गजल
● गीता थापा
पोलेको यो छातीमा नुन-चूक घसेर नजाऊ प्रिय
राम राम जप्दै पिँठमा छुरा धसेर नजाऊ प्रिय
+++++++++++++
क्षणभरको रमाइलो हैन जिन्दगी धेरै लामो छ
सोच्तै नसोचीकन जताततै बसेर नजाऊ प्रिय
+++++++++++++
पीर-चिन्ताको शिखर अग्ल्याएर हृदयको माझमा
निरासाको गहिरो कुण्डभित्र पसेर नजाऊ प्रिय
+++++++++++++
यो मेरो मनको सुन्दर बाग उजाड छ तिमी बिना
विश्वाशघाति नजरहरूमा फसेर नजाऊ प्रिय





