राजा विरेन्द्रले बिदेशीलाई किन दिए यस्तो विशेष पुरस्कार ?
यो दरबारले मन परेका मानिसलाई दिँदै आएको पुरस्कार हो । पुरस्कार धेरै खाले बाँढ्थ्यो दरबारले, राजाको शासन हुँदा । तर धेरैले सुन्ने गरेको पुरस्कार चाहिँ गोरखा दक्षिण बाहु हो । यो चाहिँ त्रिशक्तीपट्ट हो । यो पुरस्कार अलि विशेषलाई दिईन्थ्यो । थोरै बाँडिन्थे यस्ता पुरस्कार । राजा वीरेन्द्रले उनका फ्रान्सेली मित्रलाई दिएको पुरस्कार हो यो । नेपाललाई ठूलो गुन लगाएबापत वीरेन्द्रले दिएका हुन् ।
सन् १९६० सम्म नेपाल बाहिरी मुलुककालागि, पश्चिमाहरुकालागि खुला थिएन । तर नेपाल अलि खुला गर्नुपर्छ । नेपालका हिमाल र संस्क्रिति देखाएर बिदेशीबाट फाईदा कमाउनुपर्छ भन्ने सोच राजा महेन्द्रलाई रहेछ । त्यसैले उनले अलि पहिलेदेखिनै नेपालमा के कस्तो विकास गरेर पर्यटकलाई आकर्षित गर्न सकिन्छ भनेर आफ्ना बिदेशी मित्रहरुसित छलफल गर्दै रहेछन् । त्यो बेला अर्थात सन् १९५० ताका राजा महेन्द्र र फ्रान्सका लोकप्रिय राष्ट्रपती चार्ल्स द गोलको मित्रता बलियो थियो । फ्रान्समा पर्यटन विकास अति राम्रोसित भएको देखेर राजा महेन्द्रले चार्ल्स द गोललाई नेपालमापनि पर्यटन विकासको खाका कोरिदिन आग्रह गरे । महेन्द्रको आग्रह बमोजिम त्यो बेला पेरिस पर्यटन विभागका प्रमुख जर्ज ल ब्रेकलाई चार्ल्स द गोलले निर्देशन दिए । नेपालमा गएर सहयोग गर्न ।
सन् १९५८ को डिसेम्बर महिनामा जर्ल ल ब्रेक नेपाल गए । आफ्ना राष्ट्रपतीको निर्देशनमा । नेपाल गएर राजा महेन्द्रसित सहकार्य गरे । पछि वीरेन्द्रसित सल्लाह लिँदै काम गरे । नेपालको पर्यटनको खाका कोरे । काम गर्दै जाँदा वीरेन्द्रका सायद सबैभन्दा मिल्ने बिदेशी साथी तिनै ल ब्रेक बने ।
ल ब्रेकको कामबाट राजा वीरेन्द्र औधी खुशि भए । उनले ल ब्रेकलाई त्रिशक्तीपट्टले सुसज्जित गरेका हुन् । त्यसमा ‘आमा भन्दापनि भारी आमा बाबु स्वदेश हुन्’ भनेर लेखिएको हुने रहेछ । यो त्रिशक्तीपट्ट कहिले, कुन वर्ष दिएका हुन् जर्ज ल ब्रेककी पत्नी आलन ल ब्रेकलाईपनि उति सम्झना रहेनछ । उनीपनि निकै व्रिद्द भैसकेकि छन् । धेरै सम्झना गुमाएकि छन् । यि तस्विर मैले आलन ल ब्रेककै घरमा गएर लिएको हुँ ।
राजा वीरेन्द्रले ल ब्रेकलाई नेपालको पर्यटन क्षेत्रको खाका कोरिदिएको । त्यसले निकै प्रशंसनिय प्रभाव देखिएको । नेपाललाइ मनै देखि सहयोग गरेको । असल मित्र रहेको भन्दै दिएका रहेछन् , त्रिशक्ति पट्ट । आलन ल ब्रेकको भनाईमा त्रिशक्ती पट्ट पाउने बिदेशी उनका पती जर्ज ल ब्रेक मात्रै हुन् । राजा वीरेन्द्रले पुरस्कार त अरु बिदेशीलाईपनि दिएका छन् । तर यति माथिल्लो होइन । अधिकांशलाई गोरखा दक्षिणबाहु दिएका छन् ।
जर्ज ल ब्रेकसित संवन्धित तलका लेख पनि हेर्नुस्
नेपाली सारीमा दंग वीरेन्द्रकी फ्रान्सेली साथी
वीरेन्द्रले कुखुरा भुत्ल्याएको दिन
राजाको शासनमा राजाकै मान्छेमाथि त्यत्रो निगरानी ?
फोन नभएपछि राजा वीरेन्द्रको त्यो टेलिग्राम
एउटै मान्छे विश्वभरिकै नागरिक ?







