कविता : संबिधानसभा (भाग-दुई)
● प्रेम पुन मगर / आन्टवरपेन, बेल्जियम
संबिधानसभा चुनाव
एक युगमा एकचोटी मात्रै आउँछ
भोट हालौं भबिष्य बनाऔं
नेताहरु बाराम्बार भन्थे,
जनसंबिधान लेख्छौं
देश स्वीजरल्यान्ड बनाउँछौं
धनि-गरिब,उच-निचमा सामानता ल्याउँछौं
भन्दै कुर्लिन्थे ।
००००००००००००००००
तर चुनावपछि नत संबिधान बनाए
नत बिकासको मूल फुटाए
नत जनताको दुख-कष्ट मेटाए
नत शहिदका सपना साकार पारे
केवल देश तहसनहस बनाए
भ्रष्टहरुलाई चैन दिलाए
झुप्रोमा बस्ने नेताहरु
करोडौंको महलमा सरे ।
००००००००००००००००
आज फेरि ईतिहाँस दोहोरिँदै छ
६ बर्ष पनि नबित्दै देशमा
संबिधानसभा भाग-दुई
नाटक मञ्चन हुँदैछ
सहमती र सहकार्य छोडेर
जनतालाई लडाइँदै छ
बिकासमा लगाउने करोडौ रकम
चुवावमा खसालिँदै छ ।
००००००००००००००००
त्यसैले त नेताहरु भेष बदलेर
चर्को भाषण ठोग्दै छन
पैसो नपर्ने झूठो सपना बाँड्दै छन
अनि जनतालाई धम्की दिँदै छन
यो पटक पनि भोट नहाले
यो पटक पनि चुनाब नभए
फेरि कहिल्यै चुनाव हुने छैन भनेर ।
कहिल्यै संबिधान बन्ने छैन भनेर ।।।





