अदृष्य घाउ (कथा)

विद्या सापकोटा

 

केही खोजे जस्तै हतासिँदै उसले यताउता हेर्‍यो खै केही फेला पारेनछ क्यारे …..सट्टामा फिक्का हाँसो फ्याक्यो अनि निहार्‍यो आफ्नै परिवेश

त्यो धरहरा त्यसरी नै आकाशलाइ हाँक दिदै उभिइरहेको थियो केहि निदाए जस्तो । केही विउँझिए जस्तो । घण्टाघरको पुरानो घडि जहाँकोतहि थियो विदाको दिन भएकोले होला मन्दिरहरुमा भिड देखिन्थ्यो सँगै उभिएको शहिदगेट वाणले हानेजस्तै चारदिशामा ठड्याइएका झण्डाहरु उसलाइ त्यतिकै हाँसो उठ्यो झटपट सुन्धारा, काठमाडौं मल,  बागदरवार, रत्नपार्क, टुडिखेल सवैतिर सर्सर्ती हेर्‍यो उसले खुलामञ्च भरिभराउ देखिन्थ्यो सायद कसैको भाषण चल्दै होला सैनिकहरु परेडमा ब्यस्त

 

कालिमाटि….किर्तिपुर पाँगा

बालाजु बाइसासमनमैजु ………

थापाथली. ..कुपण्डोलललितपुर ….

फरकफरक स्वरहरु सकेसम्म ठूलो हुदै हुइँकिरहेका थिए

 

ओइ साले यो मलाइ देका

तलाइ हैन मलाइ देका

ओइ तैले मसँग निहूँ खोजेकै होस्, आइज………..आइज सिङ्गल सिङ्गल खेल्ने ?’

सडक बालकहरु आफूआफूमा एक रुपैयाँको लागि तँछाडमँछाड गरिरहेका  

 

सस्तो सस्तो एक किलोको पन्ध्र, दुइ किलोको विस मात्र

किन यस्तो भएको ?’

नगरपालिका आउँदै त्यही भर छिट्टो किन्नुस्

यो   तिन पाउ पो भो कसरी एक किलो हुन्छ ?’

यहाँको एककिलो भनेको यत्ति हो, बढि चाहिए अन्तै जाने

क्या हो नापतौल पनि ठाँउ अनुसार फरक हुन्छ ?’

कस्तो किचकिचे मान्छे रैछ…….सस्तो पनि चाहिने पुरा पनि चाहिने ठिसहरु !!’ व्यापारिक भाषा नराम्रोसँग छताछुल्ल हुन्छ त्यहाँँ

 

कत्ति भिडभाड हुँदा हुँदैपनि सबै एकअर्काबाट बेखवर शहिदगेटको छेउका उभिएको सबै निहारेर फेरी मुस्कुरायो एक्लै एक्लै

 

केही सम्झेझैं झल्यास्स उसले घडि हेर्‍यो बाह्र बजिसकेछ तर पटक्कै घर जाने मन लागिरहेको छैनकिन उत्तर नै छैन घण्टौ देखी त्यो फलामेबारमा अडेस लगाएर उभिएको उभियै उसका घरका बाटो भएर गुड्ने दर्जनौ सवारी साधन गैसके, कुनै फर्केर पनि आइपुगिसके तर जहाँकोतहि डेक नचलिकन, बार माथि फरक अस्तित्व जमाएर

 

आकाशका कम्पन छाड्दै एउटा जहाज उड्यो अनायसै उठेका उसका हातहरु लाजमान्दै  खुम्चिए गोजिभित्र त्यतै हेरेर टोलाउन लाग्यो

 

शरिरमा चटक्क मिलाएर लगाइएको कपडा, सलक्क छाडिएको कपाल, गाजलले भरिएका जिज्ञासु आँखाहरु ओहो सुची सधै‌ यसरी नै उभिन्थी यही बारमा अनि हतारिँदै भित्रबस्थि कुनै माइक्रो भित्र बाइ बाइ लक्स……

 

मास्टरको विद्यार्थी अर्थात लक्स एउटा प्राइभेट कम्पनीमा जागिर गर्थ्यो यि प्राइभेट अफिसहरु नखाउँ भने दिनभरीको शिकार खाउँभने कान्छो बाउको अनुहारपारका हुन्छन् कहिल्यै फूर्सद हुने हैन फेरी कजेल दिनदिनै जान नपाए पछि ट्युसन पढेर भएपनि पास गर्नैपर्‍यो ह्या, यो शनिवार एकदिन मज्जाले सुत्न पाए पनि हुने….. तर किन त्यती बेला निद्रा कहाँ गएको थियो ? कहिल्यै यस्तो अल्छि लागेको थाहा भएन विशेष शनिवार आउँदा कुनै चाड आए झै‌ लाग्थ्यो राति नै उठेर नुहाइ धुवाइ गर्‍यो आफूलाइ सकेसम्म टिपटप देखिने लुगा छान्थ्यो । अनि बडो उत्साहका साथ घरवाट बाहिर निस्कन्थ्यो

 

आज सण्डे है सुचि ?

अँ आज भर्खर फ्राईडे भयो, यो स्याटरडे आउन किन यति धेरै सामय लाग्छ लक्स ?

हप्तैभरी दुबैजना भित्रभित्रै छटपटाउँथे अनि घण्टौ फोनमा झुण्डिन्थे  

 

हर शनिवार ट्युसन सकाएर मोडल हस्पिटलको गेटमा अडिन्थ्यो सुचि एकैछिनमा हाजिर हुन्थी केहीपलमै त्यो निलो पल्सरसँगै एकजोडी प्राणी गायव हुन्थे भिडभाडलाइ छल्दै कहिले नगरकोट कहिले गोदावरी कहिले धुलिखेल अनि कहिले ककनी कताकता

 

आज ति दिनहरु कल्पनाका आकाशमा हराएका छन् तरै पनि उसलाइ कल्पना कत्ति मिठो लागिरहेको  

तपाइ कहाँ बस्नुहुन्छ ?’

हजुर मनमैजुतिर हो

पनि उतै बस्ने हो हेर्नुस एक्कासी बन्द भएर, के गर्ने होला ?’

अँ भन्या यो बन्दले अति नै गर्‍यो  मेरो झन् गाँउबाट आमा आउनुभाको गाँउबाट आत्तिइसक्नु भो होला के गर्ने गर्ने…..??’

अँ तपाइलाइ आपत्ति छैन भने सँगै जाउ भित्रि बाटो बन्द छैन होला नी

खैके गरुँ के गरुँको अवस्थामा सुचीले उसको लिफ्ट स्विकारेर घरसम्मको यात्रा तय गरेकीथिइ

 

पुतलीसडकको एउटा कन्सल्टेन्सी कम्पनीमा पार्ट टाइम काम गर्दै आएकी सुचना, अर्को एउटा प्राइभेट कम्पनीमा जीवन दर्ता गरेर बाँच्ने बाटो गदै आएको लक्ष्मण दुवै उस्तै उस्तै पिडा संघर्ष बीच गुज्रँदै आएका थिए त्यो सधै‌को पिँडादायी सडकबन्द, एकदिन खुसीको बाटो भएर बगेझै‌ लाग्थ्यो दुवैलाई दुबैले मन मिल्ने साथी भेट्टाएका थिए छोटो समयको अन्तरालमै सुचना लक्ष्मणकी मायालु सुचिभएकी थिइ लक्स

 

घरको एक्लो छोरो बुढा बा आमा आमाको विरामीको खवर पाएर उसलाइ एक्कासी गाँउ जान परेकोले केहि दिनदेखि सुचीदेखी टाढिन परेको थियो

लक्स तिमिलाइ तुरुन्तै भेट्न चाहन्छु, जहाँ जसरी भएपनि

एकदिन आत्तिँदै सुचिले फोन गरी दुवैजनाको भेट भयो आँखाभरी आँशु पारेर सूची बोली अष्ट्रेलिया जाने भए नी, आजै एक बजेको फ्लाइट मेरो

हँ…..तिमीले यतिका दिनसम्म गरेको दुखको फल पायौ अँ साच्चि, पैसाको जोहो गर्न गाह्रो परिरहेको थियो, के गर्‍यौ ……केही हतास हुँदै बोल्यो

मैले एउटा निर्णय गरें लक्स तिमी विदेश जादै नजाने मलाइ नगइ नहुने …. अँ एउटा सम्पन्न मान्छेलाइ पनि समस्या परिरारहेछ, उसैसँग कोर्ट म्यारिज गरेर जाने भएँ उसले लाग्ने सबै खर्च ब्यहोरीदिन्छु भनेको

तिमी कोर्ट म्यारिज गरेर जाने भयौ ? कस्तो मान्छे हो ?’ यति मात्र बोल्न सक्यो मनभित्रबाट उम्लिएर घाटीसम्म आएर रोक्कियो……..’तिम्ले आफ्नो निर्णय गरेछौ सुची तर तिमी गएपछि मेरो के हुन्छ, विचार गरेकी छौं ?’

 

अँ, अव हामीले चाहेर केही हुने बाला छैन लक्स, मैले निर्णय गरिसकें जे होला राम्रै होला तिमीलाइ समयमै, मैले धेरै पटक भने मानेनौं,

……मैले निर्णय गरिसकें आँशु लुकाउने प्रयत्न गर्दै बोलि तिमी राम्ररी पढ, काम गर, मलाइ नविर्स……..’बोल्दा बोल्दै उठेर हिँडी चाहेर पनि उसले रोक्न सकेन  

  त्यसपछि फेरी यो शहरमा एक्लै भयो सुचीसँग भेटिनु अगाडी पनि एक्लै थिए अव पनि के फरक पर्छ ? उसले मनलाइ बुझाउने हजार प्रयास गर्‍यो, आखिर मनै हो बेला कुवेला बाँध भत्काएर बगिदिन्छ सँगै बिताएका ति पलहरु……’एउटा मान्छेको मायाले कति फरक पार्दछ हो जिन्दगीमा…….. त्यो कालजयी गीत उसै बनेको हैन रहेछ कल्पनामै फेरी दुख्यो बेस्मारी  

  लक्ष्मण घर जाने हैन ? ‘साथीहरुले कर गर्दा मेरा धेरै काम सरी , जान्न भनेर फिल्म हेर्न नगएको साथीहरु हेरेर आइसकेछन् झस्कियो अनि साथिहरुसँगै चुपचाप/अनौठो चालामा घर पुग्यो कसोकसो ऐनामा आँखा पुग्यो आहो उसको शरिर कति मायालाग्दो भएर सुकिसकेछ भोक हराएको महिनौ भैसकेछ कलेटी परेका ओठहरु सुम्सुम्याउँदै यता यता हेर्‍यो किताबका चाङहरु धुलोले छपक्क ढाकिएछ हरेक सामान कस्तो भद्रगोल ! पर फालिराखेको मोवाइल स्किनमै मुस्कुराइ रहेका दुइ प्राणी लक्स सुची उसका औलाहरु यन्त्रवत चले । पलभरमै त्यो नमिठो विगत कमसेकम उसको मोवाइलवाट डिलिट भयो अनि केही चङ्गा भएझै गरेर भान्छातिर छिर्‍यो

 

कल्याणपुर , नुवाकोट

हाल: शंकरदेव कलेज, काठमाडौं

[email protected]

 एउटा नमिठो घाउ दिएर गइ उसँग बोल्ने आँट पनि आएन, बोल्ने कुरा पनि बाँकि रहेन अन्त्यमा शुभयात्रा सुची, सधैं खुसी रहनुमोवाइलमा हतार हतार टाइप गरेर उसले सेन्ट गर्‍यो

 

तपाइँको प्रतिक्रिया