कविता : तिम्रो आफ्नै हुन मन लाग्छ

डा़. कृष्ण पसाद पौडेल / जापान

dr-krishna-psad-poudel-bharatpur-hospital-nepal-99822345

एकनासको दौडले सधैं
थाक्नलाग्यो जोवन !
तिमो लागी साँचिराखेको
रित्तीनलाग्यो यौवन !!
बाँच्नैलाई संघर्षहरु चल्दैछन् ऐले
खोई अझै तिमीलाई के देऊ मैले
त्यसैले त कहिलेकाहीं
रून मन लाग्छ ।
फेरी पनि
तिमो आफ्नै हुन मन लाग्छ ।।

||२||

काट्दैछु अझै म कति
औंशीका रातहरू
खै कहिले पाउँछु मैले तिम्रा
वैंशालु साथहरू
बाँच्नैलाई संघर्षहरू चल्दैछन् एैले
तिमो मा़याको पतिउत्तर के दिउँ मैले
अनि,
तिमी निस्ठुरी हुँदा कहिलेकाहिँ
रून मन लाग्छ,
फेरी पनि
तिम्रो आफ्नै हुन मन लाग्छ ।।

||३||

सरल मान्छे बन पहिले
भन्दैन यहाँ कसैले
असल मात्र बन्छु भन्छु
मान्दैन यहाँ कसैले
जूनतारा गगनका म झार्न सक्तिन
समाजका यी अपेक्षाहरू म फेर्न सक्दिन
बाँच्नैलाई संघर्षहरू चल्दैछन् एैले
यो अपूरो कहानी के दिउँ मैले
त्यसैले
तिमी टाढिँदा कहिलेकाहिँ
रून मन लाग्छ ।
तरै पनि
तिमी सँगै हुन मन लाग्छ ।।

|| ४||

कहिले स्वदेशतिर बरालिन्छु म
कहिले विदेशमा बन्दी हुन्छु म
खै कमाऊनु र हुनुको परिवेशमा
संधै आफैंलाई गुमाउँछु म
बाँच्नैलाई संघर्षहरू चल्दैछन् ऐले
मुर्झाएको फूल खै के दिउँ तिमीलाई
त्यसैले त
कहिलेकाहिँ रून मन लाग्छ ।
फेरी पनि
तिम्रो आफ्नै हुन मन लाग्छ ।।

तपाइँको प्रतिक्रिया