टायर पड्काउन र सुरक्षाकर्मीलाई हान्न यस्तो बनाएछन् लिम्बुवानीले धराप

1424296_656534801057707_413205665_n

गोला, बम, बन्दुक सबै भारतबाट आउँछ भन्ने कुरो अब असत्य जस्तै भयो । पूर्वमा लिम्बुवान क्षेत्रको माग गर्दै आन्दोलन गरिरहेका लिम्बुवानहरुले घरेलू धराप बनाएका छन् । नेपालप्लसले बसका ट्यार पड्काउन प्रयोग गरिने धराप र सुरक्षाकर्मीलाई पार्ने धरापको तस्विर फेला पारेको छ । नेपालप्लसलाई लिम्बुवान क्षेत्रबाटै ति तस्विर प्राप्त भएका हुन् । मंसिर चार गते तोकिएको संविधान सभाको चुनाव बहिस्कर गर्दै आन्दोलन रहेका लिम्बुवानहरुले ति धराप पूर्वकै आफ्नै क्षेत्रमा बनाएका हुन् । उनीहरुले आफ्नै घरेलू सिप र साधन प्रयोग गरेर ति दुई खाले धराप बनाएका हुन् । 

राष्ट्रियताको आन्दोलन र पहिचान सहितको राज्यको माग गर्दै आएका तिनले बन्द अवज्ञा गर्ने सवारी साधनहरुमा बम हन्ने, जनताको ज्यान लिने भन्दा बसको ट्यार पन्चड बनाइदिने यस्तो जुक्ति निकालेका हुन् । त्यसकालागि उनीहरुले काँडै काँडा परेका फलामहरु दाँत जसरि लहरै उभ्याउने र तिनलाई सडकमा नदेख्नेगरि राख्ने गरेका छन् । जब सवारी सधान सडकमा गुड्छन् तब गाडीको टायर त्यो किलामा पस्छ र टायर पड्किन्छ । यसो गर्दा यात्रुको ज्यान जाने भय हुन्न र सुरक्षाकर्मीको गाडी र यातायातपनि रोक्न सकिने नेपालप्लस स्रोतले बतायो ।

1450192_656533597724494_155397673_n

त्यसरिगरि अहिले सरकारी सुरक्षाकर्मीले लिम्बुवानीहरुलाई निगरानी गर्ने, दमन गर्ने, पक्राउ गर्ने र गाउँमा घर घरै पसेर सुरक्षाकर्मीले आतंकित पार्न लागेपछि सुरक्षाकर्मीलाई धरापमा पार्ने नौलो खाले धरापपनि लिम्बुवानीहरुले बनाएका छन् । उनीहरुले सुरक्षाकर्मी आएको थाह पाएपछि यो धराप राख्ने गरेका छन् । उनीहरुले यो धरापलाई ए एल टी (ALT) अर्थात अंबुश अफ लिम्बुवान टेरर भन्ने नाम दिएका छन् । लिम्बुवनमा आएर लिम्बुवानीहरुलाई आतंकित पार्ने भएकोले तिनलाई धरापमा पार्न बनाइएको हुँदा यो धरापको नाम त्यस्तो राखिएको नेपलप्लसलाई लिम्बुवान कार्यकर्ताले बताए । लिम्बुवनमा दिन प्रतिदिन दमन र आतंक मच्चौँउँदै गएकाले तिनलाई धरापमा पार्न हाल यसलाई तिब्र प्रयोगमा ल्याइएको र यो निकै सस्तो र प्रभावकारि रहेको उनको दाबी थियो ।

तपाइँको प्रतिक्रिया