टाउको निहुर्याउँदै माओवादी संविधान सभामा

maoist-election-flagमाओवादी अन्तत संविधान सभामा जाने भएको छ । तर शिर झुकाउँदै । बोलेको बोली फेरि फेर्दै । नेपालप्लस विशेष स्रोतले यो जानकारि भर्खरै दिएको हो । देशी बिदेशी तत्वले निर्वाचन धाँधली गरेको । पहिचान र परिवर्तनकामी, क्रान्तिकारीहरुलाई सुनियोजित तरिकाले असफल बनाएको । निर्वाचन धाँधली गरेको भन्दै एकिक्रित नेकपा (माओवादी) संविधान सभामा नजाने निर्णय गरेको थियो । तर आज बसेको केन्द्रिय समितीको निर्णयले त्यसलाई उल्ट्याउँदै वा पुनर्विचार गर्दै जाने निर्णय गरेको हो ।

पहिले माओवादीको राजधानीमा प्राप्त केन्द्रिय समितिका सदस्य बसेर देश बाहिर रहेका आफ्ना उमेदवारलाई मत गणना प्रक्रियामा सहभागि नहुन निर्देशन दिएको थियो । तर आज बसेको केन्द्रिय समिति बैठकले संविधान सभामा जाने निर्णय गरेको हो । अहिले संविधान सभामा नगएर शषस्त्र बिद्रोहमा जाने कुनै परिस्थिति नभएकोले संविधान सभामा जाने निर्णय गरेका हुन् ।

स्रोतका अनुसार आज केन्द्रिय समिति बैठकमा निकै चर्काचर्कि भएको छ । खास गरि ईमान्दार कार्यकर्ताहरुले प्रचण्ड नेत्रित्वको चर्को बिरोध गरेका छन् । जनताका समस्यालाई नहेरेको, चाकरिबाज र चाप्लुसीबाजकै वरिपरि पार्टी नेत्रित्व घुमेको, कार्यकर्ता पलायन भएको, जनतामा विश्वाश घटेको लगायतका थुप्रै कमजोरीहरु रहेको र त्यसको अकरण मुलत नेत्रित्व रहेको आरोप लगाएका थिए । स्रोतका अनुसार प्रचण्डलाई राजिनामा दिनसमेत भनिएको छ । डा बाबुराम भट्टराई पक्षका नेताहरुले प्रचण्डको सबैभन्दा चर्को आलोचना गरेका थिए । नेत्रित्व पुरै असफल रहेको भन्दै उनको चर्को गरिएको थियो ।

बाँकेमा नारा जुलुस

निर्वाचनमा धाँधली भएका खबरपनि उत्तिकै देखिँदै छन् । बाँकेको बनकटुवा जंगलमा छ वटा आँधा जलेको मतपेटिका भेटिएको सुचना स्थानिय जनताले पाएपछि हेर्न गएका थिए । ति मत पेटिका जलेको देखेपछि स्थानिय मानिसहरु आक्रोशित भएका थिए । आक्रोशित भएका स्थानियहरुले सडकमा नाराबाजी गरेको स्रोतले उल्लेख गर्यो । उनीहरुले संघियता विरोधीहरूले त्यसो गरेको भन्दै संघियता बिरोधीहरुका बिरुद्द नाराबाजी गरेका थिए । नेपाली कांग्रेस र एमालेलाई संघियता बिरोधी भन्दै चर्को नाराबाजी गरेको स्रोतले बतायो ।

तपाइँको प्रतिक्रिया