमा ढिलो आइपुगेपछि ‘ल हेर्नुस् कामामा सधैं ढिलो आउँछ’ भनेर मन्त्रालयमा उजूरी हाल्ने, उनको काममा हस्तक्षेप गर्ने र पदले गर्न नहुने काममा जबर्जस्ति गर्न लगाउने गरेपछि खनालले ईन्कारगर्दा राजदूत श्रेष्ठ क्रुद्द बनेको नेपालप्लस स्रोतको भनाई छ । काउन्सिलर खनाल यस अघि स्विजरल्याण्डको जेनेभास्थित नेपाली दुतावासमा थिए । त्यहाँ हुँदा उनले राम्रो छबी बनाएका थिए । उनी अंग्रेजी लगायत फ्रान्सेली भाषा र संस्क्रितिमापनि निपूँण मानिन्छन् ।
फ्रान्सेली भाषा र संस्क्रिति जानेका यस्ता ब्यक्तिसितपनि फेरि झैझगडा र मनमुटाव गरेपछि पेरिसका नेपालीले भन्न थालेका छन् ‘राजदूत मोहनक्रिष्ण कोहिसित मिल्न नसक्ने रहेछ । कसैलाई देखिनसक्ने यस्तो राजदूतले कसरि दूतावास राम्रोसित चलाउने ?’
बेल्जियमका राजदूतको कार्यक्षेत्र मिचेर, उनको काममा हस्तक्षेप गरेकाले राजदूत मोहनक्रिष्ण श्रेष्ठ र बेल्जियमका राजदूत राममणी पोख्रेलबिचपनि मनमुटाव भएको थियो । यस विषयमा चर्काचर्कि परेको थियो । राममणी पोख्रेलले मोहनक्रिष्ण द्वारा आफ्नो कार्यक्षेत्रमाथि हस्तक्षेप गरेको भन्दै परराष्ट्र मन्त्रालयमा उजूरी दिएका थिए । उनले श्रेष्ठमाथि कारवाही हुनसक्ने भन्दै बेल्जियमको सार्वजनिक कार्यक्रमबाटै सार्वजनिक टिप्पणी गरेका थिए । श्रेष्ठले पेरिसको दुतावासको गाडी दुरुपयोग मात्रै होइन, उता स्विजरल्याण्डको राजदूताको कार्यक्षेत्रसमेत मिचेर स्विजरल्याण्ड घुम्न आएका अन्नपूर्ण पोष्ट दैनिकका एक पत्रकारलाई घुमाउन र चाकरि गर्न गएका थिए । यसविषयमापनि स्विजरल्याण्डको नेपाली दूतावासले बिरोध गरेको स्रोतले बतायो ।
उनका भ्रस्टाचारका थप कहानी, पत्रकारलाई दिएका धाकधम्कीका थप कहानी बुझ्न तलका लिंकमा जानुस्
महामहिम आउनु भो, जाँड पिनुभो, काम नगरि जानु भो
नेपालप्लस बन्द गराउन खोज्दा महामहिमलाई लोप्पा
दूतावासको लेखा परिक्षणपनि शंकाकै घेरामा (लेखा परिक्षकको अडियो सहित)
राजदूत निवास मर्मतका नाममा भ्रस्टाचार गरेको खुल्यो (अडियोसहित)
आफ्नी पत्नीको प्रशंसा गर्दै राजदूतका नामबाट फेरी झुठो बक्तब्य
छानवीन गर्ने भन्दै ब्लगरलाई धम्की
नेपालप्लस बिरुद्द राजदूतको फेरी धम्की र उजूरी
दूतावासको खण्डन : अनियमितता गरेको घुमाउरो पाराले स्विकार
नेपालीको शोकमा फ्रान्सेली रुँदा हाम्रा राजदूतलाई भोजको चटारो
दूतावासको रकम ब्यक्तिका नाममा खर्च
सांस्क्रितिक पर्वको वास्तविकता र फ्रान्सेली मित्रमाथि अन्याय




