तिम्रै लागि

लक्ष्मी सापकोटा, बेलायत

 

 

सात समुन्द्र पारी तिमी

 

गाउँमा रुँदै बसेकी छु

 

आँशु पिउँदै अरु सामु

 

बाध्यताले हाँसेकी छु ।  

 

 

अहिले मेरा रहरहरु

 

मुर्झाएर बसेका छन,

 

अनिश्चित यो भविश्यलाई

 

कल्पिएर हाँसेकी छु । 

 

 

शितलहरको कोपिला झैँ

 

मुर्झाएर बाँचेकी छु  

 

तिमी सँगै जीवन जिउने

 

ठूलो सपना बुनेकी छु ।

 

 

कसो गरी खुशी हुनु

 

तिमी साथ छैनौ मेरो

 

लाल्टिन बाली तिमीलाई नै

 

कुरेर म बसेकी छु ।

 

 

फर्क तिमी मेरो माया

 

आँखाभरी सजाएर

 

तिमी आउने प्रतिक्षामा 

 

पलपल गन्दै बाँचेकी छु ।

 

 

तिमी ईश्वर तिमी पूजा

 

तिम्रै लागि बाँचेकी छु

 

तिम्रै लागि सिउँदो मेरो

 

जोगाएर राखेकी छु

 

तपाइँको प्रतिक्रिया