नेपालले बनाएका विश्वप्रसिद्द लेखक, विशेषज्ञ

carol-inskipp-tim-inskipp-uk

पढे लेखेका, जाने बुझेका, उच्च शैक्षित हैशियत र विशेष योग्यता हाँसिल गरेका हामी नेपाली अवशर हेरिहेरि बिदेश भौंतारिईरहेका छौं। तर हाम्रै देशमा यस्सो घुम्न गएका बिदेशीहरुलाई भने हाम्रै देशले विशेषज्ञ बनाएर विश्वभरि चिन्ने बनाईदिएको छ । नाम, काम र दाम अनि सम्मान दिएर प्रसिद्दिको चुलीमा पुर्‍याइदिएको छ । क्यारोल ईन्स्किप र टिम इन्स्किपका यि जोडी त्यस्तैमा पर्छन् । धेरै नेपालीले नचिनेपनि यिनको नाम विश्वभरि फैलिएको छ । संरक्षणका क्षेत्रमा । खासगरि नेपाली चराको क्षेत्रमा त यिनलाई नचिन्ने कोहि हुन्न । नेपाल भन्नसाथ प्रक्रिति संरक्षणका क्षेत्रमा यिनको नाम झुण्डिएर आइहाल्छ । यस्ता सफल, प्रसिद्दी कमाएका संरक्षणबादी, लेखक बुझेर, मरिहत्ते गरेर, सानैदेखि यहि बन्छु भनेर होइन, साँच्चै भन्नुपर्दा संयोग र परिस्थितिले मौका भिराईदिएर बनेका हुन् ।

नेपाललाई माया, प्रेम र सद्बहवले सकेको सहयोग गर्ने । नेपालीका दुखसुखमा केहि न केहि मानविय काम गरेर साथ दिने । नेपालका बिबिध विषय, पाटाहरु अनुसन्धानका आँखाले खोतल्ने युरोपेलीको खोजिमा लागिरहेको मैले गत साल यिनलाई भेट्ने अवशर पाएँ । त्यसो त यिनीहरुसितको मेरो भेट तेस्रो थियो । तर यो पटकको भेट बेलायतस्थित यिनकै घरमा । लण्डनदेखि करिब चारसय माईल पर । ‘क्यारोल, तपाईहरुलाइ भेटेर तपाई दम्पत्तीको सफलता, नेपालसितको संवन्ध र कामबारे मलाई गफ्फीनु छ, तिनलाई आगामी पुस्तकमा उतार्न मन् छ’ मैले सोधेर पठाएँ । क्यारोलले खुशि हुँदै निम्ता दिईन । लण्डन निवासी पत्रकार दाजु शशी पौडेलले आफ्नो चार पाङ्रे हुइँक्याए । आफ्नो कार्यालयबाट बिदा मिलाए । पहेंलाम्मे तोरीबारी छिचोल्दै हामी क्यारोलको गाउँ हान्नियौं ।

गाउँपनि पक्का गाउँमा बस्ने रहेछन् यि जोडी । कति थाउँमा सोधेरपनि बाटो बिरियो । कुन गाउँमा कताबाट जाने हो भन्ने सडक संकेतसम्म नभएको एकलासे जस्तो लाग्ने गाउँमा यि बस्दा रहेछन् । पुरानो लाग्ने घर । तर आकर्षक बगैंचा । चराहरु चिरबिराउने प्राक्रितिक झाडी र फूलका विरुवा । काँटछाँट नगरि जस्तो उम्रिन्छ, रुचाउँछ वोटबिरुवाले त्यस्तै रहन दिएका । ‘हामी काँटछाँट गरेर आधुनिक बनाउन, चिरिच्याट्ट बनाउन लाग्दैन, त्यसो गर्दा प्राक्रितिकतालाई दखल पुर्‍याउँछ’ क्यारोलले सुनाईन् । शशी दाई र मलाइ तिनले एक्कै छिन तिनको बगैंचा देखाए।

क्यारोल हामीलाई खाना बनाउन लागिन् । टिमले आफ्ना कहानी सुनाउन बसे । शशी दाई क्यामरा सोझ्याउनतिर कम्मर कसे । बेला बेला तिनका रोमाञ्चक कहानी सुनेर ‘रियली, रियली’ भन्दै पनि थिए । कम्ति रोचक रहेनछ यिनको कहनी । टिमले एकसरो आफ्नो कहानी सुनाए । नेपाल त यि जोडी गाडीमा पो गएका रहेछन् । बेलायतबाट ग्रिस हुँदै ईरान, ईराक, टर्की, अफ्गानिस्तानको बाटो छिचोलेर पाकिस्तान हुँदै यि भारतीय नाका भएर फुत्त नेपाल छिरेछन् । वाल्यकालमा आफ्ना अभिभावकले प्रक्रितिको भिडभाडमा लैजाने गरेको । चराका कहानी थोरै भएपनि सुनाउने गरेको, तिनको जिवन र क्रियाकलाप देखाउने गरेको मिठोमसिनो स्वाद बाँकि नै थियो। नेपाल पुगेपछि यिनलाई घुम्न, हाँस्न, रमाउन, मित्रता बढाउन सबै हिसाबले सहज भएछ । नेपालीहरु बढि हितैषी बनिदिएछन् । यहिँबाट यिनलाई रस पस्यो, माया बस्यो । यि पटक पटक नेपाल फर्कि फर्कि घुम्ने भए । नेपाल जाँदा प्राक्रितिक सुन्दरताका केन्द्र मानिने चितवन राष्ट्रिय निकुञ्ज जस्ता ठाउँतिर बढिनै बहकिए ।

carol-and-tim-inskipp-uk-2

उनीहरु पोखरा हुँदै घोरेपनी पदयात्रा गर्न जाँदा त्यहाँ जमम एउटा चिया पसल रहेछ । बास बस्न खोज्दा त्यहि पनि भरिएको । अहिले त्यहि ठाउँमा सयौं होटेल र लज भए । जता जता गए त्यता चराहरु अवलोकन गर्ने र टिपोट लिन थाले । काठमाडौं उपत्यकाको गोदावरि क्षेत्रको वनमा चरा खुबै नियाले । चरामा चासो राख्ने नेपालीसितपनि संपर्क बढ्यो । हुँदाहुँदै केहि नेपालीलेनै भने ‘टिम, क्यारोल तिमीहरुले चराका बारेमा पुस्तक लेख । नेपाली चारका बारेमा पुस्तकको खाँचो छ ।’

कस्तो महत्वाकांक्षी योजना ? सम्भव होला ? न यिनले कुनै पुस्तक लेखनको ज्ञान थियो यिनमा । न यिनका बाबु बाजे कसैले पुस्तक लेखेको ईतिहाँस, अनुभव थियो । कसरि लेख्ने ? टिम स्किपले बाबुलाई सुनाएछन् ‘बाबा म नेपालका चराको किताब लेख्न खोज्दै छु ।’

‘किताब ? चराको विशयमा किताब ? कस्तो हुन्छ चराको किताब ? चराका विषयमापनि किताब हुन्छ र ?’ बाबुले आश्चर्यका अनेक तर्कना सुनाए । ‘यो बास्तबिक किताब होइन, हुन्न, बन्दैन ।’

कस्तो बास्तबिक किताब हुन्न ?

भन्नाले मान्छेले रुचाउने, पढ्ने, किन्ने जुन किताब हुन्छ नी, हो त्यस्तो किताब हुन्न के ।’

नेपालको पहिलो किताब लेखे । देखाए यि जोडीले तिनका बाबुलाई । तरपनि उनले पत्याएनन् । र भनिरहे ‘जे भएपनि तिमीहरुले लेखेको किताब बास्तविक किताब होइन ।’ तिनका किताबलाई किताब नमानी टिमका बाबुले धरती छोडेर गए । तर टिम र क्यारोल भने हौसिए। नेपालका चरा संवन्धि पहिलो किताबलेनै सफलताको चुली उक्लेपछि ति लाङटाङ उपत्यका, पूर्वमा इलाम र पश्चिममा शुक्लाफन्टा आरक्षसम्म पुगेर चराको खोजि गरे, जानकारि बटुले । राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागसित मिलेर विश्वमै लोप हुन लागेको नेपालमा पाइने ठूलो खर मुजुरको अनुसन्धानपनि गरे ।

त्यसपछि अन्नपूर्ण संरक्षण योजना, सगरमाथा, कञ्चनजंघा राष्ट्रिय निकुन्ञदेखि कोशि र बर्दिया सम्म सबैतिर डुलेरै चराका, नेपालको बन्यजन्तु र प्राक्रितिक स्थलका जानकारि बटुल्न भ्याए । नेपालीले उति धेरै थाह पाएका थिएनन् । मेसोपनि थिएन चराको क्षेत्र महत्वपूर्ण हो भनेर । नेपालीहरु त्यो बेला यो क्षेत्रमा थिएनन् भन्दापनि हुन्छ । एक जना हरिशरण नेपाली ‘काजी दाई’ मात्रै चराका पछाडि कुदेर नेपालीको बिउ राखेका थिए । तर पश्चिमेलीहरुको अलगि भने क्यारोल इन्स्किपको अनुभवमा सन् १९८० तिर बाटै नेपाल चराको लागि प्रसिद्द भैसकेको थियो । बेलायत, जर्मनी, फ्रान्स र अ मेरिकीहरु नेपाल अजन थालिसकेका थिए, चराको खोजिमा ।

तर अहिलेको अवस्था देखेर कयरोल र इन्स्किप दुबै हर्षित हुन्छन् । किनभने सामुदायिक वनको अवधारणाले गर्दा वन जोगिँदै छ । चराका क्षेत्रमा युवाहरु ह्वात्तै चासो दिएर निस्किएका छन् । चरा अवलोकन र चरा संरक्षणमा थुप्रै युवा तिनले देख्दा देख्दै चासो लिएर उत्रिए । प्रक्रिति संरक्षणमा युवा चासो ब्यापक बढ्यो । केहि नेपाली त यो क्षेत्रमा निकै दख्खल राख्ने बनिसके । कुनैपनि नेपाले नभएका बेला चराको क्षेत्रमा महत्वपूर्ण काम गरेको भन्दै यिनले हरिशरण नेपालीको पटक पटक सराहना गरिरहे । हेमसागर बराल, टिका गिरी, हेम सुबेदी, हठन चौधरी, सुजित बस्नेत, राजु आचार्य जस्ता युवाहरुकोपनि पटक पटका आशाका नजरले नाम लिइरहे ।

झण्डै सात दशकको यो उमेरमापनि क्यारोल र टिम थमठमी पद यात्रा गर्छन् । चारको खोजिमा लामा लामा पैदल यात्रा गर्छन् । चिन्तन, चाख, खोजि, रहर र लगाव मूलत चराकै विषयमा छ । एक किसिस्मले भन्दा चरा जति सक्रिय हुन्छन् तिनका जिवन जान्न, बुझ्न, तिनलाई जोगाउन, तिनकालागि वर्षौं वर्षसमम सुरक्षित थलो जोगाउन यि जोडी चार भन्दापनि बढि सक्रिय छन् । उनीहरु यति बेला नेपालकै एक महत्वाकांस्खी योजनमा डटेर काम गरिरहेका छन् । त्यो हो, करिब एक हजार पेजको चरा संवन्धि किताब लेख्ने । त्यो नेपालकै चार संवन्धि पुस्तक हो । तर त्यो पुस्तक केहि कपी त निस्किएलान् । मुख्य जानकारि इन्टरनेटमा राखिने छ । त्यसमा नेपालका करिब ७७० प्रजातिका बारेमा झण्डै झण्डै आवश्यक सबै जानकारि, वर्णन हुने छ । आक्कल झुक्कल पाइने, स्थायी रुपमा पाइने, बसाई सरेर आउने जाने, लोपोन्मुख, संकटापन्न सबै खाले चराको स्थिति, ब्याख्या, तिनको वासस्थान र तिनलाई जोगाउन के कस्तो उपाय, वासस्थानको संरक्षण र अन्य उपाय अवलम्बन गरिनु पर्छ। त्यो सबै खुलस्त पारिने छ टिम र क्याओर्ल इन्स्किपको आगामी पुस्तकमा ।

यि दम्पती अहिले यहि पुस्तककालागि कस्सिएर लागेका छन् । करिब हजार पेजको यो महत्वाकांक्षी पुस्तकको काम कहाँ पुगेको छ ? गत साल म उनीहरुको निवासमा पुगेर भेट्दा करिब १६६ पेज मात्रै लेखेका थिए । उनीहरु यसैमा लागिरहेका थिए । परम्परागत लाग्ने तिनको घरको दराज, टेबल, पिढीको छेउछाउ सबैतिर चराका किताबहरु छरपस्ट थिए । अब कहिले सकिन्छ त यो किताब ? हामीले कहिले पढ्न पाउँला यो ? ‘बल्ल १६६ पेज सकियो । एक हजार जति पेज पुर्‍याउँदा त म सायद ७० वर्षकी पुग्छु कि क्या हो’ क्यारोल मुस्कुराईन् ।

(नेपाललाई कर्मथलो बनाएका युरोपेली बारे मैले लेख्न लागेको पुस्तकका पात्र हुन् यी । त्यसैले यसमा सारै थोरै प्रसंग मात्रै उल्लेख गरिएको हो)

तपाइँको प्रतिक्रिया