शासक बिहिन भएको छु

-नेपोलियन मरहट्टा- 

 

nepolian-marahatta-chitwan

 

जिउँदा लाशहरु बस्ने

 

त्यो मशानघाटको सिंहदरबारको

 

सुनै सुनको कुर्सिमा जो बसे पनि

 

यती सजिलै म तिमीलाई

 

आफ्नो शासक मान्दिन ।

 

तिमीले आँफुलाइ शासक ठाने पनि

 

वास्तवमा,

 

म कहिल्यै तिमीबाट शासित भइन ।

 

देश लुट्न,भेष फेरेर आउने

 

तिमीजस्ता सत्ताधारी जोगीले

 

निधारमा एक चिम्टी

 

रातो खरानी दल्दैमा, म कहाँ  

 

तिमीलाई श्री ३ मान्न सक्छु र ?

 

कान्तिपुरे खाल्टोमा बसी

 

सिंहदरबार ओहोर दोहोर गर्दैमा

 

म तिमीलाई कहाँ शासक मान्छु र ?

 

शहरको गल्ली देखी,गाउँका ति बस्तिहरुमा

 

कहिल्यै शासन गर्न सकेनौ तिमीले ।

 

न त, देशको कुनै सिमानाहरुमा नै

 

शासन गर्‍यौ ?

 

भोका,नाङगा र रोगीहरुले पनि

 

केही पाएनन् तिम्रो सत्ताबाट ।

 

नत ति पहाड,पर्बतले नै

 

श्रीँगार पाए तिमी बाट ।

 

कती नदी, छहरा र खोलाहरु

 

तिम्रो हातबाट फुत्किएर पश्चिम बगे,

 

तर, बिडम्बनाको कुरो

 

बगीजाने एक मुठी पानीमा पनि

 

शासन गर्न सकेनौ तिमीले ।

 

अनि,कसरी म तिमीलाई

 

जंगबहादुर भन्न सक्छु र ?

 

साँच्चै,यस्तो लाग्छ मलाई,

 

आजभोली

 

तिमी सत्तामा आएदेखी त

 

म देशभित्रै भएपनि 

 

एउटा शासक बिहिन भएको छु । 

 

तिमी बिहिन भएको छु ।

 

[email protected]  

(साहित्यप्रेमी साथीहरु, तपाईहरुले पठाउनु भएका कविता, गित र गजल मैले समयमै प्रकाशित गर्न सकेको छैन। सक्ने अवस्थानै छैन । किनभने यति धेरै गित र कविता आएका छन् कि प्रकाशित गर्न केहि हप्ता कुर्नै पर्ने अवस्था छ । अहिले मसित कविता र गजल गरेर पाँच दर्जनको थुप्रो छ । एकैदिन सबै राख्न सकिन्न । यो साहित्यिक साईटपनि होइन। मैले त साहित्यको सम्मानार्थ साहित्यिक समाग्रिलाई स्थान दिएको मात्रै हुँ । त्यसैले दुई देखि तिन हप्ता लाग्न सक्छ तपाईको गित, कविता र गजल प्रकाशित हुन । त्यस्तै, केहि साथीहरुको गुनासो अन्यत्रै प्रकाशित भएका सामाग्रिपनि नेपालप्लसमा छापिए भन्ने छ । सप्रमाण मैले फेला पारेको भने छैन । मलाई कुनैपनि सञ्चार माध्यममा प्रकाशित भइसकेको रचना चाहिएको छैन। त्यसैले झुक्काएर त्यसरि नपठाउनु होला। त्यसरि झुक्काएर यहाँ फेरि प्रकाशित गरिएको पाइएमा रचना मात्रै होइन पाठक प्रतिक्रिया लेख्नपनि बन्देज गरिनेछ । गित, कविता र गजलमा मात्रै सिमित नरहेर साहित्य संबन्धि अन्य विषयमापनि कलम चलाउनु हुन अनुरोध छ। सहयोग गर्नु भएकोमा तपाईहरु सबैलाई धेरै धन्याबाद, नेपालप्लस)
 

तपाइँको प्रतिक्रिया