नेपाललाई आफ्नो प्रान्त बनाउँदै भारतीय कलाकारले बनाए राष्ट्रवादी गीत !
● नसिर खान / बेल्जियम
भारतीय सरकार, शासक भारतीय कलाकारहरु फेरि नेपाललाई भारतको उपनिबेश वा आफ्नो प्रान्त हो भन्ने भ्रम छर्न कस्सिएका छन् । भारतीय कलाकारले नेपाललाई आफ्नो देशको नक्शामा गाभेद नेपाललाई आफ्नै प्रान्त जसरि प्रस्तुत गरेका छन् ।नेपाललाई भारतको प्रान्त जसरि आफ्नै नक्शामा गाभेर बनाएको श्रब्य द्रिश्यसहितको गीत अझ राष्ट्रवादी गीत रे । यदि नेपालीहरुले यसको बिरोध नगर्ने हो भने अब भारतका पत्रकार, कलाकार, अभिनेता र अन्य सामाजिक ब्यक्तित्वपनि नेपाललाई भारतको प्रान्त भन्दै प्रस्तुत हुन थाल्ने छन् । यस्ता गीत सुन्नेलाई लाग्न सक्छ, नेपाल भारतभित्रै पर्छ ।
भारतीय अभिनेता दिलिप कुमार बिमारी भएर अस्पताल भर्ना भएका रहेछन । त्यहि समाचार टेलिभिजनमा बार बार देखाई रहेकोथियो र उसका सम्झिन लायक सिनेमाका गीतहरु पनि देखाइएको थियो । यस्तैमा एउटा गीतको भिडिओमा मेरो ध्यान केन्द्रित भयो । अचम्म लाग्यो । होइन होला भनेर आफ्नो फोन खोलें । त्यहि गीत फेरी युट्युबबाट हेर्दा म झस्किएँ । किनभने युट्युबको त्यो गीतमा त नेपाललाई पुरै भारतको प्रान्त जसरि भारतीय नक्शाभित्र राखेर पो प्रस्तुत गरिएको रहेछ ।
सन् १९८६ मा बनेको “कर्मा” नामको भारतीय सिनेमा रहेछ । जसमा एउटा दृश्यमा गीत बज्दो रहेछ “मेरा कर्मा तु, मेरा धर्मा तु, तेरा सब कुछ मै, मेरा सब कुछ तु ।” यो लिंकमा क्लिक गरि हेर्नु भयो भने ० : ५३ देखि ० : ५९ सम्म भारतको नक्शा देख्नु हुनेछ । त्यसमा नेपालको नक्शालाइ भारतमा गाभेर भारतको एउटा प्रान्त देखाउन खोजिएको छ । लिंक http://www.youtube.com/watch?v=J_LPLO2yVl8
सोहि भिडिओमा १ :२५ देखि १ : ३२ सम्ममा एक महिलाले गीत गाउँदै गरेको देख्नुहुने छ । त्यसमापनि उनी सँगै फेरी भारतको नक्शा देखिन्छ त्यस नक्शामा पनि प्रस्टै नेपाललाइ भारतको प्रान्त बनाइएको देख्न पाइन्छ । अझ ३ : ०५ देखि ३ : १० सम्म त छाती खोलेर नै नेपाललाई सिक्किममा जोडेर लामो नक्शा पारी भारतको प्रान्त हो भनिएको छ ।
हेर्नुस् त हाम्रो देशलाई सिधै भारतको प्रान्त बनाउने कस्ता रहेछन् भारतीय कलाकार । अनि यस्तो गीत उनीहरुकालागि राष्ट्रवादी गीतको बन्दो रहेछ । आर्काको देशलाइ आफ्नो देशमा गाभेर, सताएर, आर्काका भावना र राष्ट्रियतलाई कुल्चिएर बनाइ एका गीत पो राष्ट्रवादी हुने रहेछन् भारतीयकालागि । अब यसको हामीले तिब्र बिरोध गर्नै पर्छ । नत्र हामीलाई यि भारतीयहरुले सधैं हेप्छन्, सधैं सताउने छन् । त्यसैले लौ उठौं साथीहरु यसको बिरोध गर्न !!




