गजल
● प्रमोद भट्टराई
आजभोली मलाई तिमी भुल्ने बस्यो बानी ।
एकान्तमा एक्लै-एक्लै झुल्ने बस्यो बानी ।
+++ +++ +++
माते पछी नशाले के-के बोल्छु थाहै हुन्न
त्यसै-त्यसै मनका कुरा खुल्ने बस्यो बानी ।
+++ +++ +++
को पराई को आफ्नो सबै उस्तै लाग्ने
हिजो आज सबैसँग घुल्ने बस्यो बानी ।
+++ +++ +++
यात्रा जस्तो जीवन यो यसै बिते हुने
जता-जता मन त्यतै डुल्ने बस्यो बानी ।





