नेपालप्लसको लेखपछि भारतीय कलाकारले मागे माफी
लुम्बिनी भारतमा पर्छ । बुद्द भारतमा जन्मेका हुन् भनेर जिटिबीमा भारतीय कलाकार कबिर बेदी लगायतका केहि भारतीय लोकप्रिय ब्यक्तिहरुले बोलेका थिए । त्यसको खबर दि एकि थिईन् बेल्जियमकी निशा गुरुङले नेपालप्लसलाई । तत्कालै त्यसको खबर लेखियो नेपालप्लसमा र मैले तुरुन्तै फेसबूकमा टाँसिदिएँ । पाठकहरुले हेरेर बिरोध शुरु गरिहालुन् भएर पहिलो पेजमै हेर्न मिल्ने गरि युटुबमा राखिएको जि टिभीको कार्यक्रम राखिदिएको थिएँ । तत्कालै त्यो भुसको आगो झैं फैलियो । नेपालीहरुले तत्कालै बेदीलाई फेस बूक र ट्विटरमा बिरोध शुरु गरिहाले । त्यसको केहिबेरमै भारतीय कलाकार बेदीले ट्विटर मार्फत माफी मागेका छन् । ‘म गम्भिर माफी माग्न चाहन्छु । बुद्द नेपालको कपिल्वस्तुमा जन्मिएक हुन् । तर बोल्ने बेला बुद्द जन्मिएको बेलाको कपिलबस्तु राज्य भन्ने सम्झिएछु ।’
यो घटनालेपनि नेपालीहरु आफ्नो राष्ट्रियता, राष्ट्रिय बिभूतीका बारेमा कति सचेत छन् भन्ने देखाउँछ । हाम्रा नेताहरुले कपिलवस्तुको भ्रम र बुद्दलाई भारतीय भनेर गलत प्रचार गर्न खोज्ने भारतीय हर्कतका बिरुद्द हाम्रा नेताहरुले नबोलुन् । बिरोध नगरुन् तर त्यसको लागि नेपालीहरुको साझा आवाज र सांगठनिक प्रयासलेपनि भारतीयहरुलाई सच्याउन दबाब दिन्छ भन्ने उदाहरण बनेको छ यो घटना ।




