कविता : खोई कस्तो नाता लायौ ?

● डा. क्रीस पौडेल / होक्काईदो, जापान 

।।१।।

dr-krishna-psad-poudel-bharatpur-hospital-nepal-99822345

खन्डहर थियो मेरो अतित

तिमी त्यहाँ किन हुन्थ्यौ र,

अधर थिए मेरा ईच्क्षाहरु

तिमीले किन सुन्थ्यौ र,

तिमी भयौ कहिले जुन; कहिले तारा

म थिएँ कहिले नजिक, कहिले टाढा

अझै कती आशा गरौं

तिमीलाई पाउने !

खोई कस्तो नाता लायौ

सपनिमा आउने ! 

।।२।।

यि  बेअर्थका सङ्घर्षहरु कती तय गरौं

बिषम यि यात्राहरुमा कती काया भरौं

तिमी हुन्छ्यौ पर पर

कहिले वर वर

भयो अब अरु कही हिंड्न सक्तीन म

तिमी बिना अरु कथा बुन्न सक्तीन म

अझै कती आशा गरौं

तिमीलाई पाउने !

खोई कस्तो नाता लायौ

सपनिमा आउने !

।।३।।

कहिले हच्किन्छौ तिमी

कहिले विच्किन्छु म

कहिले हुन्छौ मधूर तिमी

कहिले अल्लारे हुन्छु म

नज़र नज़र जुधेर के गर्नु खै

छचल्किरहन्छन् मनहरू

एकतमासको मायाको कुराले के गर्नु खै

अधैर्य हुन्छन् तनहरू

अझै कति आशा गरौं

तिमीलाई पाउने !

खोई कस्तो नाता लायौ

सपनीमा आउने ।

।।४।।

उकाली ओरालीको अनन्त यात्राले

अब डाँडा काट्नै लाग्यो

वैश र आवेगका छालहरूले

अब किनार खोज्नै लाग्यो

भयो अब अरू कहिँ हिँड्न सक्तिन म

तिमी विना अरू कथा बुन्न सक्तिन म

अझै कति आशा गरौं

तिमीलाई पाउने !

खोई कस्तो नाता लायौ

सपनीमा आउने ।

 

तपाइँको प्रतिक्रिया