प्रधानमन्त्री पुत्र दिउँसै रक्सीले झुल्ल
बिहानै उठेर एउटा बैठकमा गएँ। बाटोमा र बैठकमापनि ब्लगको संझना भैरह्यो । आज के सामाग्री राख्ने होला ?
कुनै साथीले काठमाडौंबाट केहि पठाएको छ कि ! कुनै पाठकले केहि हुत्याइदिएका छन् कि भन्ने भैरह्यो । आएर हत्त न पत्त ईमेल खोलें । अचमै लाग्यो । नभन्दै एक जना पत्रकार मित्रले फोटो सहित समाचार पठाउनुभएको रहेछ । हेर्दा त प्रधानमन्त्रीका पुत्र र नेकपा एकिक्रित माओवादीका क्षेत्रिय सदस्य प्रकाश दाहाल रक्सीले दिउँसै झुम्म परेर लडेको यस्तो लाजमर्दो समाचार पो रहेछ । धुलीखेल बाट मोतीराम तिमल्सिनाले लेखेको समाचार हेर्नुस-
छोरा साथमै ल्याएका प्रचण्डसँग जम्बो टोली धुलिखेलमा आएको थियो । पानी परेर मौषम सफा भएपछि कोहि तस्विर खिचाउन ब्यस्त भएका थिए भने कोहि आफ्नै सुरमा मस्त थिए । तर प्रचण्ड पुत्र सहभागिहरु सबैलाई रक्सि खुवाउँदै हिडेका थिए । सुरक्षामा खटिएका लिडहरुलाई समेत रक्सि खुवाएर आफ्नो दम्भ देखाएका थिए । सुरक्षाको जिम्मा पाएका कमाण्डरले खाउ कि नखाउ भन्दै रक्सि नाकले सुघेर भुईमा राखिदिएका थिए । रक्सि सेवन गरेका सबैलाई उनले आफै थपिदिएका थिए । अरुलाई खुवाउने मात्रै होईन आफै खाएर टिल्ल भएका थिए । सबै खाना खान जाँदा समेत रक्सिले उठ्न नसकेका उनको तस्विर खिच्न लागेका पत्रकारहरुलाई सहयोगिहरुले क्यामेराको तस्विर हर्टाईदिन धम्कि दिएका थिए ।
लडाए क्रान्तिकारीलाई
नेपाल समाचार पत्रमा प्रकाशित आजैको रिपोर्टपनि यहाँ क्लिक गरेर हेर्नुस ।
बनेपा/एमाले र कांग्रेस मिलेर स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एकिकृत माओवादीलाई निर्वाचनमा पराजित गरेका छन् । एमालेको अखिल र कांग्रेसको नेविसंघले माओवादीको क्रान्तिकारीलाई एक स्थानमा मात्रै सफलता हासिल गर्ने मौका दिए । संविधान सभामा चारवटा निर्वाचन क्षेत्र मध्ये ३ क्षेत्रमा सफलता पाएको माओवादीले स्ववियु निर्वाचनमा ११ वटा क्याम्पस मध्ये एउटामा मात्रै सफलता पाएको छ ।
माओवादीका सबै उम्मेदवारहरुलाई पराजित गर्ने एमाले र कांग्रेसको रणनीतिवाट आत्तिएको माओवादीले निवार्चनको समयमा युद्धमा जस्तै हतियारहरु प्रयोग गरेर काभ्रेली जनतालाई त्रसित पारेका थिए । दुई संगठनको सहमतिले क्रान्तिकारीको पराजित त भयो नै माओवादीले क्याम्पसको वुथ लुट्ने अघोषित प्रयास समेत गरेको थियो । जिल्लाका ठुला दुई क्याम्पस चैतन्य र काभ्रे क्याम्पसलाई संयुक्त प्यानल र क्रान्तिकारीले अस्तित्वको क्याम्पस बनाएर निर्वाचनमा होमिएका थिए । निर्वाचन अगाडी माओवादीले वाईसिएल मार्फ काभ्रेका शहरी क्षेत्रमा मोटरर्साईल मार्फ हर्न बजाएर आफ्नो शक्ति देखाएका थिए भने अन्य संगठनहरुले संयमित हुँदै शक्ति संचय गरिरहेका थिए ।
चैत्र ५ गते नेविसंघका पूर्व अध्यक्ष सुन्दरमणी आचार्यलाई चैतन्य क्याम्पसमा कुटपिट गर्दै निर्वाचनमा गर्ने आक्रमणको पूर्व संकेत दिएका थिए । उम्मेदवारी दर्ताको समयमा कानपुरमा अन्य संगठनका विद्यार्थीहरुलाई आक्रमण गरि त्रसित पारेको माओवादीले निर्वाचनमा मत खसाल्ने समयमा समेत त्यहि रणनीति बनाएको थियो । संविधान सभाको निर्पाचनमा जस्तै माओवादीले ल्याउने परिणामको आशा वौद्धिक वर्गले उल्र्टाईदिएपछि निर्वाचनकै दिनमा माओवादी कार्यकर्ताहरुले चैतन्य क्याम्पसको वुथ लुटेर निर्वाचनलाई विफल बनाउने योजना बनाएका थिए । सोहि अनुसार वाईसिएलका जिल्ला अध्यक्ष समेत रहेका मिमबहादुर तामाङ्ग ‘ज्वाला‘ ले आक्रमणको निर्देशन दिएका थिए ।घरेलु हतियार सहित आक्रमणमा उत्रेका वाईसिएल कार्यकर्ताहरुले दिउसभर अरनिको राजमार्ग र क्याम्पस रोडमा नाङ्गो खुकुरी, तरवार र भालाहरु बोकेर प्रदर्शन गरिरहे । भोट राखेर र्फकेका नालाका एकजना विद्यार्थीहरुलाई विना कारण कुट्दै मतपत्रमा ढुङ्गा हान्न जाने वाईसिएल कार्यकर्ताहरुलाई प्रहरीले चार से्ल अश्रुग्यास हानेको थियो । मतपत्रको वाकस जोगाउन गएका विद्यार्थीहरुलाई समेत माओवादीले धम्क्याएका थिए । निर्वाचनमा खटिएका प्राध्यापकहरु लेखनाथ न्यौपाने र डिल्लीरमण शर्मालाई झापड हान्दै निर्वाचन रोक्न चेतावनी दिएका थिए ।
४ सय ८२ मतमा ३ सय ३२ मत खसेको अवस्थामा मतदान स्थगित नहुने अडान लिएपछि क्रान्तिकारीको प्यानलले निर्वाचन वहिस्कार भन्दै वाहिरीएको थियो । वाहिर गएको विद्यार्थीहरुको समुहले क्याम्पस प्रमुख जुजुभाई मानन्धर र निर्वाचन समितिका संयोजकलाई समेत फोनवाट जे पनि गर्न सक्ने भन्दै धम्क्याएका कारण मतगणना ढिलो शुरु भएको थियो । सबै क्याम्पसमा संयुक्त प्यानलको जित भएपछि तिल्मिलाएको माओवादीले नेविसंघका विद्यार्थीहरुलाई छानी छानी कुटेको थियो । सबै क्याम्पसमा जित्ने सपना देखेर सहमति गर्न नमानेको क्रान्तिकारीहरुलाई एमाले र कांग्रेसले पराजय गराएपछि माओवादीहरु अपवित्र गठबन्धन भन्दै हिड्न थालेका छन् । निर्वाचनमा एमाले अखिलले ६ वटा क्याम्पसमा नेतृत्व गरेको छ भने कांग्रेसको नेविसंघले ४ वटा क्याम्पसमा नेतृत्व गरेको छ । विजयी पश्चात निकालिएको विजय सभामा पहिलोपटक विद्यार्थीहरुले माओवादी र उसका कार्यकर्ता वाईसिएलको गुण्डागर्दी र हतियार मोहको विरोध गरेका थिए ।




