बुद्द भारतमा जन्मेको भन्दै फ्रान्सेली प्रदर्शनीमा बुद्द मूर्ती बेच्दै

budda-statue-in-france यहि फ्रान्समा बुद्द धर्मका अनुयायी बढिरहेका छन् । बुद्द धर्म भनेपछि क्रिश्चियाली धर्म मान्नेपनि हुरुक्क हुन्छन् । सद्भाव राख्छन् । तर यहि फ्रान्समा चिनियाँ र भारतीयले भने गौतम बुद्द भारतमा जन्मेको भन्दै भकाभक बुद्दका मूर्ती बेचिरहेका छन् । मूर्तीपनि यस्सो लुकाएर, झुक्याएर हो र ? मूर्तीमा बकाईदा ‘गौतम बुद्द भारतमा जन्मिएका हुन्’ भन्ने लेखेरै । त्यसरि झुटो जानकारि लेखेको मूर्ती चिनियाँले समेत बेच्ने गरेका छन् । अनि कसैले ‘गौतम बुद्द नेपालमा जन्मिएका हुन्, भारतमा होइन’ भन्यो भने उल्टै प्रतिबाद गर्छन्  ‘भारतमै हो’ भन्दै । फ्रान्सको नँत भन्ने शहरमा लगातार तिन दिनसम्म चलेको प्रदर्शनीमा चिनियाँ र भारतीय मिलेर एक जना नेपालीलाई त्यसै गरि ख्याम ख्याम्ती गरे । बिबाद झिके । अनि ‘गौतम बुद्द नेपालमा जन्मेको भनेर झुटो बोलेको’ आरोप लगाए । भारतीयले त तथानाम गालीनै गर्‍यो । budda-statue-at-an-exhibition-in-france केहि वर्षदेखि फ्रान्सको पेरिस बस्नै आएका रच्क्षे तामाङ नँत भन्ने ठाउँमा भएको प्रदर्शनीमा भाग लिन गएका थिए । यहि ११ देखि १३ सम्म प्रदर्शनी थियो । प्रदर्शनीमा अनेक देशका सामान थिए । नँतमा भएको त्यस प्रदर्शनीलाई अन्तर्राष्ट्रिय स्तरको नभनिएपनि त्यसमा सहभागि हुन अन्तर्राष्ट्रिय स्तरका ब्यापारिहरु आएका थिए । थुप्रै ब्यापारीहरु थिए फरक फरक देशका । त्यहाँ एउटा चिनियाँ पसलमा ‘बुद्द भारतमा जन्मेका हुन्’ भन्ने लेखिएको यो मूर्ती थियो । रच्क्षे तामाङका आँखा त्यसमा परिहाले । उनले ति चिनियां ब्यापारीसित ‘यो जानकारि गलत भयो । बुद्द त नेपालमा जन्मेका हुन्’ भने । तर ति चिनियाँ महिला तात्तिँदै भारतमै जन्मेको जिद्दी गरिन् । रच्क्षे तामाङले आफ्नो तर्क दिए । तरपनि उनले पत्याईनन् ।

बरु भारतीयले सत्य बोल्छ भन्दै नजिकैको अर्को भारतीयलाई बोलाईन् । त्यो भारतीय आयो । र उसले झन जिद्दि गरेर बुद्द भारतमै जन्मेको बतायो । त्यो भारतीयले त झन रच्क्षे तामाङलाई हेपेर बोल्ने र गाली गर्ने पो गर्न थाल्यो । रच्क्षे तामाङले तिनलाई बुद्द नेपालमा जन्मेका हुन् भन्ने जानकारि आफ्नो मोबाईलमा तत्कालै इन्टरनेट खोलेरपनि देखाइदिए । तैपनि तिनले पत्याएनन् । बरु भारतीयले त गाली गर्न थाल्यो ‘नेपाली लोग कुत्ता है ।’ उसले तर्क गर्‍यो ‘बुद्द हिन्दूका छोरा हुन् । हिन्दी भारतको हो । त्यसैले बुद्दपनि भारतकै हुन् । उसले हिन्दी र हिन्दु एकै हो भन्ने अर्थ लगाएको थियो । त्यहाँ रच्क्षे तामाङलाई साथ दिने अरु कोहि थिएनन् र उनले यो तस्विर लिएर फर्किए ।

तस्विर र यो जानकारिकालागि रच्क्षे तामाङलाई धेरै धेरै धन्यावाद ।

तपाइँको प्रतिक्रिया