यहि हो बन्दको असर नपरेको पूर्वमा ?
● एल नेम्वाङ / झापा
सरकार टुप्पी देखिको बल निकालेर बन्दको असर परेको छैन । सबै पसल, कल कारखाना, यातायात र बजार खुलेको छ भनेर प्रचार गर्दै छ । बन्दलाई जनताको समर्थनपनि छैन भनिरहेको छ । तर यो तस्विरले आफैं बोल्छ, बन्दको असर परेको छ कि छैन भनेर । म यतिखेर नेपालको पूर्वी भागमा छु र बन्दको समर्थन, असर र प्रभाव नियाली रहेको छु । आज दिनको ठिक तिन बजे खिचिएको तस्विर हो यो। आज झापाको राष्ट्रिय राजमार्गमा । यसले देखाउँदैन र बन्दको प्रभाव कति छ भनेर ?
(यो चाहिँ अपरान्ह पाँच बजे खिचिएको तस्विर हो, राजमार्गमै)
तर प्रहरीले आज बिहानै झिसमिसे देखिनै बन्दको खुलाउन ट्रका ट्रक सेना र प्रहरी परिचालन् गरेको थियो । घर घर, पसल पस्ल छिरेर पसल र कारखानाहरु खुलाउन दबाब दिएको थियो । तरपनि स्थानिय मानिसहरुले खोल्न चाहेनन् । सरकारको बन्द असफल भन्ने भनाई सुनेर स्थानिय मुर्छा परेर हाँसिरहेका छन् । अन्यत्र देख्न नपाएपनि पूवमा भने बन्दको असरले उध्योग, कलकारखाना, स्कूल, क्याम्पस, यातायात केहि खुलेका छैनन् ।






