जाक्नेनै भए त देशलाई अर्को द्वन्दमा ?

March-pass-(8)मंशिर चार आउन धेरै छैन । चुनाव जसरिपनि, जस्तोसुकै अवस्थामापनि गर्ने त भनेका छन् । तर अझैपनि निर्वाचन अहिलेकै मितिमा सुने निश्चित छैन । अन्तिम अवस्थासम्मपनि चुनाव रोकिनेनै संभावनापनि छ । भएपनि यो चुनाव कति मतदाताले चासो राख्लान् ? जनतामा उति उत्साह छैन । त्यसैले जनताको सहभागितानै न्युन हुने देखिन्छ । राजनितिक निकास त यो निर्वाचनले अब कुनैपनि हालतमा देखिने अवस्थानै छैन । बरु यो निर्वाचनले देशलाई अर्को दिर्घकालिन द्वन्द निम्त्याउने संभावना पो देखिएको छ । एकातिर बहिस्कारबादीहरुले हडताल र बन्दलाई बढाउँदै लैजाने, अर्कोतिर त्यसैको निहुँमा सरकारलेनै निर्वाचनको मुखमा दमनको बाटो रोजेकालेपनि त्यो स्थिति देखिँदै गएको छ । निर्वाचनबाट देशको ठूलो राजनितिक शक्ति पाखा लागेको, बन्दको बिरोध र बहिस्कारमा रहेका पार्टीका कार्यकर्ताहरुलाइ यातना दिने, पक्राउ गर्ने र झुठा मुद्दा लगाउने, निगरानी र सुराकी गर्ने गर्न थालेकालेपनि द्वन्दको खतरा बढाएको हो ।

निर्वाचन बहिस्कारमा रहेको नेकपा-माओवादीका युवा नेता लेखनाथ न्यौपानेले त देश अर्को अनन्त द्वन्दमा धकेलिएको उद्घोषनै गरेका छन्, आफ्नो फेसबुक मार्फत । उनले यो वा ऊ नभै यसको दोष सबै पार्टीलाई दिएका छन् । उनले फेसबूकमा लेखेका छन् ‘थुइक्क पार्टी र नेता (यो र उ होइन है, सबै) हरु ! आजको हाम्रो सोंच, तरिका र गतिले देशलाई अनन्त द्वन्द्वमा धकेली छाड्यौ । चुनाव एउटा कोर्ष हो तर अन्तिम होइन । यसपछि अर्को कोर्ष शुरु हुन्छ जुन सोच्दै नसोंचेको वहुआयामिक हिंसा, काटमार र अशान्तिको कोर्ष हुनेछ ।” उनको यो टिप्पणीलेपनि देश अब अर्को हत्या र हिंशाको भूमरीमा पर्नै लागेको स्पष्ठ संकेत गर्छ ।

आफ्ना पार्टीका नेता र कार्यकर्ता पक्राउ पर्ने । झुठा मुद्दा लगाउने र सरकारले दमनको निति लिन थालेपछि नेकपा- माओवादीको लडाकू दस्ताका रुपमा चिनिने  युवाहरुको संगठन राष्ट्रिय जनस्वयमसेवकका युवाहरुले ठाउँ ठाउँमा तालिम, मार्चपास अभियान शुरु गरेका छन् । नेकपा- माओवादीको गढको रुपमा चिनिने रोल्पा जिल्लाकै जिल्ला प्रहरी कार्यालयको छेउवै निर्वाचन बहिष्कार बिरुद्द मार्च पास गर्दापनि स्थानिय प्रशासनले भने नदेखेझैं गरेर टारिदिएको छ ।

रोल्पाको थबाङबाट सुरू गरिएको मा यो मार्च पास उनीहरुले माडी चौरसम्म पुर्याएका छन् । काँधमा रातो कपडा बाँधेका, रङ्गी बिरङगी लाठी बोकेका  राष्ट्रिय युवा जनस्वयमसेवकहरूले निर्धक्कसँग मार्चपास गरेका थिए । उनीहरुको संख्या ठूलो देखेपछि प्रहरीले बेवास्ता गरेको रिपोर्टहरुमा उल्लेख छ ।

नेकपा-माओवादीका रोल्पा जिल्ला प्रमुखले आफूहरुले आवश्यक परे हतियार बोक्ने भनेर दिएको भनाईलेपनि देश अर्को द्वन्दमा जान आँटेको हो कि भन्नेनै संकेत गर्छ । ‘अहिले लाठी बोकेका छौँ । आवश्यकता परे ठूला हतियार पनि बोक्छौ’ उनले बताएका छन् ।

नेकपा-माओवादी लगायतका करिब दुई दर्जन भन्दा धेरै सानातिना दल यो चुनावको बिरुद्दमा छन् । त्यस्तै पूरी नेपालमा लिम्बुवान राज्यको माग राखेर आन्दोलन गरिरहेको लिम्बुवान राज्य परिषदले पनि निर्वाचन बहिस्कारकै घोषणा गरेर आन्दोलन् गरिरहेको छ । खिलाराज रेग्मी सरकार खारेज गरेर राजनितिक गोलमेच गरि राजनितिक दलहरुकै नेत्रित्वमा अर्को सरकार गठन् गर्ने र अर्को निर्वाचन मिति घोषणा गरि सबैलाई निर्वाचनमा भाग लिने अवशर दिनुपर्ने माग राखेर तिनले आन्दोलन गरेका थिए । देशलाई द्वन्दबाट रोक्नकालागि त्यो नाजायज माग थिएन । त्यसमा नेकपा-एमाले र नेपाली कांग्रेस नितिगत रुपमा सहमतपनि थिए । तर एकिक्रित नेकपा-माओवादीले अस्विकार गरेर मंशिर चारमै निर्वाचन गर्ने हठ गरेर अगाडि बढेपछि थप द्वन्द निम्तिने संभावना देखिएको हो । नेकपा-माओवादीलेपनि यसको मुख्य दोष एकिक्रित नेकपा-माओवादीलाईनै लगाएको छ । (फोटो- द नेक्स्ट फ्रन्ट डट कम)

तपाइँको प्रतिक्रिया