पूर्व फ्रान्सेली राष्ट्रपती पनि मुछिए भ्रस्टाचार काण्डमा

sarkozy-and-gaddaafi

जति सुकै सुसंक्रित सम्पन्न बनुन मानिसहरु । देशमा जस्तोसुकै कडा नियम, पारदर्शिताको ब्यवस्था र कानुन बनोस । भ्रस्टाचार रोक्न जस्तो सुकै कडा निति बनाइयोस नेता भनेका नेतै हुने रहेछन् । तिनले अनियमितता गर्ने रहेछन् । भ्रस्टाचार गर्ने रहेछन् । बिदेशीसित मोटो रकम लिने रहेछन् अनेक खाले साँठगाँठ गरेर । चुनावमा आफ्नो पक्षमा प्रभाव पार्न, जित्न अनियमितता गरेर करोडौं खर्च गर्ने रहेछन् । यतिखेर फ्रान्सेली पूर्व राष्ट्रपती निकोला सार्कोजी त्यहि फन्दामा परेका छन् ।

फ्रान्सेली पूर्व राष्ट्रपती निकोला सारकोजीपनि भ्रस्टाचारी रहेछन् । कानुनले उनलाई आरोपित किटान गरिसकेको त छैन । तर फ्रान्सेली छापाहरुमा त्यसको भरपुर आरोप लगाइएको छ । र अधिकांश फ्रान्सेलीहरुलेपनि त्यसमा विश्वास गर्छन् । गत निर्वाचनमा उनले लाखौं युरो अनियमितता गरेर खर्च गरेको आरोप लागेको छ । अझ फ्रान्सेलीहरुलाई कीन छक्क पारेको छ भने निर्वाचनमा उनले लिबियका तानाशाह भनेर चिनिने गद्दाफीसित आफ्नो चुनाव जित्न ४० लाख पाउन्ड (५० लाख युरो) लिएको आरोप लागेको छ । यसबारेमा अब फ्रान्सेली उच्च न्यायालयले अनुसन्धान गर्ने छ ।

लिबियका कर्णेल गद्दाफी मार्फत सन् २००७ को निर्वाचनमा जित्न उनले स्विस र पनामा बैंक बाट त्यो रकम लिएको आरोप गद्दाफीले भ्रस्टाचारको मामिलामा बयान दिँदा सार्वजनिक गरिदिएपछि सार्कोजीको पोल खुलेको हो । सन् २००७ मा गद्दाफीले फ्रान्सको भ्रमण गरेका थिए । त्यहि बेला सार्कोजीले त्यो रकम लिन सुटुक्क मेसो मिलाएको आरोप छ । फ्रान्सेली मेडियाहरुका अनुसार गद्दाफीले टेबल मुन्तिरबाट यो रकम दिन त्यहि बेला सहमती गरेका थिए ।

त्यसो त सार्कोजीमाथि त्यस्ता धेरै आरोप लागेका छन् । मेडियाहरुलाई दुरुपयोग गरेर आफ्नो पक्षमा प्रचार गर्न दबाब दिएको । कर्मचारी र प्रशासनलाई दुरुपयोग गरेको । भ्रस्टाचार गरेर दाम कमाएको । शक्तिको दुरुपयोग गरेको । प्रशासन यत्र, सुरक्षा निकायलाई आफ्नो पक्षमा प्रयोग गरेको । प्रतिपक्ष र बिरोधीलाई पेल्ने निति लिएको । ब्यवशायिक घरानाहरुसित साँठगाँठ गरेर पैसा लिएको । ब्यापारि, धनी वर्ग र उद्द्योगपतीहरुको पक्षमा लागेको । यि आरोपहरु अहिले फ्रान्सका कानुन ब्यवशायीहरुको स्रोत उल्लेख गर्दै फ्रान्सेली मेडियाहरुले छरपस्ट पारेका छन् ।

फ्रान्सेली काउनले राष्ट्रपतीले छ हजार तिन सय पाउन्ड भन्दा बढि लिन नपाइने तोकेको छ । तर सारकोजीले लिएको चालिस लाख पाउन्ड फ्रान्सेली बैंकमा जम्मा गर्दा भेद खुल्ने भएकोले स्विजरल्याण्ड र पानामाको बैंकमा जम्मा गरेर लिएको दाबी गरिएको छ । लिबियामा सार्वजनिक गरिएको रिपोर्टमा गद्दाफीले सार्कोजीलाई उनको चुनावकालागि भनेर ५० लाख युरो (४० लाख पाउन्ड) दिएको भन्ने सार्वजनिक भएपछि सार्कोजी बिरुद्द न्यायिक छानबिन हुने भएको हो । त्यसो त, सार्कोजी अघिका राष्ट्रपती ज्याक सिराकमाथिपनि भ्रस्टाचारको आरोप लागेको थियो ।

तपाइँको प्रतिक्रिया