अग्नी सापकोटाका भतिज पो रहेछन् मानव तस्करी गर्ने
खण्डन : ददी सापकोटा ज्यु,
नेपालप्लस अनलाइन
तपाईंको अनलाइनमा मेरो नाम जोडिएर एउटा समाचार आएको रहेछ । तर, म तपाईंले उल्लेख गर्नुभएको जस्तै कुनै मानव तस्करीमा संलग्न भएको छैन । हो, डेढ महिनाअघि म केही साथीहरुसँग यूरोपको इस्टोनियामा चार दिने साँस्कृतिक कार्यक्रममा गएको थिएँ । कार्यक्रम सकिनासाथ नेपाल फर्किए । त्यसक्रममा मैले कसैलाई प्रलोभनमा पारेर वा पैसा लिएर मान्छे छोड्ने काम गरेको छैन । त्यही समाचारमा मेरो ठूलाबुबा अग्नि सापकोटाको नाम पनि जोडिएको रहेछ । मैले उहाँको नाम प्रयोग गरेर कसैलाई प्रलोभनमा पार्ने वा कुनै नाजायज फाइदा लिएको छैन । उहाँको नाम यसरी जोडिएर आएकोमा दुःख लागेको छ । तपाईंको समाचारले मेरा आफन्तजन तथा मित्रहरुमा भ्रम पर्न गएको छ । त्यसकारण तपाईंको अनलाइनमार्फत् म सबैलाई यो कुरा स्पष्ट पार्न चाहन्छु ।
भरत सापकोटा
अस्ति मानव तस्करि गर्ने भरत सापकोटा माओवादी प्रवक्ता अग्नी सापकोटाका कान्छा छोरा भनेर समाचार लेखें । पिडितको भनाईमा राखेर लेखियो । अडियो हालियो । तर हिजो अग्नी सापकोटाकै जेठा छोरा दीपक सापकोटा लगायत केहि मित्रहरुले त्यो सत्य नभएको बताएपछि दिनभरि मूड ठिक भएन । कसैलाई पीडा दिएको अनूभूति भो । मैले अज दिनभरि केहि काम गर्नै सकिन । खिन्न भैराख्यो मन । तरपनि उनीहरुको नाममा बदनामी गर्नेको कर्तुत भने सार्वजनिक भएकै थियो । अनि कारवाहीका लागि आधारपनि बनेको थियो । तैपनि मेरो मन खिन्न भैराख्यो । भरत सापकोटा आखिर को हो त भनेर मैले आज दिनभरि बुझ्ने कोसिस गरें । ठाउँ ठाउँका केहि साथीहरुसित बुझिदिन सहयोग मागें । र आज साँझ सम्ममा पत्ता लगाएरै छोडें । उनी अग्नी सापकोटाका कान्छा भाईका छोरा रहेछन् । आज मन अलि हलुका भएको छ ।
म अग्नी सापकोटाको छोरो हुन्थें भने मैले सिधै भन्थें ‘ददीजी भरत सापकोटा मेरो दाजु भाई कोहि होइन । तर काकाको छोरो हो’ भनेर । तर अग्नी सापकोटाको परिवारले मलाई त्यसो भनेनन् । हाम्रो कोहिपनि होइन झैं गरेर प्रस्तुत गरे । जसले गर्दा मैले लेखेको समाचार पुरै गलत र मैले अनाहकमा कसैलाई प्रताडित गराएको जस्तो पर्यो । तर होइन रहेछ । उनका कान्छा छोरा नभएपनि भाईको छोरो अर्थात् भतिजो त रहेछ नै । त्यसैले पो उसले आफ्नो ठूलो बाउको नाममा मानव तस्करी गर्ने रहेछ ।
अब जे भएपनि अग्नी सापकोटाकै परिवारको एक सदस्य रहेको स्पष्ठ भयो । अब ‘हमीमाथि अन्याय भयो भन्नु भन्दापनि अग्नी सापकोटाको परिवारले भरत सापकोटामाथि कारवाही गरेर देखाउन सक्नुपर्छ । पक्राउ गरेर प्रहरीला बुझाउनुपर्छ । आफ्नो बदनाम गर्ने उसलाई कुनै हालतमा छोडुनुहुन्न । मानव तस्करिमा आफ्नो वा आफ्नो बाबुको नाम मुछ्दापनि चुपचाप लागेर बसेपनि त्यसलाई सामान्य मान्न सकिन्न । बरु कहिँ न कतै उनीहौरुको पनि सहमति र संलग्नता बुझिन्छ । यदि त्यसो गर्न सकेनन् भने कहिँ न कहिँ आफ्नो भतिजोलाई आफ्नो पहुँच प्रयोग गर्न दिएको र उनीहरुको समेत सहयोग रहेको बुझिने छ । देश जनताको लागि भनेर हिंड्नेले स्पष्ठ पारिदिनुपर्छ कि अत्याचारी र दलालहरु यो वा त्यो पार्टीको होइन जुनसुकै पार्टी र परिवारको भएपनि तिनलाई दण्डित गर्न सहयोग गर्नुपर्छ । झन तिनको नामनै सार्वजनिक गरिदिन पन्छिने र लुकाउने गर्नु हुन्न ।
अग्नी सापकोटाको परिवारले भरत सापकोटाको परिचय जानि जानि नखुलाईदिनु दुखदायी हो । युरोपमा करिब पाँच सय जना नेपालीलाई आफ्नै अग्नी सापकोटाको छोरो हुँ भन्दै ओसारेर ठगी गरुन्जेल थाह नपाउनुपनि अचम्मनै हो ।




