कविता : देश आफू भैदिए

राकेश कार्की / अमेरिका

rakesh-karki-usa-1121

आफ्नो माया त सबलाई रैछ
परिवारको पनि माया हुँदो रैछ
देश आफू भैदिए कस्तो हुन्थ्यो
परिवार देश भैदिए कस्तो हुन्थ्यो

+++++++++++++++++

देशको भविष्य नेताकै हातमा

बुद्धिजिवी, श्रमी छ छैन साथमा

निकै सोचि सम्झी रुपरेखा कोर
माया भए देशको, लोभ-लालच छोड

+++++++++++++++++

हतियारको नालमा नेपाली बर
नमान्ने नसक्ने जति जिउँदै मर
शान्तिले बाँच्न पाए कस्तो हुन्थ्यो
नेता पनि जनता भए कस्तो हुन्थ्यो

+++++++++++++++++

देशको रीतिथिति मिलाउने नै प्यारो
सोझासाझालाई हुन्नथ्यो होला गाह्रो
लुटे हप्काए तर्साए नेपालीको आँसु
नेपाली भए पक्कै पुछ्थ्यौ त्यो आँसु

+++++++++++++++++

ठूलो हाब्रे मुखनेर सानो देश खुल्ला
जरा काटे आफ्नो छिमेकी नै फुल्ला
कतिन्जेलको देश आफ्नो जति सके
नेता नेताले आफ्नै सोचमात्र बोके

 

तपाइँको प्रतिक्रिया