यस्ता हुन्छन् जनताका नेता
हाम्रा नेता जनताको ढाडमा चढ्छन् । खोलो तर्नु पर्दा त जुत्ता फुकालेर तर्न सक्दैनन् । कार्यकर्ताको ढाडमा चढेर नभिजि तर्छन् । ति खोला तर्न मात्रै होइन, पार्टी जोगाउन । पद हत्याउन । नेत्रित्वमा पुग्न । भ्रस्टाचार गर्न । चुनावमा प्रसारप्रचार गर्न । जे गर्नपनि जनताको ढाडमा चढ्छन् । किनकि ति सहि राजनितिनै गर्दैनन् । जनताको राजनिति गर्दैनन् । जनतालाई ढाडमा चढ्ने माध्यम बनाउँछन् । नाम कम्युनिष्ट नेता । नारा दुखि जनताको मुक्तिका लागि काम गर्ने । तर काम तिनैको टाउकामा गिर खेल्ने । तर अरु देशका सबै कम्युनिष्ट नेता हाम्रा कम्युनिष्ट नेता जस्ता हुँदैनन् । हाम्रा नेताले पूँजीवादी, सामान्ति भनेका देशका नेतापनि हाम्रा नेताले झैं जनता सताउँदैनन् । अवमूल्यन गर्दैनन् जनताको अंअन र मर्यादाको । हेर्नुस् त यो तस्विर । फ्रान्सेली कम्युनिष्ट पार्टीकी नेत्रि जर्ज मारी बुफेको हो । राष्ट्रपती पदको उमेदवार । तर चुनाव प्रचार गर्न आफैं भिडेकी ।
उनी सन् २००७ मा हुन लागेको फ्रान्सको राष्ट्रपतीको निर्वाचनमा उमेदवार थिईन् । उनलाई समर्थन दिने उनको पार्टी एक्लो भने थिएन । हरियाली पार्टीले पनि उनैलाई समर्थन गरेको थियो । केहि अन्य वामपन्थी र क्रिषक दलपनि थिए । उनी केहि पार्टीको समर्थनमा उमेदवार बनेकि थिईन् ।
मे एक मजदूर दिवश हो । त्यो दिन मजदूरहरु सडकमा निस्केर प्रदर्शन गर्ने दिन । त्यति बेला उनको पहिलो चुनावी चरण सकिएर उनी पाखा लागेकि थि ईन् । दोस्रो चरणमा उनी पुगिनन् । त्यसैले उनको पार्टीले समाजवादी पार्टीकि उमेदवार सेगोलेन रोयललाई समर्थन गरेको थियो । तिनै सेगोलेन रोयलको नारा, उनैको चुनावी घोषणापत्रको पर्चा हतमा बोकेर उनी सडकमा उत्रिएकि हुन् । सडमा बसेर उनले सेगोलेनका पक्षमा प्रचार गरेकि थिईन् । पर्चा बाँडेकि थिईन् ।
सन् २००७ को मे एक का दिन हामी नेपालीहरुलेपनि नेपालमा प्रजातन्त्रका लागि आव्हान गर्दै प्रचार गरेका थियौं । हामी बिभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर सडकमा गएका थियौं । त्यहि क्रममा यि जर्ज मारी बुफेलाई हामीले सडकमा देखेका हौं । अर्कै पार्टीको राष्ट्रपती उमेदवारका पक्षमा समर्थन गर्दै । सेगोलेन रोयललाई भोट माग्दै । तर त्यो निर्वाचनमा दक्षिणपन्थी पार्टीका नेता निकोला सार्कोजीले जिते । करिब ५२ प्रतिशत मतले । रोयलले करिब ४८ प्रतिशत ल्याएर हारिन् ।
राष्ट्रपती, प्रधानमन्त्रीको उमेदवार हुने हाम्रो देशका नेताले के यसरि सडकमा उभिएर पर्चा बाँड्छन् ? अझ अर्कै पार्टीको उमेदवार छ भने त झन यसरि समर्थन गरेको कल्पना गर्न सकिएला ? खोला तर्दा आफ्ना कार्यकर्तालेझैं नांगो गोडाले तर्न नसक्ने । खोला तरुन्जेल र कार्यकर्ताको ढाडमा चढेर तर्ने नेताले के कष्ट गर्लान् देश बनाउन ?





