साउदीमा नेपाली दुतावासको ब्रम्हलूट

nepalis-in-saudi-arebiyaसुन्दै लाज लाग्छ । नेपालीलाई सुख दुखमा साथ दिन बसेको राजदूतावासका कर्मचारिलेनै नेपालीलाई हैरानी दिने । घूस माग्ने । घूस नदिउन्जेल यो भएन र त्यो भएन भन्दै कागजमा खोट देखाउने । घूस दिए सबै ठिक छ भनेर मिलाइदिने । साउदी सरकारले अहिलेसम्म लुकेर बसेका, अबैधानिक रुपमा काम गरेका बिदेशीलाई आफ्नो मुलुक फर्किन आम माफीको घोषणा गरेको छ । त्यो आम माफीमा परेर स्वदेश फर्किन राजदूतासले पासपोर्ट लगायतका अन्य कागजपत्र बनाइदिनु पर्छ ।

हो त्यहि कागजपत्र बनाउँदा अहिले साउदीको हाम्रो नेपाली राजदुतावासका कर्मचारीले घूस लिइरहेका छन् । आम माफी पाएर स्वदेश फर्किन पाउँदा जति खुशि नेपाली छन् । त्यो भन्दा बढि खुशि दुतावासका कर्मचारीहरु भएका छन् । तिनलाई दशैं लागे झैं छ अहिले । नेपालीहरुसित मोटो रकम अशुलेर तिनले कागजपत्र सिफारिस गरिरहेका छन् । 

साउदी अरेबियामा नेपालीलाई स्वदेश फिर्ता पठाउँदा दलालहरु मार्फत मोटो रकम उठाइएको बारे त्यहाँका नेपालीले जानकारि गराएका थिए । नेपालीलाई घूस लिने गरेकोले त्यसलाई रोक्नुपर्‍यो भन्दै आव्हान गरेका थिए । तर साउदीको नेपाली दुतावासले कुनै सुनुवाईनै गरेन । त्यसको कारण नेपालीले पत्ता लगाए, आखिर राजदूतावासका कर्मचारीहरुलेनै त्यसको मेसो मिलाएका रहेछन् । भित्र भित्रै दलालसित मिलेर उनीहरुले कमिशन लिने र बाहिर चुपचाप बस्ने गरेका रहेछन् ।

नेपाली जनप्रगतिशिल मोर्चा,  केन्द्रिय समिति सउदी अरबका बिक्रम पौडेल (अनिश) ले त लेखित रुपमै त्यसको भण्डाफोर गरिदिएका छन् । सौदी अरबबाट नेपालीहरु स्वदेश पठाउने क्रममा फाइलमै घूस लिने गरेको उल्लेख गर्दै त्यस्ता क्रियाकलपाको भण्डाफोर गर्ने बताएका छन् । उनले हाकै भनेका छन् ‘दमाममा १५०० रियल चाहिने हाइलमा पैशा नलाग्ने र दमाममा हरि घिमिरे र तिनको भरौटेले नेपाल जान मिल्दैन भनेको अबस्थाबाट त्रसित भै नेपाली जनप्रगतीसील मोर्चाको अध्यक्षलाई फोन गरि हाइल पुग्नुभएका ४ जना दुर्गानाथ बिक, राम बहादुर तामांग, आइतराम तामांग लगायतका साथी हरुलाई आज हाइलको जवाजातले खुरुज हानेको छ भने अब तपाई हामी आफै सोचौ नेपाली राजदुतावास को क्रमचारीहरुको असली नियत ।’

सउदीमा कार्यरत बागलुङका सरोज क्षेत्रीलेपनि त्यहाँ दुतावासले चर्को घूस लिएको गुनासो तिर्नेहरुले आफुसित गरेको सुनाए । नेपालप्लसले मागेको जानकारिमा सरोज क्षेत्रीले फेसबूकमार्फत दिँदै भने ‘दमामवाट हाम्रै गाँउका नौ जना भाईहरु पन्ध्र- पन्ध्रसय रियाल तिरेर गए ।तिनिहरुलाई भ्वाइस रेकर्ड गरेर मलाई देउ भनेको थिएँ । सायद डराएर होला दिएनन् । मसित उनीहरुले पैसोको लागी सहयोग पनि माग्दैथिए ।

साउदी अरेबियामा अहिले उदयराज पाण्डे राजदूत छन् । दलालहरुसित दुतावासका न्युन तहका कर्मचारीले रकम लिने । त्यसपछि त्यो रकम राजदूत पाण्डेसम्मले बाँडेर भागबण्डा गर्ने गरेका छन् । ‘त्यहि कारणले गर्दापनि नेपालीसित कागजपत्र बनाउँदा घूस लिएको गुनासो गर्दापनि महामहिमज्युले नसुन्नु भएको हो । आफैंले छ्याकन उठाउने भएपछि कसरि बिरोध गर्ने ?’ साउदीका एक नेपालीले नेपालप्लसलाई ईमेलमा जवाफ दिँदै भने ।

त्यसो त, दमाम गार्डेनमा अबैध नेपाली कामदारहरूको अवस्था झनै मार्मिक र दयनीय देखिएको एन आर एन साउदी अरेबियाका निवर्तमान अध्यक्ष धरम केसीले उल्लेख गरेका छन् । उनका अनुसार एअरपोर्टबाट टिकट नै गुमाएर फर्किएका, तिन महिना जेल बस्दा पनि स्वदेश पिडितहरुका अनुसार जेलमा पुग्ने सबैको हवार्इ टिकट साउदी सरकारले नै निशुल्क ब्यबस्था गर्थ्यो । तर धेरैजसोसंग टिकट खर्च भन्दै रकम असुलिन्थ्यो र त्यस्तो खर्च नदिनेलाई गार्डेनमा ल्याएर फ्याँकिएको थियो । दुम्किवास नवलपरासीका हिरा क्षेत्री तिनै पीडितहरूमध्य एक हुन् । दमामको जेल बाहिर आएपछि पनि कहिले केश छ, कहिले रियाद जानुपर्छ भन्दै महिनौंको चक्कर काट्दै गार्डेनमा लखतरान अवस्थामा रहेका हिराको दुख देख्न नसकी पछि धरम केसीले आफ्नै कोठमा ल्याएर राखेको उल्लेख गरेका छन् ।

आखिर दमामबाटै औंठा चाप लिइएपछि अब एक्जिट भिषा पनि दमामबाटै लाग्ने उनको आशा त जागेको छ तर स्वदेश फर्किन पाउने दिन भने अझै कति टाढा छ, शायद कसैले भन्न सक्ने अवस्था छैन ।

नेपालीहरुले यस्तो दुख पाउँदापनि दुतावासका कर्मचारीलेनै गोप्य साँठगाँठ गरिगरि घूस लिने कति लाजमर्दो पक्ष । राजदूत पाण्डेलेपनि त्यसकोलागि छानबिन नगर्ने बरु भित्रिरुपमा रकम दामासाहीमै अशुल्ने । तर राजदूत पाण्डे कति बिद्वान रहेछन् । उनको बायोडाट हेर्दा जिब्रो टोक्न मन लाग्छ । ओहो कति हो कति कुरोको ज्ञान उनमा । उनको बायोडाटा यहाँ क्लिक गरेर हेर्नुस् त । अनि यस्तो बिद्वान, अनुभवीले दुख पाएका नेपालीलाई गर्ने ब्यवहार चाहिँ त्यस्तो न्युन ?

तस्विर : दमामको गार्डेनमा घर जान नपाएर मिल्किएका नेपाली । धरम केसीको फेसबुकबाट लिईएको हो ।

(नेपालीलाई दिइएका सास्ति, घूसखोरी, मनपरि, कामचोर, अबैध कागजपत्र बनाउने, कमिशनखोर, दलालहरुका कुक्रित्य जे जे छन् नेपालप्लसलाई पठाअनुहोला । वा नेपालप्लसको ईमेलमार्फत सम्पर्क गर्नुहोला । नाम खुलाउन मन नलागे गोप्य राखिने छ । तर समाचार सत्य तथ्य हुनुपर्ने छ र नेपालप्लसलाई सूचना सहि हो आश्वस्त पार्नुपर्ने छ ।)

तपाइँको प्रतिक्रिया