गजल
-नेपोलियन मरहट्टा-
सुख छैन माउलाई छाउरो संगै बोकेपनि,
निर्लज्जलाई लाज हुन्न जति रक्सी धोकेपनि ।
सुर उही,ताल उही, नाच उही मदारीको,
भाषणमा ठुलो ठुलो कुराहरु खोकेपनि ।
रक्सी, रण्डी, जुवातास ठुलै पदको लागी रैछ ।
अर्थ छैन ? मदिराको मापदण्ड तोकेपनि ।
बाउ भए प्रधानमन्त्री, छोरो साँढे राजधानीको,
रोकिदैन कानूनले जतिसुकै रोकेपनि ।
जनताको पैसा माथी जाँड खायो काम्रेडले,
मुर्खै देख्छु त्यस्लाई म, दुईटा कलम बोकेपनि ।
(मुल प्रिष्ठमा एकै लेखकका दुई सामाग्री सकभर नराख्ने नीति छ नेपालप्लसको । तर यो सामाग्रि अतिनै समय सान्दर्भिक भएकाले तत्कालै राखिएको हो । तस्बिरपनि सान्दर्भिकता मिलाउन गजलकार नेपोलियनजीको नराखेर प्रधानमन्त्री पुत्र प्रकाश दाहालको राखिएको हो-नेपालप्लस) ।





