गजल

गणेश खड्काप्रतिक्षा

 

 

ganesh-khadka1

भेटिरह्यो भने मायाँ टाढा हुन्छ भन्छन्

 

नदेखेकै मायाँ बरु गाढा हुन्छ भन्छन्

 

 

देखेपछी मायाँ लाग्ने, नदेखेकै जाती

 

सधैं काखमा राख्दा पनि साँढा हुन्छ भन्छन्

 

 

हेर्न खोज्छु लम्कीलम्की तिम्रो घरको धुरी

 

आँखा छली लुकाई राख्ने डाँडा हुन्छ भन्छन्

 

 

आफु परियो गरीब मान्छे, मन मात्रै ठुलो

 

धनी मान्छे लोभीको भाँडा हुन्छ भन्छन्

 

 

भात खान मिल्ने टपरीका थालहरु

 

काम सरीसकेपछी ठाँडा हुन्छ भन्छन्

 

 

भन्न खोजे मनको कुरा थरथराउँछ ओठ

 

दिल खोली बोल्दा पनि छाडा हुन्छ भन्छन्

 

 

टिपी लान पनि साह्रोगणेशडरको पुरी

 

सुन्दर फूल वरिपरी काँढा हुन्छ भन्छन्

 

 

तिवारी भञ्ज्याङग, भोजपुर

हाल : भिक्टोरिया (सिसेल्स )

तपाइँको प्रतिक्रिया