च्यारिटी भन्दै बेल्जियमबाट उठाएको रकम पिडितले नपाई गोलमाल

सन्तोष न्यौपाने / बेल्जियम

nepali-artists-in-belgium-2

“बाढीपिडितहरुको लागि ७०२ युरो संकलन भएको थियो । कलाकारहरुको लागि १२२२ युरो संकलन भएको थियो । दुवै शिर्षकमा संकलित रकम एकमुस्ट पार्टि फिस्ताका प्रतिनिधि डेनियल प्रधानलाई हस्तान्तरण गरियो ।” यो पंक्ति केहि महिना अगाडि कार्यक्रम पश्चात ब्रुज शहर स्थित नेपालीहरुको संस्था एभरेस्ट नेपाली समाजले आफ्नो आधिकारिक फेसबुकमा राखेको थियो । तर आजसम्म उक्त समाजले सो रकम पिडित ब्यत्तिहरु समक्ष पुगेको जानकारि दिएको छैन । साथै खोजिनिति पनि गर्न सकेको छैन । 

एन आर एन बेल्जियमको निर्वाचन र १९ अगस्टका दिन संकलन गरिएको उक्त सहयोग रकम पार्टि पेस्ताका प्रतिनिधिलाई दिएको जनाएपनि तिन महिनासम्म कुनै चासो नदिनु आफैमा दुखद हो । अर्को तर्फ सोहि दिनमै रकम हस्तातरण बारेमा किचलो  रहेछ भन्ने कुरा पछि संस्थाकै मिटिगं बस्दा सबैको अगाडि प्रस्तु भएको थियो । रकम कसले हस्तान्तरण गर्नुपर्थ्यो  र कसले गर्‍यो भन्ने बारेमा निकै लामो विवाद सिर्जना भएको थियो । पदाधिकारि बिचमै केहि समय चर्काचर्कि भएको थियो । जसको अडियो क्लिप नेपालप्लससंग सुरक्षित रहेको छ । उक्त समयमा स्वयम अध्यक्ष कमल पन्थिले सहयोग रकमको बारेमा कुनै सोधखोज नगरिएको जनाएका थिए ।

एभरेस्ट नेपाली समाज त यस्तो काम गर्ने एउटा उदारहण मात्र हो । सोहि समयमा प्रथम कार्यक्रम गरेको युरो नेपाली कलाकार संघ बेल्जियमले दार्चुला बाढि पिडितलाई भनेर करिब २५ सय युरो दिएको थियो । त्यस्तै गरेर एन आर एन बेल्जियमले पनि कार्यक्रम भब्य तरिकाले नै सम्पन्न गरेको थियो । तर उक्त कार्यक्रम सहयोग भन्दापनि देखाउनकै लागि गरिएको संस्थाकै प्रतिनिधि बताउँछन । नाम उल्लेख नगर्ने सर्तमा एकले भने ‘हात्तिको देखाउने दाँत र खाने दाँत फरक फरक हुन्छ । यहाँपनि भएको त्यहि हो । बरु उक्त कार्यक्रममा आयोजकले कलाकार सँगै थप अन्य ब्यत्ति बेल्जियम छिराएको विषयमा निकै विवाद भएको थियो ।’ पछि ति ब्यक्ति यतै बेपत्ता भएको आरोप लाग्ने गरेको छ ।

nepali-programme-in-belgium-1

समग्रमा बाढि पिडितहरुको लागि करिब ५ हजार युरो भन्दा बढि युरोपका नेपालीहरुले दिएका थिए । तर आजसम्म कुनै पनि संस्था ब्यक्ति विषेश खोजि तर्फ नलाग्नु आफैमा शंकास्पद बनेको छ । यसले पनि बाढिपिडितका नाममा उठाएको रकम दुरुपयोग गरेको आशंका धेरैले गरेका छन् । तर आयोजकहरु भने मौन छन् ।

उक्त दार्चुला तथा अन्य बाढि पिडिलहरुको लागि भनेर अगस्ट महिनाभरिनै बेल्जियम लगायत अन्य देशहरुमा सांस्कृतिक कार्यक्रमहरु भएका थिए । जसमा नेपालबाट पार्टि फिस्ता र युरोपको लागि बेल्जियमका बासु खडकाले संयोजन गरेका थिए । कलाकारहरु रिमा गुरुङ, नन्दिता के सि र गरिमा पन्तले आफ्नो प्रस्तुति संगै मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रमको सुरुवाति दिनहरुमा संयोजक वासु खडकाले सो रकम वास्तविक पिडितसम्म पुग्ने बताएपनि पुगेको जानकारि अहिलेसम्म दिन सकिरहेका छैनन । यसबारेमा उनिसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन । उता पार्टि फेस्ताको नेपाल स्थित कार्यलयमा सम्पर्क गर्दा यसबारेमा कुनै जानकारि दिन सकेनन् ।

युरोपमा हुने धेरै च्यारिटि कार्यक्रमका रकम वास्तविक पिडितसम्म पुग्ने गरेको छैन । विषेश गरेर बेल्जियममा अन्य देशहरुको तुलनामा निकै धेरै च्यारिटि कार्यक्रम हुने गरेका छन । कार्यक्रम पश्चात नाम र पदका लागि विभिन्न अनलाइन मेडियाहरुमा समाचारहरु छयाप्छाप्ति हुन्छन । तर पछि विरलै मात्र उठेको सहयोग सम्बन्धित ब्यत्तिसम्म पुगेको सार्वजनिक गरिन्छ । बरु सोधखोज गर्दा पन्छिने प्रब्रित्ति हाबी हुँदै गएको छ । आखिर संस्थाका पदाधिकारिहरुको काम आशन ग्रहण, खादा ग्रहण, ब्याच ग्रहण मात्रमै सिमित रहने हो त ? आफुलाई समाजमा अरुभन्दा भिन्नै रुपले अग्रस्थानमा राख्न खोज्ने ब्यतिहरुले सोच्ने बेला आएको छ । यदि यस्ता सहयोग रकम दुरुपयोग भएको खण्डमा सम्बन्धित संस्थाहरुलाई कारवाहिको प्रक्रियामा ल्याउनुपर्छ । यस तर्फ सहयोग गर्ने सबै ब्यत्तिहरुले चनाखो बन्नुपर्दछ ।

बेल्जियममा विभिन्न च्यारिटिको नाममा यस्ता कार्यक्रमहरु अबका दिनदेखि कुनै पनि संस्थाले नगर्दा उत्तम हुने देखिन्छ । च्यारिटि भन्दै दर्शक संख्या वृद्धि गर्नको लागि कलाकार ल्याउने र सहयोग रकम खोजिनिति नगर्ने हो भने यहाँका मात्र नभएर युरोपका नेपालीहरुलाई भ्रमित पार्ने खालका कामहरु तुरुन्त बन्द गर्नुपर्दछ । तथापि सहयोग गर्ने ब्यत्तिहरुले पनि आफुले दिएको सानै रकमको पनि सदुपयोग दुरुपयोगको बारेमा चासो देखाएको खण्डमा यस्ता कार्यक्रमहरु फलदायी हुनेसक्छन् ।

तपाइँको प्रतिक्रिया