एनआरएनलाई धनीहरुको मात्र संस्था हुन नदिनका लागि नै मेरो उम्मेद्बारी हो- थापा

ram-pratap-thapa-12रामप्रताप थापा एनआरएनको दुनियामा नयाँ नाम होइन । दस बर्ष अघी देखी संस्थाको उन्नती र प्रगतीमा निरन्तर लागिरहेका थापा यसका संस्थापक सदस्य मध्येका एक पनि हुन । एनआरएनको चौथो महाधिवेशनमा अध्यक्षका उम्मेद्वार बनेका थापाले त्यतिबेला संस्थामा बिभाजन नहोस् भनेर सहमतीका लागि देवमान हिराचनलाई अध्यक्ष पद सुम्पिएका थिए । पाँचौ महाधिवेशनमा यिनी अर्को सहमतिकोको घेराउमा परे र उम्मेद्वार बनेन । जसमा जिवा लामिछने सर्वसम्मत चुनिए । तर यसै अवधिमा संस्थाले स्थापनाका केही बर्ष सम्म कोरेका रेखाहरु लगभग मेटिए र प्रवासी नेपालीहरुको भनिएको यो संस्था केही ब्यापारीहरुको नियन्त्रणमा पुग्न लाग्यो, बिभिन्न देशका स्थानिय समीतीहरुमा ब्यापक बिभाजन देखियो र अघिल्ला प्रतिवद्दताका बावजुद संस्थाले बाटो बिराउदै गएको एनआरएनमा चासो राख्ने सबैले अनुभुत गरिरहेका छन । निकै घुमाउरो र बिभिन्न स्वार्थ बिच धरमराइरहेको यो संस्थाको छैटौ महाधिवेशन यही अक्टोवर १९ मा काठमाण्डौमा सुरु हुँदैछ र तिनै रामप्रताप थापा फेरी अध्यक्षको उम्मेद्वार बनेका छन । नेपाल प्लस सँगको कुराकानीमा थापाले संस्था धनीहरुको मात्र बनाइन लागेकोमा निकै दु:ख ब्यक्त गरे र सँस्था लाई सबै प्रवासीहरुको बनाउनु पर्ने धारणा राखे ।

प्रश्न:- तपाईं फेरी पनि अध्यक्षको उम्मेद्वार हुनुहुन्छ एनआरएनलाई कसरी अगाडि बढाउने सोच बनाउनु भएको छ ?

– संस्था सन्जालको हिसाबले निकै राम्रो देखिए पनि गुणात्मक रुपमा गतिलो हुन सकेन, खास गरेर दस बर्षमा एनआरएनले संस्थागत फड्को मारिसक्नु पर्ने थियो त्यो पनि हुन सकेन । धेरै कुराहरु छन गर्नु पर्ने जसकालागी दस बर्षको अनुभब नै चाहिने भएकोले अहिले मैले उम्मेद्बारी दिएको हुँ । 

प्रश्न:- एउटा कुरो नि यहाँले चौथो महाधिवेशनमा उम्मेद्बारी दिनु भएको थियो पाँचौमा रोकिनु भओ अहिले किन नि फेरी ?

– चौथोमा मैले उम्मेद्बारी दिएको थिएँ तर म अध्यक्ष हुने फिक्स भई सकेपछी पनि संस्थामा बिभाजन नआओस भनेर मैले छोडेको हो । पाँचौमा जीवा लामिछनेजीले इच्छा गर्नु भो रेक्वेष्ट पनि गर्नु भो, मैले पनि उहाँ योंङ मान्छे संस्थामा नयाँ सोच आउँलान, केही परिवर्तन होला भनेर उहाँलाई सपोर्ट गरेर छोडेको हो ।

ram-pratap-thapa-15 प्रश्न:- योंङ भनेर सपोर्ट गर्नु भएको जिवा लामिछनेले के परिवर्तन गर्नु भो त यो दुई बर्षमा ?

– हामीले जुन सुरु देखी नै जुन सामुहिक लगानीको कुरा गरेका थियौ त्यो सानै रुपमा भए पनि शुरु भएको छ । तर बिडम्बना के भयो भने हामीले सामुहिक लगानीको निकै ठुलो कुरा गर्यौ तर आफ्नै संरचना के के भयो त्यो भने मिलाउन सकेनौ । नेपालमा संस्था दर्ता हुन नसकेर यो दुई बर्ष त्यसैमा अलमल भयो । यसले गर्दा पनि यो दुई बर्षमा धेरै कामहरु हुन सकेनन जुन हुनु पर्दथ्यो । अर्को कुरा यो दुई बर्षमा एनआरएन बिचमा एकता देखिएन सबै तिर । हरेकका अलग अलग आकांक्षा देखिएका हुनाले पनि कतिपय हुन सक्ने काम पनि हुन सकेनन जस्तो लाग्छ ।

प्रश्न:- पाँचौ महाधिवेशनमा अध्यक्षका आकांक्षी जीवा लामिछनेले छैटौं महाधिवेशनमा तपाईंलाई पूर्ण समर्थन गर्ने कमिट गर्नु भएको थियो भन्ने सुन्नमा आएको छ खास कुरो के हो ?

– त्यस्तो कमीट गरेको होइन, उहाँले इच्छा गरेको हुनाले मैले ल ठिकै छ भनेको हुँ ।

प्रश्न- अहिले अध्यक्षको मैदानमा पाँच जना उम्मेद्वार हुनुहुन्छ । कोही पनि सहमती गरेर अर्कोलाई छोड्ने पक्षमा देखिदैनन । के एनआरएनको ईतिहास तोडिने हो यसपाली ?

– हेर्नुस् मेरो कुरा प्रष्ट छ, तेस्रो महाधिवेशन देखी पाँचौ सम्म मैले त्याग गरिसकें । अब त्याग गर्ने पालो मेरो हुँदैहोइन । मैले गत अप्रेलमा पनि जिवाजीलाई भनेको हुँ मेरो उम्मेद्बारीको कुरा र उहाँले सहयोग गर्ने बाचान पनि दिनु भको छ । म स्पष्ट छु राम थापाको पक्षमा सहमती भयो भने भयो भएन भने चुनाव हुन्छ । सधैंभरी राम थापाले मात्रै त्याग गर्नु पर्छ भन्ने कुरा न्याय संगत हुँदै होइन । 

प्रश्न:- एउटा नबुझिएको कुरा नि एनआरएनका मान्छेहरु चुनाव भनेपछी किन डराउछन ?

– डराउने कुरा त होइन तर मुख्य कुरा के भयो भने हामी पद मुखी भएका छौ पारीणाममुखी भएनौ । एनआरएनमा पार्टीगत राजनिती भयो, पदहरु पार्टीगत हिसाबले बाड्न थालियो अनी मान्छेहरुलाई के लाग्न थाल्यो भने किन चुनावमा जाने पार्टिगत आधारमा पद बाँडे त भईहाल्यो । आइसीसी देखी एलसीसी सम्म यही हालत छ, जताततै पार्टिगत आधारमा पदहरु बाँडफाँड भएका छन । त्यसैले संस्थाको संरचना र हाम्रो मानसिकता परिवर्तन भएन भने हाम्रा लागि निकै अप्ठ्यारो समय आउछ ।

ram-pratap-thapa-14प्रश्न:- अहिले सबैको मनमा लागेको एउटा कुरो नि रामजी, २००३ मा संस्था गठन गर्दा तपाईंहरु उपेन्द्रजी, जिवाजी, तपाईं सबै सँगै हुनुहुन्थ्यो । तर अहिले उहाँहरु दुबैका अलग अलग उम्मेद्वार छन, तपाईं त छोडिनु भएछ त ! कहानेर छोडिनु भयो तपाईं ?

– म ब्यक्ती ब्यक्तीहरुको त्यो समुहमा परिन पर्न सकिन अहिले एनआरएनको ठुलो बिडम्बना यही हो । अहिले जुन आरोप छ एनआरएन धनीहरुको संस्था बन्यो भन्ने त्यो यस्तै कुराहरुले प्रमाणित गरेको छ । यसलाई धनीहरुको मात्र हुन नदिनका लागि नै मेरो उम्मेद्बारी हो । यो कुनै ब्यापारिक संस्था पनि होइन, यो सामाजिक संस्था हो बिदेशमा बस्ने हरेक तह र क्षेत्रका नेपालीको संस्था हो त्यसकारण यो संस्थामा सबै बिषयलाई समेट्नु पर्ने हुनाले र मैले दस बर्ष काम गरेको संस्था भएको हुनाले मलाई त मायाँ छ यसमा हामीले बगाएको पसीनाको रक्षा गर्नु पर्ने पनी छ अहिले त्यसैले मैले मेरो जिम्मेवारी सम्झेर उम्मेद्बारी दिएको हुँ, मैले कुनै पनि हालतमा यो संस्थालाई बागार्न दिनु हुँदैन । म एउटा संस्थापक सदस्य, अनी संरक्षक पनि- अध्यक्षको लागि उम्मेद्बारी दिएको छु जहाँ अरु चार जनाको पनि उम्मेद्बारी छ । तर अहिलेको कार्यसमीतीले संस्थापक सदस्यको उम्मेद्बारी आएको बेलामा यस्तो किन भयो, कसरी भयो भनेर सार्वजनिक रुपमा बोल्नु पर्ने ठाँउमा भित्र भित्र आ-आफ्ना उम्मेद्वार बनाएर हिंडेको देख्दा म निकै दुखी भएको छु । उहाँहरुको मन जित्न नसकेकोमा मलाई ग्लानी छ । यही होला, राम थापा सँग पैसा छैन, ठुलो ठुलो लगानी गर्न सक्दैन भनेर मलाई छोडे होलान साथीहरुले । तर एउटा कुरा के हो भने दुई चार जनाको लगानी जादैमा मात्र न देश सम्पन्न हुन्छ न एनआरएनको उदेश्य पुरा हुन्छ । लगानीका लागि झोलामा पैसा बोकेर हिंडेर हुन्छ र ! यसका लागि ठोस् अवधारणा चाहिन्छ, हरेक प्रवासी नेपालीहरुलाई समेट्न सक्ने कार्यक्रम चाहिन्छ । हामीले सामुहिक लगानीको कुरा किन गरेको हो ? एनआरएनको लगानीको कुरो देशको बिकास सँग मात्रै सम्बन्धित छैन -यसले प्रवासीहरुलाई देश सँग जोडी रहन्छ । भविश्यको मुख्य सरोकार यो हो ।

प्रश्न- जिवा लामिछनेजी ले शेष घले जीलाई आफ्नो उम्मेद्वार भन्नु भएको छ भन्ने सुन्नमा आएको छ । घलेजी लाई उठाउनु पर्ने खास कारण के हुन ram-pratap-thapa-13सक्छ ?

– म शेषजी लाई निकै लामो समय देखी चिन्छु, उहाँ सम्पन्न मान्छे हो राम्रो मान्छे हो, नेपाललाई पनि उहाँको जरुरत छ, एनआरएनलाई पनि जरुरत छ तर यसको मतलब यो होइन कि कुनै पनि पदमा बसेर एक कार्यकाल नबिताएको ब्यक्तिलाई एक्कै पटक अध्यक्षनै बनाउँ । कम से कम केही समय संस्थामा काम गरेर आउँदा राम्रो हुन्थ्यो ।

प्रश्न:- उहाँ सँग त पैसा छ एनआरएनलाई चाहिएको पैसा होइन र ?

– म त्यसैको त बिरोधमा छु, संस्था धनीहरुको मात्रै बनाइनु हुँदैन भन्ने अभियानमा छु । दस बाह्र जना धनीहरुले संस्था चलाऊने हो भने ति अरु ३० लाखले कहिले आफ्नो कुरा राख्ने ।

प्रश्न:- के भने नि नेपाल सरकारले चाहेको लगानी हो जुन पाँच छ हजार मान्छेहरुले पुरा गर्न सक्छन भने यो अरु लाखौं कुल्ली मजदुर हरुलाई किन समेट्नु पर्‍यो र ?

– अहिले एनआरएन भित्र धेरैको सोचाइ तपाईंले सोधे जस्ताइ भएको छ । त्यसैको प्रतिकारमा म लागेको छु । हाम्रो उदेश्य नै नेपालीका लागि नेपाली हो । गरीब, किसान, मजदुर सबैको हितका लागि गठन भएको हो यो संस्था, मुख्य रुपमा तिनैलाई समेट्नु पर्दछ जो समेटिन जरुरी छन । हेर्नुस् लगानी भन्ने कुरा त अलिकती बातावरण बन्ने र सरकारले आव्हान गर्ने हो भने कती बिदेसी कम्पनी जान्छन जान्छन तर हामी सानै किन नहोस् हाम्राइ लगानी होस् भन्ने चाहन्छौ । यसले नेपाली नेपाली बिच पुलको काम गर्छ । तर कस्तो भने एनआरएन गतिलो गरी अघी बाध्न सकेन । जताततै बिबाद छन । एनआरएन फुट्छ भनेर हल्ला नै चलाइएको छ ।

प्रश्न- कसको कमजोरी हो त यो ?

– हामी सबैको भन्नु पर्छ । १० बर्ष भई सक्दा पनि धेरै कुरा हामीले संस्थागत गर्न सकेनौ । तर हामीले जसरी हुन्छ समेटेर लानु पर्दछ । कमजोरी भएका होलान, तथापी नमिल्ने केही छैन ।

प्रश्न- सँस्था टुक्रिदै छ भनेर पनि सुनिन्छ, यसको मतलब बिबाद माथि सम्मै छचल्कीई सकेको छ । यसमा अहिलेको कार्यसमीतीको कत्तिको कमजोरी छ ?

– कुरो के भने नि, हामी निकै छिटो अगाडि वढ्यौ- १० बर्षमा ६५ देश सम्म बिस्तार भयो, साधन श्रोत काम छ । यो बिचमा सँस्थालाई आर्थिक रुपले सक्षम बनाउनु पर्दथ्यो त्यसो गरिएन, अनी सँस्थामा पैसा नभए पछी धनी मान्छे नै अध्यक्ष हुनु पर्छ भन्ने बहाना बनेको त्यही भएर हो । तथापी सँस्था फुट्दैन र यो फुट्नु पनि हुँदैन । रह्यो कुरा अहिलेको कार्यसमीतिको त्यो साथीहरुले मुल्यांकन गर्नुहोला ।

प्रश्न- अब अन्तमा तपाईंले उम्मेद्बारी त दिनु भएको छ तर मान्छेहरु राम थापाले अन्तिममा पहिले जस्तै आफ्नो उम्मेद्बारी फिर्ता लिन्छ भन्छन । के अहिले पनि त्यस्तै हुने हो ?

– यस्तो कुनै हालतमा हुँदैन, राम थापाले तीन तीन पटक त्याग गरेको छ अब म कसका लागि र किन छोड्ने । अहिले त्यस्तो हुँदैन , अब उम्मेद्बारी फिर्ता लिने पालो अरुको हो ।

प्रस्तुती- -गुमनाम

 

तपाइँको प्रतिक्रिया