गजल : गजब छ सृंगार !

गौतम “उदय” / हवाई

gautam-udaya

साइत कस्तो, परेछ आज

निस्किंदा घरबाट

पदार्पण अजनवी

बेजोड छ यो रंगमन्च |

।।०१।।

अधरमा मुस्कान, माधुर्य बोली

आँखामा काजल, निदारमा बिन्दी

हँसिलो मुहार, गजब छ सृंगार |

।।०२।।

हेराइ मादन, चाल लचकदार

माधवी बदन, बात छनकदार

वाह ! जवानी, क्या सदाबहार |

तपाइँको प्रतिक्रिया