बुद्द धर्मको लोकप्रियता फ्रान्समा बढ्दो

budda-stupa-en-france

हाम्रो आफ्नै देशमा बुद्दको मूर्ती कांक्रेबिहारमा मिल्काएपनि फ्रान्सेलीहरुका मनमा भने बुद्दको लोकप्रियता बढ्दो छ । क्रिश्चियन र इश्लाम धर्मका अनुपातमा यो धर्मको लोकप्रियता पछिल्लो समयमा बढेको समाज शास्त्रीहरुले मूल्यांकन गरेका हुन् । बुद्दिस्त युनियन फ्रान्सको पछिल्लो तथ्याङकले त्यहि देखाएको छ । फ्रान्समा अहिले दश लाख मानिसहरु बुद्द धर्मका अनुयायी छन् । यो संख्या भनेको बुद्द धर्ममा आस्था र विश्वास राख्ने मात्र नभएर गहिरोसित यहि धर्ममा डुब्ने, ध्यान र अध्ययन अनुसन्धान गर्ने हुन् । आस्था मात्रै राख्नेको संख्या त लाखौं बढि छ ।

तैपनि बुद्द धर्म फ्रान्सको चौथो धर्मममा मात्रै दरिन्छ । तर राम्रो पक्ष के भने आधा शताब्दीदेखि बुद्द धर्मको आकर्षण बिस्तारै बढेपनि पछिल्लो समयमा भने तिब्र हुँदै गएको बुद्दिस्त युनियन फ्रान्स (युबिएफ) ले जनाएको छ । त्यसैगरि बुद्दको ध्यान गर्ने, बुद्दको आध्यात्मिक पाटोमा रम्नेहरुको संख्या ५० लाख पुगेको छ ।

बुद्द धर्म फ्रान्समा भित्रिएको सन् १९८० ताका मात्रै हो । खासगरि एशियाली मुलुकमा गएपछि बुद्द धर्मावलम्बी बनेर आफ्नो देश फर्केका फ्रान्सेलीले यो धर्म यहाँ भित्र्याएका थिए । अर्को कारण दलाई लामाको प्रभावले गर्दापनि हो । बुद्द धर्म अरु धर्म भन्दा ढिलो फैलिने बिश्वास गर्छन् फ्रान्सेलीहरु । किनभने यो धर्मको रुप भन्दापनि आध्यात्मिक, ध्यान गरेर प्राप्त हुने, बुद्द धर्मको गहिराईमा पुग्न किताब र ग्रन्थ मात्रै पढेर नहुने बरु गहिरो आध्यात्मिक ज्ञान हुनु पर्नाले त्यसकोलागि ठूलो त्याग र समयको खाँचो पर्ने फ्रान्सेली हरुको भनाइ छ । फ्रान्समा सागेस भन्ने ठाउँमा एउटा बुद्द धर्म, ध्यान र आध्यात्मिक ज्ञान सिक्ने स्कूल रहेको र यहिँबाट धेरै ज्ञान लिएर फ्रान्सेलीहरु बुद्द धर्मी बन्ने, बुद्दको आध्यात्मिक ज्ञानमा डुब्ने गरेका छन् ।

तपाइँको प्रतिक्रिया