गजल
–नेपोलियन मरहट्टा–
हराएको मेरो मान्छे देख्नुनुभयो भने कतै,
मलाई खबर गर्नुहोला भेट्नुभयो भने कतै ।
खोज्नुहोला शहरको भिडहरु छिचोलेर,
नेपाल बन्द गरिबाटो छेक्नुभयो भने कतै ।
साहित्यको अनुरागी, सायद उनी आउन सक्छिन,
सारंगीको तारहरु रेट्नुभयो भने कतै ।
जसरी‘नी उनको घरमा यो खबर दिनुहोला,
काठमाडौंमा पाईलाहरु टेक्नुभयो भने कतै ।
शहरिया स्वभावकी, ‘घमण्डी‘ हो भन्नु होला,
रेडियोमा बिज्ञापन लेख्नुभयो भने कतै ।
मलाई खबर गर्नुहोला भेट्नु भयो भने कतै ।
हराएको मेरो मान्छे देख्नु भयो भने कतै ।





