नेपालप्लस बन्द गराउन खोज्दा महामहिमलाई लोप्पा

ambassadader-mohana-krishna -shrestha-112123“म मोहन क्रिष्ण श्रेष्ठ बोलेको, पेरिसबाट । महामहिम राजदूत । ममाथि ज्यादै ज्यादति भो । त्यस्तो जेपनि लेख्न पाइँदैन नी । महामहिम राजदूतमाथि । यो नेपालप्लस भन्ने अनलाईनलाई बन्द नै गराउनु पर्‍यो । अनि त्यो ददि सापकोटा भन्नेलाई कडा भन्दा कडा कारवाही गर्नुपर्यो ।” पेरिसका नेपाली राजदूत मोहन क्रिष्ण श्रेष्ठले यसो भन्दै धेरै पटक नेपाल प्रेस काउन्सिलमा फोन हाने । कूटनिति गर्नु भन्दा उनको धन्दा कसरि नेपालप्लस बन्द गराउने । कसरि ददि सापकोटामाथि कारवाही गराउने ? यसैमा उनको समय बित्थ्यो । यसैमा उनी अक्किल लगाउँथे । सख्त कारवाही गर्न भन्दै पटक पटक फोन हान्थे । उनले भन्न खोजेको सख्त कारवाही के ? म्रित्युदण्ड ? जेल हाल्ने चयप्प समातेर ? के ? धेरैले बुझेनन् । उनी सख्त कारवाही सख्त कारवाही मात्रै भन्थे । प्रेस काउन्सिलका एक सदस्यले नेपालप्लसलाई भने ‘फोन गरेर नेपालप्लस बन्द गराउनुपर्‍यो भनेको भन्यै गर्ने । त्यो ददि सापकोटालाई कारवाही गर्नुपर्‍यो भनेर हद्दु बनाए नी महामहिमले । उनको उद्देश्य त जसरिपनि नेपालप्लस बन्द गराउने र पत्रकारिताको सदस्यतानै खोस्ने थियो ।’

त्यसरि सख्त कारवाही भनेर जे पायो त्यो कारवाही महामहिमले राजाको पालामा चाकरि गरेर निर्देशन दिन लगाए जस्तो त अहिले नमिल्ने । अनि प्रेस काउन्सिलकै केहि सदस्यले उनलाई सुझाव दिए ‘लिखित उजूरी हाल्नुस् । हामी बुझेर कारवाही गर्नुपर्ने देखिए गर्छौं’ त्यसपछि उनले चाकरि गर्ने गरेका केहि पत्रकारलाईपनि सोधे । महामहिमले त म्रित्युदण्डनै दिन्थे होला सक्ने भए । कसैको केहि जोडजुलुम चलेन । अनि उजूरी हालियो । उनले नेपालप्लस र म (ददि सापकोटा) बिरुद्द २०६९ भदौ तिन गते उजूरी दिएका थिए । तर नेपालप्रेस काउन्सिलले उल्टै महामहिमलाई लोप्पा खुवाईदियो ।

mohan-krishna-complain-123

“यसै संवन्धमा २०६९ असोज २१ गते प्रेस काउन्सिल नेपालको आचार संहिता अनुगमन समितिको बैठकमा छलफल हुँदा “नेपालप्लस” अनलाईनलाई समितिमा छलफल हुँदा पत्रकार आचार संहिता २०६० (संशोधित तथा परिमार्जित-२०६४) प्रति ध्यानाकर्षण गराउँदै र राजदूतलाई आफ्नो खण्डनमा सभ्य र भाषा शैलीको प्रयोग गर्न आग्रह गर्दै पत्राचार गर्ने निर्णय गरियो ।” महिम जस्तो ब्यक्तिलाई बैधनैक पत्र कसरि लेख्ने भन्ने सम्म अजनकारि रहेनछ भन्ने यसले देखाउँछ । यस्ता महामिमले गर्ने पत्रचार कस्ता होलान् जसलाई भाषानै लेख आउँन्न ?

DSCF9838महामहिमले मेरो ठेगानापनि यस्तो लेखेका छन् कि बिचरालाई भाषा कक्षानै पठाउनुपर्ने देखिन्छ । उनले उजूरीमा लेखे अनुसार कसैले खोजेर त्यो ठेगाना फ्रान्सभरिमा फेला पार्नै सक्दैन । ‘रु ड लण्डी अवरभिलेर’ भन्ने कुनै ठेगाना फ्रान्समा छैन । ठेगाना सम्म शुद्द लेख्न नजान्ने बिचरा महामहिमको अरु क्षमता के होला ? अनुमान गर्न मुश्किल पर्दैन । कि हुस्की खाएर बुरुक्क बुरुक्क बम्किने बानी परेका महामहिमले त्यसैका तालमा पो ठेगाना लेखेका हुन् कि ?

महामहिमले उजूरी नेपालप्रेस काउन्सिलमामा दिएर मात्रै पुगेन । उनले नेपालपत्रकार महा संघ युरोप शाखामापनि हालेका थिए । किनकि केहि भरौटे पत्रकार उनले युरोपमा पनि पालेका छन्, नेपालसरकारको रकम भ्रष्टाचार गरेको रकमले । लूटेको धनले । अनि तैपनि महामहिमले गुर्र गर्दा स्वर मिलाइ पो हाल्छन् कि भन्ने हुँदो हो । अनि सेवामा समर्पित महामहिमका सबै पत्रकारको पहुँच र मनपरी महा संघ युरोप शाखामा हुन्न भन्ने सम्म बुझेका रहेनछन् । कानुन बिरुद्द जान उहि राजाका पालामा चाकरि गर्दा जस्तो सजिलो थिएन । र उनले चाहे जस्तो भएन ।

नेपाल प्रेस काउन्सिलको यो निर्णयले नेपालप्लस डटकमका समाचारहरु सत्य रहेछन् भन्ने साबित गरिदिएको छ । अब झन महामहिमले ति समाचारमा प्रकाशितहरुको जिम्मेवारी लिनुपर्ने छ । उनी गलत रहेछन्, नेपालप्लस सत्य रहेछ भन्ने देखिएको छ । जहाँ न्याय माग्न गएक अहुन् राजदूत मोहनक्रिष्ण उसले दिएको निर्णय त मान्य होअल नि ? कि अफैंले विश्वास गरेको संस्थाको निर्णय पनि फेरि अविश्वास लाग्छ आफ्नो मनपरी चलेन भने ?

नेपालप्लस डट कम देख्दा फिस्टे छ । तर यहि नेपालप्लस फिस्टेले आफूलाई मै हुँ भन्ने बाघहरु लखेट्छ । सानो छ, तर विशाल हुँ भन्नेलाई चुनौति दिन्छ । त्यसैले यो धेरै अत्याचारी भ्रष्टाचारीकालागि यो कसिंगर बनिरहेको छ । धेरैले नेपालप्लस बन्द गराउन खोजेका हुन् । तर ति कहिल्यै सफल हुने छैनन । पेरिसमा आर्थिक भ्रस्टाचारमा मुछिएका महामहिम राजदूत मोहन क्रिष्ण श्रेष्ठले नेपालप्लस बन्द गराउने अनेक हरकत गरे । ठाउँ ठाउँमै उजूरी हाले । तर सकेनन् ।

हुकुमी सत्तामा झैं पत्र काटे नेपालप्लसलाई उनको अगाडि उपस्थित हुन भन्दै । ददि सापकोटालाई सामाजिक बहिस्कार गर्न भन्दै जाँडपार्टी बोलाए उनका आउरे बाउरेलाई । त्यो धुर्त्याइँलेपनि चलेन । आफैंले वेभसाईट खोलेर अन्टासन्टा न्युज लेख्न पत्रकार पाले । पेरिस लेख्न नजानेर प्यारिस लेख्ने पत्रकार नामधारी ठगसम्मलाई गोप्य रुपमा निवासमै बोलाएर खुब प्रयोग गरे । तर केहि सिप लागेन । बरु महामहिमका कर्तुतहरु सर्वाङ्ग भए । उनले यस्ता धेरै कर्तुत गरेका छन् । ति कुनै न कुनै दिन कुनै क्रितिका रुपमा सार्वजनिक हुने छन् । राष्ट्रिय सम्पत्ती दुरुपयोग गरेर, जनताको करबाट उठेको पैसामा भ्रस्टाचार गरेर, मोज गरेर दिईने यस्ता कुखुरे धम्किबाट नेपालप्लस कत्तिपनि बिचलित हुन्न । बरु चुनौतिको सामना हाँसि हाँसि गर्छ ।

संवन्धित लेखहरु हेर्नुस्

फरियाको नातामा कूटनिति गर्दा बेल्जियमका राजदूतको चुनौति

दूतावासको लेखा परिक्षणपनि शंकाकै घेरामा (लेखा परिक्षकको अडियो सहित)

राजदूत निवास मर्मतका नाममा भ्रस्टाचार गरेको खुल्यो (अडियोसहित)

आफ्नी पत्नीको प्रशंसा गर्दै राजदूतका नामबाट फेरी झुठो बक्तब्य

छानवीन गर्ने भन्दै ब्लगरलाई धम्की

नेपालप्लस बिरुद्द राजदूतको फेरी धम्की र उजूरी

दूतावासको खण्डन : अनियमितता गरेको घुमाउरो पाराले स्विकार

नेपालीको शोकमा फ्रान्सेली रुँदा हाम्रा राजदूतलाई भोजको चटारो

नेपालप्लसलाई राजदूतको धम्की

दूतावासको रकम ब्यक्तिका नाममा खर्च

सांस्क्रितिक पर्वको वास्तविकता र फ्रान्सेली मित्रमाथि अन्याय

तपाइँको प्रतिक्रिया