राजनितिक पहुँच र कलाकारलाइ देखाएर सयौं नेपाली ठग्दै नटवरलाल
दर्जनौं नेपाली ठगिएका छन् । अनेक अनेक नाममा । कसैलाई ढुकुटीमा सामेल गराएर। कसैलाई काम लगाइदिने । स्पेनमा बस्ने बैधानिक कागज बनाइदिने । भिसा मिलाइदिने लगायतका नाममा बागलुङका करिब ३४ वर्षिय दीपक सुबेदीले ठग्ने गरेका हुन् । उनको ठगीमा परेका केहि नेपालीले नेपालप्लससित हारगुहार मागेका छन् । स्पेनका केहि नेपाली संघ संस्थामा आवद्द भएपनि नाम मुछिएला, उल्टो बेईज्जति पो हुन्छ कि भन्ने डरले ति नेपालीले नाम दिन नचाहेको नेपालप्लस स्रोतले उल्लेख गर्यो । स्रोतका अनुसार दीपक सुबेदीले स्पेनमा सामाजिक हैशियत बनाएका बबिन खनाल, गंगा भुसाल, राम चालिसे, पर्मानन्द शर्मा, बेदराम कँडेललगायत अधिकांश नेपाली छन् । र केहि महिना अघि स्पेनको अस्पत्तालमा म्रित्यु भएका रामलाल कँडेललाई समेत ठगेका छन् ।
उनको ठगीको तरिकापनि अचम्मको छ । उनले पाँच युरोदेखि दश हजार युरोसम्म ठगेका छन् । ढुकुटी खेलाउने नाममा केहि मानिसको क्रितिम नाम स्रिजना गर्ने । शुरु शुरुमा तिनैको नाममा आफूले भटाभट ढुकुटी खाने र त्यसपछि अरुलाई ढुकुटी नदिने गरेका छन् । पैसा माग्न जाँदा ‘फलानाले खाइदियो, तिरेन, म नेपालमा गएर तिरौंला, उताबाट पैसा ल्याएर तिरौंला, पछि दिउँला’ भन्दै टार्ने गरेका छन् ।
उनी बिगत करिब छ वर्षदेखि स्पेनको बार्सिलोनामा बस्दै आएका छन् । पसल थाप्न खोज्नेलाई ‘सामान ल्याइदिन्छु सस्तोमा’ भन्दै पैसो लिने र पछि नदिने । कसैलाई ठेक्कापट्टाको प्रस्ताब गर्ने । कहिले कार्यक्रम आयोजना गरि त्यहिँ अनियमितता गरेको उनीसितै कार्यक्रममा सरिक केहिले नेपालप्लसलाई बताए ।
बैधानिक कागज नभएका । भर्खर नेपालबाट आएर मेलोमेसो नजानेका सोझा नेपालीसित सम्पर्कमा पुग्ने र कागज बनाइदिने नाममा रकम उनले लिने गरेका छन् । ‘नेपालबाट भर्खर आउनेलाई केहि जानकारि हुन्न। ऊ यहि बसेको, टाईफाई गर्ने, बाठो देखिने, यसलाई सबै थाह छ भनेरपनि धेरै नेपालीले पत्याएर पैसो दिए, उसले चप्काइदियो’ स्रोतले भन्यो । तर काम नगरिदिने । पैसा माग्दा पछि दिउँला भन्ने गरेर पन्छिने गरेका छन् ।
उनले ढुकुटीको पैसा नदिएपछि ढुकुटीमा संलग्न नेपालीहरुले समातेर ढुकुटीको रकम तिर्ने नाममा कागज गराएका थिए । त्यसपछिपनि उनले ‘म नेपाल गएर आएपछि दिउँला, पछि दिउँला, नेपालबाट पेश्की बुझेर दिउँला’ भन्दै पन्छिने गरेका छन् । ढुकुटीको पैसो दिन्छु भनेर कागज गरेकोपनि झण्डै एक वर्ष पुगिसकेको छ । हाल सालै उनले ‘राजनिति’ भन्ने फिल्मपनि बनाएका छन् । त्यो फिल्म बनाउनपनि उनले अरु नेपालीसित रकम लिएका छन् । पैसा माग्ने सबैजसो नेपालीलाई उनले ‘मैले राजनिति फिल्ममा लगानी गरेको छु । त्यसको पैसा आउँछ । हो त्यसको पेश्की बुझेर दिउँला’ भन्दै छक्काउने गरेका छन् ।
अरु नेपालीलाई ठग्न यिनै नटवरलालले यहि जनवरी २२ तारिखका दिन बार्सिलोनामा हाँस्यब्यंग्य कलाकार मनोज गजुरेल सहितको टोलीलाई बोलाएर कार्यक्रम राखेका छन् । को नेपाली कस्तो भन्ने जानकारि नहुनाले मनोज गजुरेल, पशुपती शर्मा र रिता थापा त्यहाँ आउने निश्चित गरिसकेका छन् । उनी कलाकार संघ स्पेनका अध्यक्ष हुन् । उनको ठगीको कारणले बेइज्जती भएपछि कलाकार संघका अधिकांश पदाधिकारीले राजिनामा दिएका थिए । तर उनले कलाकार संघ पूनर्गठन भन्दै फेरि केहि सोझासाझा नेपालीलाई साथमा लिएर पूनर्गठन गरेका हुन् । अध्यक्षमा आफ्नै नाम घोषणा गरेका हुन् ।
(देब्रेतिर कोमल ओलीलाई साथमा राखेर बिचमा दीपक सुबेदी)
कार्यक्रम घोषणा गर्नासाथ ‘ल है साथी हो कार्यक्रम सफल बनाउनुपर्छ’ भन्दै उनले सोझासाझा नेपालीहरुलाई उक्साएका छन् । कार्यक्रमको खबरपनि उनले स्पेन खबर डटकमा प्रकाशित समेत गराएर सबैतिर आफ्नो पहुँच भएको देखाउने प्रयत्न गरेका छन् ।
उनी नेपाली जन संपर्क समितिका निवर्तमान महामन्त्री हुन् । हाल उनी यस संस्थाका सल्लाहकार छन् । पाए जतिसित पैसा लिएकाले हाल एक पछि अर्को ‘मेरोपनि छ, लौन कसरि उठाउने’ भन्दै एक पछि अर्को निस्किन थालेका छन् । त्यसरि ठगिनेमा बबिन खनाल, गंगा भुसाल, राम चालिसे, पर्मानन्द शर्मा, बेदराम कँडेललगायत अधिकांश नेपाली छन् । तर गंगाराम भुसालले भने आफूले रकम लिन बाँकि नरहेको बताए । यिनै मध्येका एक नेपालीले भने ‘सर शुक्रबार पैसा दिन्छु भन्छ । अनि शुक्रबार पैसा दिन्छु भनेको देउ न त भन्दा ‘कहाँ यो शुक्रबार भन्या हो र ? अर्को शुक्रबार भनेको हुँ’ भन्दै भाका सार्ने गरेका छन् ।
(अघिल्लो लहरका तिन महिला मध्ये बिचमा उभिने महिलाको पछाडी दीपक सुबेदी । शेर बहादुर देउवा र उनकी पत्नी आरुजु राणा देउवासहित)
नेपालीहरुसमक्ष राजनितिक पहुँच देखाउन उनले नेपाल गएका बेला गगन थापा र शेरबहादुर देउवासित भेट्घाट गरेर देखाउने गरेका छन् । उता बेल्जियमका नेपाली कांग्रेस नेता गंगाधर गौतमसितपनि घेटघाट र उठबस गरेर उनले यता युरोपमा पहुँच देखाउने गरेका छन् । स्पेनमा तिन पटक नेपाली जन संपर्क समितिको महासचिव हुँदा नेपालबाट स्पेन आएका नेपाली कांग्रेसका नेतासित उनले संपर्क बढाएका थिए ।
बागलुङ ताराखोला स्थायी घर भएका दीपक सुबेदी बिरुद्द त्यहाँको प्रशासनमा हालसम्म कुनै उजूरी परेको भने छैन । नेपालीहरुले आफू आफूमै सहमति र विश्वासका आधारमा आर्थिक कारोबार गरेकाले प्रमाणको अभावमा दीपक सुबेदी बिरुद्द उजूरी हाल्न कठिनाई परेको एक पिडितले बताए । पछिल्लो समयमा एक पछि अर्को उनीबाट ठगिएकाहरुले रकम माग्न थालेपछि उनी युरोपको अन्य देशतिर फरार गर्न सक्ने संभावनापनि रहेको स्रोतको भनाई छ । ‘यस्तो ठगलाई नेपाली जनसंपर्क समितिले तत्कालै कारवाही गर्नुपर्छ’ उनीबाट ठगिएका कलाकार संघ स्पेनका पुर्ब कार्येसमितीका एक सदस्यले भने ‘यस्तालाई संस्थामा राखेर संस्थाकै बेइज्जती गर्ने भो ।’







