घूस नदिँदा कर्मचारी निकाला, महामहिमलाई अख्तियारको पत्र

uk-embassy-report1

बेलायतका लागि नेपाली राजदूत सुरेश चन्द्र चालिसे बेला बेला खुब चर्चामा आउँछन् । तर त्यो चर्चा देशका लागि ठूलो काम गरेर । नेपालीको सेवा गरेर । प्रसिद्दी कमाएर होइन । दुतावास भवन खुसुक्क बेच्न मिलोमतो गरेर । कर्मचारी निकाली गरेर । यस्तै यस्तै बदनामपूर्ण काममा जोडिँदै चर्चा हुन्छ उनको । अहिले उनी फेरि चर्चामा छन् । आफ्नै दुतावासका कर्मचारीहरुसित घूस माग्ने । नदिएपछि निकाला गर्ने गरेको आरोपमा । अहिलेको चर्चा भने अलि गम्भिर छ । किनभने उनीमाथि घूस खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काटेको हो, पत्र । 

uk-embassy-report 2

बेलायतको नेपाली दुतावासमा कार्यरत दुई जना नेपालीसँग पाँच–पाँच हजार पाउण्ड (करिब १६ लाख रुपैंया) घुस मागेको उनीमाथि उजूरी परेको छ । त्यहिँका कर्मचारीले घूस नदिएपछि निकाला गरेको भन्दै उनमाथि ऊजुरी हालेका हुन् । उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालिसेलाई पत्र काटेको छ । हटाइएकीमध्ये दमन्ती देवी खरेलले बेलायती दुतावासमा पाँच बर्ष एक महिना काम गरेकी थिइन । बेलाबेलामा दुतावासको अनियमितताको समेत पर्दाफास गर्दै आएकी थिईन खरेलले।  चालिसेले पटकपटक रोजीरोटी खोसिदिने भन्दै उनलाई धम्क्याउने गरेको खबर यस अघिपनि सार्वजनिक भएकै हो ।

यहि पोष्टमा नियुक्त गरिदिए अरुले प्रतिव्यक्ति १३ लाख रुपैयाँ दिन प्रस्ताव गरेको भन्दै खरेल र उनका साथी सुरेन्द्र भण्डारीलाई कार्यकक्षमै बोलाएर घुस मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हालेको उजूरीमा छ । ‘अरुले २६ लाख रुपैयाँ दिएपनि तपाईहरुले १६ लाख रुपैंयाँमात्रै दिएपनि पदमै राखिदिन्छु’ भन्दै खरेल र राजभण्डारीसित १६ लाख मागेको दाबी गरेका छन् । तर घूस दिन तिनले मानेनन् । र अन्त्यमा निकाला गरियो । तिनका ठाउँमा नयाँ कर्मचारी नियुक्त गरिसकेको छ, दुतावासले ।

तपाइँको प्रतिक्रिया