कविता : अंगालोमा बाँध मलाई

गौतम “उदय” / हवाई, अमेरिका

gautam-udaya

अलौकिक नै लाग्छ मलाई, दुई मुटुको मिलन हाम्रो

हरपल हरक्षण चाहन्छु म, प्यारोप्यारो साथ तिम्रो

प्यारोप्यारो साथ तिम्रो । 

०००००००००००००००००

तिम्रो मुहार तिम्रो मुस्कान, जुन जस्तै लाग्छ मलाई

तिम्रो आवाज तिम्रो उच्चार, धुन जस्तै लाग्छ मलाई

एक्लो रातमा आऊ तिमी, पूर्णिमाको जुनसँगै

प्रेमलापमा भुलाऊ मलाई, संगीतको धुनसँगै ।

०००००००००००००००००

तिम्रो विचार तिम्रो कथन, दर्शन जस्तै लाग्छ मलाई

तिम्रो आचार तिम्रो अर्पण, दर्पन जस्तै लाग्छ मलाई

आऊ नजिक छोऊ मलाई, हिमालको पवनसँगै

अंगालोमा बाँध मलाई, राख हरपल तिमीसँगै ।

तपाइँको प्रतिक्रिया