एसेन्टा मेलामा गरिएको मानव तस्करीको थप भण्डाफोर (अडियो सहित)

बेल्जियममा गत सेप्टेम्बर २२ मा सकिएको एसेन्टा भनिने अन्तर्राष्ट्रिय मेलामा ठगि गरेको, नेपालीलाई मनपरि पैसा असुलेर लयएको तथ्य फेरि खुलेको छ । अहिले यो तथ्य एसेन्टा मेलाका लागि नेपाली पक्षको ब्यवस्थापन गर्ने समितिका प्रचार प्रसार संयोजक ओम शर्मालेनै हाकाहाकि स्विकारेका छन् । उनले नेपालपल्सलाई प्रतिक्रिया दिँदै भनेका छन् ‘कसैले सात लाख मात्रै तिरेर आए । कोहि १८ लाख तिर्ने थिए भनेपछि बदमाशी भएको त सिधै स्पष्ठ भैहाल्यो नी ।’ यो मेला आयोजक समितिमा आफू भएपनि अन्तिम अवस्थामा आफुलाई प्रचारप्रसार संयोजकमा राखिएकाले आफूलाई सबै जानकारि नभएको । यता बेल्जियमबाट कोकोलाई सिफारिश गर्ने भन्ने निर्णय समितिले नगरेर सचिव सालिक गौतम र संयोजक अर्जुन कुमार श्रेष्ठ मिलेर गरेको तथ्यपनि हाकाहाकिनै खोले । उनले भने ‘नेपालबाट उध्योग वाणिज्य संघ र यता बेल्जियमबाट सालिक गौतम र अर्जुन श्रेष्ठले सिफारिस गरेका हुन्, उहाँहरुलाईनै थाह होला, तर समितिका सबैले पैसा खाएका भने छैनन् ।’ उनले त्यो मेलामा आएका सहभागिहरुको नामावलीको सूचीपनि मलाई उपलब्ध गराउने बताएका छन् ।

एसेन्टा मेलाको नेपाली ब्यवस्थापक समितीका सचिव सालिक गौतम नेपाल पत्रकार महासंघ युरोप शाखाका सदस्य र प्रचार प्रसार संयोजक ओम शर्मा पार्षद हुन् । समितिमा धेरै सदस्य भएपनि आफूले यसमा कुनै फाईदा नलिएको र देशको अलगि भनेर काम गरेको हाकै बताए । यो मेलामा बदमाशी गरेर नेपालको बेईजत गरेको भन्दै केहि दिन शर्माले आफ्नो फेसबुकमा यसो स्टाटश लेखेका थिए–

“एकातिर नेपाल आमाको कृतिमा, सम्मानमा, विश्वमा यिनको महानता झल्किँदा हर्षबिभोर हुने सपुतहरुबाट नेपाली स्वाभिमानको पाहरेदारी गर्ने कर्तब्यको पालन गर्न दिलोज्यान दिएर लागेको देख्दा तिनको सम्मानमा शिर निहुरिन्छ । सँगै केही दुस्ट दलालहरुले नेपालीपन र नेपाली भाबनाको सम्मान गरेर टक्राएको रातो कार्पेटमा मानब तस्करीको कालो धब्बा लगाएर भाग्दा बेल्जियमका सर्ब साधारण प्रबासी नेपालीहरुको हृदय पिडाले टुक्रिएको छ । प्रबासमा सकृय नेपाली स्वाभिमानका पहरेदार मित्रहरु ! बेल्जियममा भएको “फ्ल्यान्डर्श अन्तरराट्रिय ब्यापारमेलामi ” नेपाल उध्योग बाणिज्य महासंघको छाता ओढेर गरिएको मानब तस्करी र आर्थिक चलखेलको भन्डाफोर गर्न प्रमाणहरु सन्कलन हुँदैछन, केही तथ्य सहितका जानकारी भए पत्रकार मित्रहरुलाई उपलब्ध गराइदिनु भए नेपाल आमाको मुरी मुरी आशिर्बाद लाग्नेछ, धन्यवाद ।”

ओम शर्माले नेपालप्लसलाई दिएको प्रतिक्रिया सुन्नुस्

 

 

तपाइँको प्रतिक्रिया