कविता : हेर न ठेला हत्केलाको
● रचनाकार :
हेर न ठेला हत्केलाको
हेर न पसिना निधारको
तै पनि भन्छन पुग्दैन खान
पल्लाघरे जेठा बा’को !
++++++++++
जाँदछन उनी खेतमा
हलो र जुवा बोकी
बढदछ दम श्वास पनि
लाग्दछ बाटोमै खोकी
तै पनि गर्छन् अरुकै काम
तै पनि भन्छन पुग्दैन खान
पल्लाघरे जेठा बा ‘को
हेरन ठेला हत्केलाको !!
++++++++++
पोल्दछिन मकै बाटोमा बसी
ठुली आमा धुवाँ खाँदै
फोर्दछिन ढुङ्गा नानी च्यापी
सानी भाउजु धुलोमा नै
तैपनी भन्छन चिसो छ चुलो
पल्लाघरे जेठा बा’को
हेर न ठेला हत्केलाको
हेर न पसिना निधारको !!





