डेनमार्कबाट बन्ने नेपाली फिल्मले गर्ने भो वालवालिकालाई सहयोग

purna-bandhan-denmark-34सायद र होस्टेल पछिको तेश्रो चलचित्रको पृथक अवधारणा दुर्गिश फिल्म नेपाल र नेप्लिज स्ट्रीट फेस्टिवल फाउण्डेशन, डेनमार्कबीच कोपनहेगनमा आज सामाजिक सेवा कार्य मिलेर गर्ने विषयको एक सम्झौतामा हस्ताक्षर भएको छ । सायद र होस्टेल जस्ता बहुचर्चित चलचित्र बनाएर नेपाली चलचित्र क्षेत्रमा आशाको किरण लिएर उदाएको दुर्गिस फिल्मका प्रबन्ध निर्देशक एवंम् निर्माता सुनिल रावल र फाउण्डेशनका संस्थापक उपाध्यक्ष एलेन निएल्सेनले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

चलचित्र व्यवसायी सुनिल रावलले अब उपरान्त आफ्नो कम्पनीले हरेक वर्ष कुनै न कुनै असल काम गरीरहेको सामाजिक सेवामूलक संस्थालाई आफ्नो खूद नाफाको ५ प्रतिशत अनुदान दिने नीति लिए बमोजिम डेनमार्कमा नेपाली र डेनिस नागरिकहरुको पहलमा स्थापना भएको उक्त फाउण्डेशनलाई यस्तो सहयोग गर्ने निधो गरेकf हुन् ।

सडक महोत्सवहरुको देश मानिने डेनमार्कमा, सडक महोत्सवकै आयोजना गरेर नेपाली सँस्कृति, कलाकौशल र रितीरिवाजलाई चिनाउने उद्धेश्य लिएर स्थापना भएको नेप्लिज स्ट्रीट फेस्टिवल फाउण्डेशनले नेपालको सिमराना कैलालीमा “छोराछोरीको घर” र काठ्माण्डौंको “बाल सारथी” नामक संस्थाका लागि आर्थिक सहयोग जुटाउने लक्ष्य राखेर काम गरिरहेको छ ।

डेनमार्कमा स्थापना भएको संस्था भएतापनि यसको समाजसेवाको क्षेत्र भने नेपाल रहेकोले निर्माता रावल उक्त संस्थासंग आफ्नो कम्पनीको सम्बन्ध जोड्न उत्साहित भएका हुन् । दुर्गिस फिल्मले आफ्नो तेश्रो फिल्मको खूद नाफाको ५ प्रतिशत रकम मध्येको ७५ प्रतिशत कैलालीमा स्थापनारत “छोराछोरीको घर” नामक बालगृहको भौतिक पूर्वाधारका लागि र २५ प्रतिशत काठ्माण्डौंका सडक बालबालिकाहरुको पठ्नपाठनमा सक्रिय “बाल सारथी”लाई अनुदान दिने छ ।

चलचित्र व्यवसायबाट नाफा मात्र कमाउने उद्धेश्य नभएर, समाज प्रतिको उत्तरदायित्व समेत वहन गर्ने दुर्गिस फिल्मको यो कदम नेपाली सिनेमा जगतका लागि एक नविन उदाहरण समेत बनोस् भन्ने सदिक्षा राख्ने रावल, हाल डेनमार्कमा उनको तेश्रो चलचित्रको छायांकनको पूर्वतयारी र होस्टेल सिनेमाको च्यारिटी सोको अवशर पारेर कोपनहेगन आईपुगेका छन् ।

नेप्लिज स्ट्रीट फेस्टिवल फाउण्डेशनले, दुर्गिस फिल्मको अब बन्ने चलचित्रको, डेनमार्कमा हुने सुटिंग यूनिटको कार्यभार सम्हाल्ने छ । सुटिंगका लागि आवश्यक पर्ने सम्पूर्ण स्थानीय कानूनी स्वीकृति, नेपालबाट आउने कलाकार तथा प्राविधिकहरुको बसोवास व्यवस्था र स्थानीय नेपाली तथा डेनिस कलाकारहरु परिचालिन गर्ने इत्यादि जिम्मेवारी लिए वाफत, निर्माता रावलले फाउण्डेशनको परोपकारी काममा एक्यवद्धतास्वरूप त्यसरी मुनाफामा साझेदारी दिने उद्घोष गरेका हुन् ।

फाउण्डेशन, गत सेप्टेम्बर २५ तारिखमा स्थानीय निकायमा दर्ता भै तिहारको अवशरमा देउसीभैली स्ट्रीट फेस्टिवल २०१३, स्थानीय प्रहरीको स्कटिंग सहित सम्पन्न गर्न सफल संस्था हो । लेखक तथा पत्रकार पूर्ण बन्धनको परिकल्पनामा स्थापना भएको उक्त फाउण्डेशनका उनी संस्थापक अध्यक्ष हुन् । संस्थापक डेनिस नागरिकहरुमा एलेन निएल्सेन उपाध्यक्ष, प्राध्यापक कारेन भालेन्टीन सदस्य सचिव र पाल्देन शेर्पा कोषाध्यक्ष रहेका छन् भने संस्थापक नेपाली सदस्यहरुमा भूवनराज भट्ट, सुनिता घिमिरे र राम बहादुर महर्जन रहेका छन् ।

सायद र होस्टेल जस्ता सुपरहिट नेपाली चलचित्र बनाएर अपार चर्चा तथा उचित मुनाफा कमाउन सफल रहेका निर्माता सुनिल रावलले, अबको उनको तेश्रो चलचित्रको छायांकन विदेशमा गर्न सहयोग गर्ने, विदेशबाट नेपाली कला र सँस्कृतिका लागि योगदान दिने एउटा विशुद्ध उद्धेश्य लिएको संस्थाका साथ साझेदारी गरेर नेपाली चलचित्र बजार व्यवस्थापनको क्षेत्रमा सामाजिक उत्तरदायीत्व वहन गर्ने पृथक अवधारणा अपनाउने प्रयास गर्दैछन् । त्यसैले भावी चलचित्रमा विदेशमा बस्ने नेपाली कलाकार र विदेशी कलाकारको समेत भूमिका हालेर थप रोचकता दिने चेष्टा गर्दैछन् । उनले डेनमार्कमा बसोवासी सन्त थापामगरलार्इ स्थानीय कोरियोग्राफर लिने निर्णय गर्नुका साथै सुनिता घिमिरे र एलेन निएल्सेनलार्इ समेत उनको तेश्रो चलचित्रमा भूमिका दिने निश्चय समेत गरिसकेका र अन्य डेनिस तथा नेपाली कलाकारहरू खोज्नेक्रम जारी राखेका छन् ।

 

तपाइँको प्रतिक्रिया